उत्तर कोरियाली नेता किम जोङले हालैं प्रदर्शन भएको विशाल सैन्य परेडमा आँशु झारेका छन् । पश्चिमा मिडियाहरुले उनलाई क्रुर शासकको रुपमा चित्रित गर्ने गर्छन् ।

किमले हालैमात्र सबैको ध्यान खिचेका छन् । सार्वजनिक कार्यक्रममै आँसुका धारा बगाए । मिलिटरी परेडमा उनले शनिबार बोल्दै सैनिकहरुलाई बलिदानीका लागि आभार प्रकट गरे । सैनिकको त्याग सम्झेर उनी रोए । साथै जनताको जीवनस्तर उठाउन नसकेकोमा माफी मागे ।

शनिबार उत्तर कोरियाको सत्तारुढ दलको ७५ औं स्थापना दिवसमा किमको भनाई सार्वजनिक भएको छ । उनी भावुक भई रोएको तस्वीर पनि सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार