तिमी अस्थिपन्जर भयाै
मेराे मुटु चुडियाे।”

आज पश्चिम रूकुमका पुर्व जनमुक्ति सेनाका एक कुशल याेद्दा चन्द्र वि.क काे राेग,भाेक र शाेकले थलिएकाे अस्थिपन्जर युक्त तस्बिरले असंख्य प्रश्नहरू उब्जाएको छ।फेरिपनि खाटा बस्न लागेको घाउको माम्री उप्किएको छ । आज विगतले झस्काएकाे छ भने वर्तमानले गिज्याएकाे छ। हिजाे(वर्गीय,जातिय क्षेत्रीय)उन्मुक्तिकाे सपना देखाएर युद्धको अग्र माेर्चामा एक सिठ्ठिकाे कासनमा ज्यानको बलिदानी दिन तयार वीर याेद्दाहरूकाे आज सपनाहरूकाे दाेहन गरिएकाे छ।

जस्काे प्रतिनिधि पात्र हुन चन्द्र । जस्ले हिजाेका दिनमा देश र दुनियाँकाे मुक्तिका खातिर अाफ्नाे बाल्यकाल,युबा अबस्था कुर्बानी गरे ।जस्काे बहादुरीताकाे जगमा देशमा गणतन्त्र अायाे। नेताहरू सांसद,मन्त्री बनाईए। उनीहरुको जीवनशैलीमा यति तिब्र छलाङ अायाे कि हिजोका उनकै छापामार चन्द्रलाई उनीहरुले आज चिन्नै नसक्ने भए।जनयुद्धको बेलादेखि लगाउदै अाएकाे थाेत्राे जुत्ता र ज्याकेट लगाउने चन्द्रलाई चिनुन पनि कसरी ? उनलाई लडाइँका माेर्चाहरूमा अगाडि बढ, ठाेक भनेर कासन गर्नेहरू आज देशका उच्च पदमा अासिन छन् ।हिजोका अाफुले अभिभावक ठानेकाहरू आज फरक काेटीमा स्थानान्तरण भईसकेका छन् । कुर्सी जाेगाउनै उनीहरूलाई भ्याई नभ्याई छ। हजारौं चन्द्रहरूकाे त्याग र समर्पणका कारण नेताहरूले सम्पूर्ण कुराहरू प्राप्त गर्दै गए तर चन्द्रहरूका हतियार खाेसेर उनिहरूलाई निशस्त्र र अयोग्य बनाईयाे।हिजाे बुर्जुवा शिक्षाको केही काम छैन् ।हामी माक्र्सवादी शिक्षा (डिग्री )अार्जन गर्नुपर्दछ।हाम्रा सम्पुर्ण याेद्दाहरूले भिक्टोरिया क्रसकाे सर्टिफिकेट प्राप्त गर्नेछन् भन्दै अाम युवालाई अान्दोलनमा हाेमियाे।तर पार्टी जुन (युवा) शक्तिको भरमा सत्ताका पुग्यो ।

आज त्यहि शक्तिलाई निकम्मा अशिक्षितकाे काेटीमा परिभाषित गर्दै हिजोकै उस्कै भाषामा बुर्जुवा सर्टिफिकेट भएका अाफ्ना अासेपासे,नातेदार,अाफन्तजनहरूलाई राज्यका विभिन्न अंगमा नियुक्त गरियाे ।अन्तत नयाँ युगका निर्माता याेद्दाहरू आज अशिक्षित बेरोजगार सावित भए । हिजाेका दिनमा सिठ्ठिकाे भरमा दुश्मनका किल्लामा धावा बाेल्नेहरू आज अयोग्य गराईए। हिजो जस्ले याेद्दाकाे बलिदानकाे खिल्ली उडायाे, आज उसैले ती याेद्दाकै अगाडि अाफैले जनयुद्ध सुरू गरेजस्तै गर्छ ।देशकाे स्थिति हेर्दा उदेक लाग्छ ।हिजोका दिनमा चन्द्रहरू जुन वर्गकाे शाेषणबाट उन्मुक्ति पाउने ध्येयका साथ युद्धको माेर्चामा अाबद्द भए,अाफ्नै गाउँ ठाउँका सामन्तकाे घर जग्गा कब्जा गरे,भाैतिक कार्वाही गरे पार्टीले जे – जे भन्याे त्यहि त्यहि गरे तर आज समय फेरियो,नेताहरूको चरित्र फेरियो र अबसर हेरियो ।हिजो चन्द्रहरूलाई जुन वर्गकाे विरूद्द लड्न सिकाईयाे, भिडाईयाे अाज उहीँ सामन्तकाे छाेरा, नातीलाई नेताकाे वरिपरि हिडाउदै ,चुनाबकाे टिकटसम्म दिलाईयाे ।हिजोको योद्दा जसको रगत,पसिनाबाट नेताहरू बने, तर विडम्बना चन्द्रहरूका जीवनस्तर बदल्ने तिर कसैको ध्यान गएन ।बरू सामाजिक बहिस्कार तिर ध्यान गयाे ।हिजाेकाे याेद्दा जाे संग आज हतियार छैन,पार्टी छैन ।

हिजो सामन्तलाई लखेटि लखेटी मारेकाे ऊ सामन्तकै छाेरा अाफ्नै पार्टीको नेता बन्दा कती विछिप्त छ हाेला? यस्तो कारूणिक भाेगाई भएका याेद्दाहरू सामाजिक तिरस्कृत भएका छन्।सामाजिक रूपमै सजिलाेसंग बाच्न नसक्नेहरू,अशिक्षित ठानिएकाहरू, दस बर्षे जनयुद्धमा उर्जाशील समय ब्यतित गरेका चन्द्रहरू युद्ध विसर्जन हुनवितिकै अयोग्य बनाइए । न त उनिहरूसंग बुर्जुवा डिग्री भयाे।न त उनिहरूले कुनै अार्थिक लाभ ल्याए ।न त कमाउ धन्दामै लागे ।जब सबै सपनाहरू नेतृत्वले विसर्जन गरिदिए तब उनीहरूले अाफुलाई अयोग्य ठान्दै विदेशीन बाध्य भए ।हिजो सांस्कृतिक क्रान्तिकाे सुरूवात अाफैबाट गर्नु पर्दछ भनेर हाैसाउदै अन्तरजातीय विवाहका लागि स्कुलिङ दिदै गराईएका (जनवादी भनिने )विवाहहरू समाजकाे परम्परागत रूढिवादी संस्कारका कारण अाज टुटेका छन् ।जस्ले ती याेद्दाकाे मनाेबलमानै गिरावट पैदा गरेकाे छ। हिजाे देश र जनताकाे मुक्तिकाे खातिर एटम बम बनेर लडाइँका अग्र माेर्चामा साहसका साथ भिड्नेहरू अाज ब्यक्तिगत जीवन धान्नका लागि जीवनसंग लडिरहेका छन् ।हिजाे तिनै नेताका रक्षार्थ खटेका याेद्दाहरू जस्ले नेतालाई चिनायाे ।सत्तामा पुर्याउनका लागि अतुलनीय त्याग,समर्पण गर्याे ।

प्रत्येक नेतालाई जीवनको हर पल हर क्षण सम्झियाे उहीँ प्रतिनिधि पात्र याेद्दा अाज राेगले छट्पटाई रहेकाे देख्दा ती नेताहरूले सम्झनु पर्दैन ? माअाेवादी जनयुद्धको उदगम स्थल (अाधार ईलाका )मानिने राेल्पा,रूकुम जस्मा जनयुद्धताका हजारौं संख्यामा मानिसहरू युद्धमा हाेमिए।सयाैले शहादत प्राप्त गरे।दर्जनौं नेताहरू सत्ताकाे बागडोर सम्हाल्न पुगे।तर विडम्बना चन्द्र वि.क बत्ती मुनीकाे अध्यारो बने ।जस्लाई कहि कतैबाट हेर्न सकिएन । सानाे पहलले उनकाे जीवन बचाउन सक्ने तागत राख्नेहरू उनकाे बेवास्ता गर्दै गए। गुण तिर्न नसक्ने हरू अाज तमासा हेरिरहेका छन् ।तत्कालीन कामरेडहरूले पनि खासै चासो राखेजस्ताे देखिएन। कुनै फाईदा नभएर हाे कि ?जस्तो लाग्याे ।किनकि वर्तमान पुँजीवादी समाजमा मानविय सम्बन्ध पनि नाफा कमाउने उद्देश्यका साथ राखिन्छ भन्ने पढेकाे थिए । व्यवहारमा लागू भए जस्तो लाग्याे । हामी यतिसम्म निष्ठुरी भयाै कि हिजोको सहयात्री थला परेर अस्थिपन्जर हुदासम्म पनि कसैले कुनै वास्ता गरेनौं तर कुनै (अाफ्नाे या अर्कोकाे ,चिनेकाे या नचिनेको) संसद या मन्त्रीले अाफ्नाे फाेटाे सामाजिक सन्जालमा राख्याे भने हामीहरू अरूलाई देखाउनकै लागि भएपनि भ्याई,नभ्याई पाेस्ट, सियर, कमेन्ट के – के गर्नुपर्ने सबै गर्छाैं ।

साथीहरु शक्तिमा भएकाहरू त त्यसैपनि उनिहरू सबैभन्दा माथी छन् ।सबै जनता कार्यकर्ताले उनिहरूलाई माथि पुर्याउई सकेका छौ ।उनीहरू जस्ले त्यहाँसम्म पुर्याउने अाफ्नै याेद्दालाई त चिन्दैन्न ? तपाईंहरूको सानाे कमेन्टकाे महत्त्व बुझ्लान जस्तो लाग्छ भने मेराे विचारमा तपाईं सपनामै हुनुहुन्छ । सक्नुहुन्छ भने ती इमानदार,कर्तब्यनिष्ट याेद्दालाई सहयाेग गर्नुहाेस् ।जस्लाई हामीले गरेकाे सानाे सहयाेग महत्त्वपूर्ण लाग्नेछ ।अन्ततःहामी धेरै ठुलो सहयाेग गर्ने हैसियतमा नभएतापनि सहयाेगका लागि निरन्तर अाब्हान गर्ने छाै।चन्द्रहरूका त्यागले अाज राज्य ब्यबस्था फेरियो ,चरित्र फेरिएन।पात्र फेरिए,अाचरण फेरिएन ।नेताहरूका जीवनशैली फेरिए ,याेद्दाकाे जीवन स्तर फेरिएन।लडाइँको माेर्चा फेरियाे,याेद्दाकाे महत्त्व बुझिएन।हतियारसम्म बुझाईए,तर लडाकुलाई गन्तव्यमा पुर्याईएन।यसर्थ नेताहरूले धाेका दिएपनि, याेद्दाप्रती विभेद गरेपनि ।

हामी सचेत नागरिककाे तबरले गणतान्त्रिक नेपाल निर्माणका याेद्दा ती चन्द्रलाई कुनै राजनीतिक,वैचारिक (लेन्सबाट)अाग्रह, पुर्बाग्रही तरिकाले नहेरी सम्मानका साथ सहयाेग गर्दै ती नेताहरूलाई खबरदारी गराै ।जस्काे कारण देशकाे मुक्तिका खातिर लड्ने याेद्दाहरू राेगले अाक्रान्त भई चन्द्रकाे जस्तो यस्तोकारुणिक अबस्था कसैले ब्यहाेर्नु नपराेस्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार