
हजारौं शहिदहरुको वलिदानीवाट गलहत्याइएको राजतन्त्र फेरी चाहियो भन्दै नेपालको सडकमा उफ्रिनेहरु वढिरहेका छन् । संसारकै एक वदनाम र गलत कृयाकलापवाट चिरपरिचित पारस शाहको समेत जयजयकार गर्नेहरुको भिडभाड वढिरहेको छ ।
केही देशविदेश चाहरेका व्यक्तिहरुले पनि राजतन्त्रको समर्थनमा विभिन्न देशका विद्यमान राजतन्त्रको उदाहरण गलत तवरवाट दिइरहेका छन् । ती देशहरुमा राजतन्त्र किन रहे भन्ने कुरा त्यहांको ऐतिहासिक अध्ययन गर्नुपर्छ तर यति किटानका साथ भन्न सकिन्छकी राजतन्त्र कुनै पनि देशको हितमा छैन ।
उदाहरणको लागि वेल्जियमको राजसंस्थाको नाममा ७५३० हेक्टर जंगल सहितको जमिन र ७७ वटा भव्य भवनहरु छन् । ९जसमध्य कतिपय भवनहरु वेल्जियम सरकारले भाडामा प्रयोग गरिरहेको छ ० । सन् २०१८ मा वेल्जियमको राजपरिवारको स्वामित्वमा रहेको भवनहरु पुनरनिर्माण गर्नमात्र ६।४५ मिलियन युरो खर्च भएको थियो र जसमध्य २।९१ मिलीयन युरो अहिले राजपरिवार वस्ने भवनको लागि मात्र खर्च भएको थियो । अहिले राजपरिवार वसिरहेको व्रसेल्सस्थित भवन उनिहरुको सम्पुर्ण सम्पत्तिको २ प्रतिशत मात्र हो । यति हुंदाहुंदै पनि वेल्जियम सरकारले २०१९ मा राजपरिवारका सदस्यहरुलाई ३६।६१४।००० युरो प्रदान गरेको थियो ।

लेखक भुजेल ।
भौतिक संरचनाको विकासलाई मात्र देश विकासको रुपमा लिन मिल्दैन । त्यो देशका समग्र जनताको श्रममा सहभागिता र देशको समग्र सम्पत्तिमा जनताको अधिकारको अवस्थाले मात्र विकासको आधार निर्माण गर्दछ । राज परिवारको सम्पत्ति ,उनिहरुको जिवनस्तर संग एक विशुद्ध श्रमिकले महिनाभरिको खर्च धान्न नसक्ने अवस्थाको तुलना गर्ने हो भने वल्ल राजतन्त्र अनावस्यक रहेको सजिलै वुझ्न सकिन्छ ।
नेपालमा अहिले कम्युनिष्ट नामधारी सत्ता वा सरकारले गरेको जनघाती कामहरुले जनता आक्रोशित हुने र विकल्प खोज्ने कुरा स्वभाविक हो । तर विकल्पमा राजतन्त्र खोज्ने कामा गलत कदम हो । राजतन्त्र सामन्तवादको नाइके हो । उसका कुकृत्यहरुले सिमा नाघेपछि जनताले फालेका हुन् । अहिले सामन्तवादको अन्त्य भएर दलाल तथा संसदिय पुंजीवादी व्यवस्था छ । स्वभाविक रुपमा यसले जनहितमा काम गर्न सक्थेन र सकेन ।
सामन्तवाद भन्दा यो प्रगतिशील हो तर यो जनताले राहत पाउने सत्ता होइन । यो दलाल तथा संसदिय व्यवस्थाको अन्त्य जरुरी छ । दलाल तथा संसदिय व्यवस्थाको अन्त्य भएर पुंजीवादी व्यवस्था आयो भने पनि त्यो व्यवस्थामा पुंजीपतिहरुलाई ऐशआराम हुने र श्रमिकहरु आधुनिक भटिका मेशीन हुने हुनाले त्यो व्यवस्था पनि जनताको लागि हुंदैन । त्यहा जनताको स्वतन्त्र जिवन हुंदैन ।
विश्वका सत्ता परिवर्तनका अनुभव र समाजविकासक्रमले यो पुष्टि गरिसकेका छन्। अन्य देशकाले भोगे अव हामीले नेपालमा पनि यहि भोग्न पर्छ भन्नु हुन्न । हामीले यी सवै भन्दा उत्तम विकल्प खोज्नु पर्छ । त्यसैले यी सवै उत्पिडनवाट मुक्त हुनको लागि सामन्त,दलाल,पुंजीवादी शोषणको अन्त्य सहितको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न जरुरी छ ।
त्यसैले राजतन्त्रको लागि होइन वैज्ञानिक समाजवादको लागि आन्दोलनमा लामवद्ध वनौं ।सकेसम्म हाम्रै पालामा देश तथा विदेशमा गुलामी वन्न पर्ने अवस्थाको अन्त्य गरौं नसके पनि हाम्रा आगामी पुस्तालाई देशमानै स्वतन्त्र जीवन वांच्ने अवस्थाको लागि पहल गरौं ।
भुजेल, नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष हुन् ।







