
चीनमा धनी र गरिबीच ठूलो खाडल बढेको चर्चित फ्रान्सेली अर्थशाशास्त्री थोमस पिकेट्टीले दाबी गरेका छन् ।
आफ्नो पछिल्लो किताब ‘क्यापिटल एन्ड आइडोलोजी’मा पिकेट्टीले अहिले चीनका १० प्रतिशत धनीसँग ७० प्रतिशत सम्पति रहेको तथ्यांक प्रस्तुत गरेका छन्, जसलाई चिनियाँ नेताहरुले ठाडैं अस्ीकार गरेका छन् ।
पिकेटीले उल्लेख गरेको तथ्यांक अनुसार सन् १९९० सम्म चीनमा १०% मानिससंग ४०% मात्र सम्पत्ति हुन्थ्यो । त्यो अनुपात स्वीडेनको आर्थिक असमानताभन्दा पनि कम थियो ।
तर सन् २०१८ सम्म आइपुग्दा १० प्रतिशत उपल्लो तहका मानिससँग ७०% सम्पत्तिको स्वामित्व छ, त्यो झण्डै अमेरिकाको हाराहारी हो ।
पिकेटीले उल्लेख गरेको अर्को एक तथ्यांकअनुसार चीनलाई साम्यवादी राज्य भनिए पनि त्यहाँ कुल उत्पादन साधनमध्ये करिब दुईतिहाईको स्वामित्व निजी क्षेत्रसँग छ ।

यद्यपि पिकेटीको पुस्तकमा चीनको बारेमा थोरै चर्चा छ । उनले त्यहाँको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरिबी र आर्थिक असमानता हटाउन गरेका प्रयासको समेत चर्चा गरेका छन् ।
तर पिकेटीले चीनमा बढ्दो आर्थिक असमानतालाई साम्यवादी राज्यको विरोधाभाषको रुपमा उल्लेख गरेका छन् ।







