
सुद्धिकरणको शाव्दिक अर्थ सुद्ध गर्नु अर्थात सफा गर्नु हो । जहाँ फोहोर जम्मा भएर स्थिति अस्वभाविक भएको हुन्छ या अस्वभाविक परिस्थिति सिर्जना हुने सम्भावना बढ्दो अवस्थामा छ त्यहाँ सुद्ध अर्थात सफाई गर्नुपर्नेहुन्छ ।
कुनैपनि चिजलाई समय सन्दर्भमा सुद्धीकरणको आवस्यकता हुन्छ । सुद्धिकरण गरिएन भने फोहोरको कारण कुनैपनि चिज बिग्रिने , निकम्मा हुने गर्दछ । त्यसकारण बिग्रिने र निकम्मा हुनेबाट जोगाएर कामयावी बनाउनको निम्ति हामीले हरेक चिजलाई सुद्धिकरण गर्नुपर्ने हुन्छ । हामीले कारखानामा कामगर्ने मेशिन नियमित सफा गरिरहन्छौ, आवस्यकताअनुसार मेशिनको पाटपुर्जा बदल्ने पनि गरिरहन्छौ यसको उद्देश्य हो त्यो मेशिन निकम्मा नहोस ,त्यसले नियमित माल उत्पादनको काम गरिरहोस भन्ने हो ।
संगठनको हकमा पनि यो कुरा सत्य हो ।संगठनका बिबिध पाटोहरु हुन्छन जस्तै सैद्दान्तिक ,राजनैतिक, बैचारिक ,ब्यबहारिक तथा संगठनिक पाटो । विभिन्न समयमा यी सबै पाटोहरुको सुद्दिकरणको आवस्यकता हुन्छ । सिद्दान्तमा देखिएका फोहोरलाई सिद्दान्तको बिकास र समृद्दी गरेर सफा गर्न सकिन्छ । राजनैतिक, बैचारिक र ब्यबहारिक क्षेत्रमा देखिएका फोहोरहरुलाई सिद्दान्तको कसीमा घोटेर पत्ता लगाईन्छ । र त्यस्ता फोहोरहरुलाई राजनीति,बिचार,ब्यबहारमा देखिएका फोहोरहरुलाई रुपान्तरणको प्रक्रियाद्वारा हल गर्ने प्रयास गरिन्छ । रुपान्तरणको प्रक्रिया द्वारा हल नहुने निश्चित भएमा अंग काट र शरीर बचाउको नीति अवलम्वन गरेर सफा गर्न सकिन्छ ।
मानौ कि कुनै संगठन सैदान्तिक रुपमा क्रान्तिकारी छ । उसको मार्गदर्शक सिद्धान्त मालेमावाद छ तर त्यो संगठनका गतिविधिहरु संसदीय प्रकारका भन्दा माथि उठेका छैनन् । अबस्य लामो समयसम्म त्यो संगठनमा सिद्धान्त र ब्यबहार बिचको यो अन्तरविरोध रहिरहन सक्दैन । या त्यो संगठनले सिद्दान्त परिवर्तन गर्दछ र संसदीय प्रकारको राजनीति गर्ने सिद्धान्त अवलम्बन गर्दछ या संसदीय प्रकारको गतिबिधि बाट माथि उठेर क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी प्रकारको गतिबिधि गर्दछ ।
क्रान्तिकारी सिद्दान्त संग मेल नखाने राजनीति,बिचार र ब्यबहारको कुनै अर्थ हुदैन । क्रान्तिकारी सिद्दान्तको मर्म बिपरित प्रकारका राजनीति,बिचार र ब्यबहारले सिद्दान्तलाई नै तोडमोड गर्दछन । सिद्धान्तसंग मेल नखाने त्यसप्रकारका राजनीति,बिचार र ब्यबहारसंग क्रान्तिकारीहरु निर्मम हुनुपर्दछ । त्यस्तो अवस्थामा बिशेष प्रकारको सुद्दिकरण प्रक्रिया सुरुगर्नुपर्द्छ । क्रान्तिकारीहरुले गलत प्रकारको राजनीति,बिचार र ब्यबहार अनुसार सिद्दान्तलाई तोडमोड गर्ने होईन क्रान्तिकारी सिद्दान्त अनुसारको राजनीति,बिचार र ब्यबहार निरुपण गर्नुपर्दछ ।
लेनिनको एउटा भनाई छ, ‘संशोधनवादीहरु कम्युनिस्ट आन्दोलनको एउटा कुनामा थुप्रियका फोहोरहरु हुन्’ । कुहेको आलुले राम्रो आलुलाई पनि कुहाउछ भने झैँ संशोधनवादीहरुको सडेको राजनीति,बिचार र ब्यबहारले मालेमावादी सिद्दान्तलाई कुरूप र निकम्मा बनाउने सम्भावना सधै रहन्छ । त्यकारण महान लेनिनले ईङ्गित् गर्नुभएको त्यो फोहोरलाई मिल्काउने अभिभारा संसारभरको क्रान्तिकारीहरुको हो ।
संगठनका नेता कार्यकर्ता हरुमा निहित सैद्धान्तिक ( बैचारिक अस्पस्तता, गलत चिन्तन र गलत कार्यशैली,गलत जीवन शैली ,जिम्मेवारी प्रतिको उदासिनता ,अराजकता, अनुशासन बिहिनता, चरम निस्कृयता, पद्दति सम्मत अज्ञानता, आर्थिक ( सांस्कृतिक बिचलन, ईमान्दारिताको अभाव, निराशा ईत्यादि संगठन भित्र निरन्तर देखिने समस्या (फोहोर) हरु हुन् । यसप्रकारको फोहोरहरुलाई ब्यबस्थापन गर्नको निम्ति संगठनमा निरन्तर सुद्दिकरणको आवस्यकता हुन्छ । वास्तवमा नेता कार्यकर्ताहरुमा देखिने यी फोहोरी प्रवृतिहरु नै संशोधनवादको स्रोतहरु हुन् । पलायन,बिचलन र घात,प्रतिघातका जननी हुन् । नेता कार्यकर्ताहरुमा देखिने यस्ता समस्याहरुलाई प्रशिक्षणको बिधि द्वारा हल गर्ने प्रयास गर्नुपर्दछ । प्रशिक्षण द्वारा हल नभएमा ु एकता संघर्ष र रुपान्तरण ु को बिधि द्वारा समाधान खोज्ने प्रयास गर्नुपर्दछ । त्यसरी पनि सम्भव नदेखिएमा कारवाहीको प्रक्रिया वाट पनि संगठनलाई सुद्धिकरण गर्नुपर्दछ ।
सुदृढको अर्थ बलियो, राम्रो हो । सुदृढीकरण गर्नुको अर्थ बलियो बनाउनु,राम्रो बनाउनु हुन्छ । सुदृढीकरणको सम्बन्ध सुद्दिकरण संग हुन्छ । कुनैपनि चिजलाई सुद्ध गरियो अर्थात सफा गरियो भने नै त्यो चिज राम्रो र बलियो हुन्छ । अर्थात सुद्दिकरण गरियो भने नै त्यो चिजको सुदृढीकरण हुन्छ । संगठनको सवालमा पनि यहिकुरा सत्य हो । कुनैपनि संगठनको सुदृढीकरणको निम्ति त्यो संगठनको सुद्दिकरण पहिलो सर्त हो । संगठन सुद्ध (सफा) भयो भने मात्र बलियो ,राम्रो हुन्छ । संगठनको आन्तरिक जीवन फोहोरी र बिमारी अवस्थामा संगठन कहिल्यै राम्रो र मजबुत हुदैन । अर्कोकुरा संगठनको सुद्दिकरण गर्दै ब्यापक बिस्तार गरेर पनि संगठनलाई सुदृध गर्न बलियो बनाउन सकिन्छ । तथापी सैदान्तिक,बैचारिक र राजनैतिक बिषयहरुमा सुद्धिकरण नगरिकन बिस्तार गरियको संगठन हात्ती जस्तो हुन्छ, हात्ती केवल आकारमा ठुलो मात्र हुन्छ, उसको गति र मति हुदैन । तर मालेमावादी क्रान्तिकारी संगठन हात्ती जस्तो होईन, हरिण जस्तो हुनुपर्दछ ।
हरिण उर्जाशील र गतिशील हुन्छ । त्यसकारण शुद्धिकरण, सुदृढीकरणबारे र बिस्तार केवल संगठन संग मात्र सम्बधित बिषय होईन यो त सैद्धान्तिक, बैचारिक, राजनैतिक, सांस्कृतिक र ब्यबहारिक पक्षसंग पनि सम्बन्धित बिषय हो ।







