
जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ ।
१.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ विलियन बंगलादेशमा, ४५० मिलियन श्रीलंकामा र २८० मिलियन श्रीलंकामा लगानी भएको छ । छिमेकमा भएको कुल लगानीमध्ये झण्डै पचास प्रतिशत पाकिस्तानमा भएको छ ।
भारत र पाकिस्तानको विचमा कुनै तनावपूर्ण सम्बन्ध रहेको छ भने चीन र पाकिस्तानको विचमा एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यी मुलुकहरुमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत लगानी भएको छ ।
विश्लेषकहरुले चीनको लगानी पारदर्शी नभएका कारण अझै बढी लगानी भएको हुनसक्ने बताएका छन् । तर नेपालमा यो विचमा चीनले कति सहयोग ग¥यो भन्ने सम्बन्धमा भने सो अध्ययनमा केही पनि उल्लेख गरिएको छैन ।







