अमेरिकामा यसपटक हुने सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा १० विलियन डलर खर्च हुने भएको छ । यो अमेरिकी इतिहासकैं सबैंभन्दा मँहगो निर्वाचन खर्च हुने भएको छ ।

निर्वाचन एडभर्टाइजिङ एनालिटिक्स क्रस स्क्रिन मिडियाको रिपोर्टअनुसार २०२० को निर्वाचनमा कोरोनाका कारण प्रत्यक्ष भेटघाटका कार्यक्रमहरू घटेकाले सामाजिक संजाल र टेलिभिजन विज्ञापनमा खर्च अझ बढ्ने देखिन्छ । यो निर्वाचनमा १० बिलियन डलरसम्म खर्च हुन सक्छ ।

अमेरिकी कानुनअनुसार  कुनै पनि उम्मेदवारले कसैलाई २ हजार ८ सय डलरभन्दा बढी चन्दा दिन पाउन्न । उम्मेदवारहरू आफ्नो निजी सम्पत्तिबाट मन लागे जति रकम निर्वाचन प्रचारमा खर्च गर्न भने सक्छ ।

पोलिटिकल एक्सन कमिटीहरूलाई निर्वाचन प्रचारमा खर्चको सीमा निर्धारण गरिएको छैन । उम्मेदवारहरूसँग प्राप्त रकम नै खर्च गर्ने भए पनि यस्ता कमिटीहरू प्रत्यक्षतः  उम्मेदवारहरूसँग सम्बन्धित हुँदैनन् ।

यसमा उनीहरूलाई संघीय कोष उपयोग गर्ने अधिकार प्राप्त हुन्छ । अमेरिकी संघीय निर्वाचन आयोगका अनुसार प्राथिमक क्याम्पेनमा उम्मेदवारको कोषमा सहयोग गरेबापत प्रतिसमर्थक २५० डलर रकम प्राप्त हुन्छ । यसबाहेक प्रमुख पार्टीका उम्मेदवारहरूलाई आम निर्वाचनमा खर्च गर्न रकम प्राप्त हुन्छ ।

सन् १९७६ देखि २०१२ बिच उम्मेदवारी नामांकन हुने सम्मेलनका लागि प्रमुख पार्टीहरूलाई रकम उपलब्ध गराइएको थियो ।

सन् २०१४ मा सम्मेलनहरूका लागि सरकारी रकम नदिने कानुन बन्यो । उम्मेदवारहरूलाई आवश्यक समयमा प्रचारक र विज्ञापनमा खर्च गर्न ठुलो रकम जुटाउनैपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार