चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दाबी गरेको छ।

नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन् । सो क्षेत्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा उल्लेख गरेका हुन् ।

बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गएको मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला सेनाका अधिकारी, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीले विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको बताएका छन् । सो सर्वेक्षणबाट चिनियाँ क्षेत्र नै रहेको पुष्टि भएपछि मात्रै भवन बनाइएको दाबी उनले गरेका छन् ।

बराङका परराष्ट्र सम्बन्ध निर्देशक उनले बाकीले भनेका छन्, ‘निर्माण भएको भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ । सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’

सो नयाँ गाउँ निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताएका छन् । नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने चिनियाँ पक्षको दाबी छ ।

नेपाली भूमिमा चीनले भवन बनाएको दाबीसहितको खबर बाहिरिएपछि चीनले सर्वेक्षण गरेको हो । नेपाल सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीय बासिन्दाले चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार