कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई सन् २०२० मा धेरै असर पार्‍यो । प्रभाव स्वरूप यो वर्ष विश्व आर्थिक वृद्धिमा ५ दशमलव २ प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।

यो कोरोना अघि २ दशमलव ५ प्रतिशतबाट ३ दशमलव ४ प्रतिशत हुने अनुमानको तुलनामा हो । चीनले अनुमान गरेको ६ प्रतिशतको वृद्धिको तुलनामा प्राप्त १ दशमलव ८ प्रतिशतको वृद्धि कम भए पनि चीन यो वर्ष अर्थतन्त्रमा वृद्धि भएको ठूलो अर्थतन्त्र हो ।

गरिब देश, कोरोनाका कारण सबैभन्दा बढी आर्थिक हिसाबमा प्रभावित छन् । यो कुनै आश्चर्य होइन । कोरोनाले गरिबीको रेखामुनि धकेलिने मानिसको संख्या १२० मिलियनभन्दा बढी हुने अनुमान गरिएको छ ।

यसको मतलब गरिबीको लडाइँमा दशकौँको प्रयासबाट हाँसिल भएको प्रगति कोरोनाले नष्ट गर्नेछ । खुसीको कुरा के छ भने कोरोना भ्याक्सिनका कारण सन् २०२१ मा आर्थिक उन्नति हुन सक्नेछ ।

यो संकेत कुन देशले कसरी प्रयोग गर्छ भन्नेमा भरपर्नेछ । निजी ऋण कम भएको, संवेदनशील हिसाबमा आर्थिक व्यवस्थापन गर्ने र कोरोना फैलावटमा नियन्त्रण गर्न सक्ने देशले मात्रै यसको फाइदा लिन सक्नेछन् ।

यसको मतलब चीन एक्लैले सन् २०२१ मा हुने आर्थिक वृद्धिको तीन तिहाई भाग ओगट्न सक्नेछ । यस विपरीत युरोप र उत्तर अमेरिकाले विश्व अर्थतन्त्रमा खास प्रभाव पार्न सक्ने छैनन् । समग्रमा सबै सुधारमा सुस्तता आउनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ पछिको आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । विश्वमा गरिबी सन् २०२२ पछि पनि रहन सक्ने चेतावनी दिएको छ ।

विश्व बैंकले पनि यस्तै खालको चिन्ता व्यक्त गरेको छ । उसले व्यापार, पर्यटन र विप्रेषणमा टिकेको अर्थतन्त्रमा खास प्रभाव पर्ने बताएको छ । अब यहाँ प्रश्न आउँछ, के आर्थिक समस्या आउँदै गर्दा त्यसले देशहरूबीच राजनीतिक तनावको अवस्था त आउँदैन ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार