
शताव्दीकैं प्रभावशाली उद्यमीका रुपमा मानिने चिनियाँ अर्बपति ज्याक माको प्रचुर सम्पतिलाई चीन सरकारले राष्टियकरण गर्ने भएको छ ।
गत अक्टोबरमा माले चिनियाँ वित्तिय व्यवस्था सुधार गर्नुपर्ने टिप्पणी गरेका थिए। राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त्यतिबेलादेखि मालाई महत्वपूर्ण निगरानीमा राखेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा रहेका ज्याक मा दुई महिनादेखि सम्पर्क विहिन यस्तोमा, सीसीपीले ज्याकमाको अनइलान किनमेल कम्पनी ‘अलिबाबा’ र अनलाइन भुक्तानी सम्बन्धी कम्पनी ‘आन्ट ग्रुप’लाई राष्ट्रियकरण गर्न खोजेको बताइएको छ ।
उसोत, ज्याक माले अक्टोबरमै ‘सरकारलाई चाहिएमा आफ्नो कम्पनीको जुनसुकै हिस्सा पनि दिन आफु तयार’ भएको बताएका थिए ।
यस्तै विषयमा माले गत अक्टोबर २४ मा संघाइमा एक सम्मेलनमा बोल्दै, ुचिनियाँ वित्तिय प्रणालीले जोखिम उठाउँन सिक्नुपर्छ, जोखिम नउठाउनु भनेको आविष्कारको हत्या गर्नु हो’ लगायतका कुराहरु उठाएका थिए ।
ज्याक मा उक्त सम्मेलनमा सहभागी भएपछि हालसम्म सार्वजनीक स्थानमा देखिएका छैनन् ।
पिपुल्स बैंक अफ चाइना, चिनियाँ बैंकिंग नियामक आयोग, चीन धितो नियामक आयोग र विदेशी विनिमयको राज्य प्रशासनलगायतले समेत अलिबाबामाथि छानबिन गर्ने बताइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं राष्ट्रपति सी चिनफिङले गत अक्टोबरमा, ‘चिनियाँ अर्थतन्त्रलाई घरेलु मागको आधारमा बढी राज्य नियन्त्रित बनाउँने’ योजना रहेको बताएका थिए ।
चीनको राजनीतिक अर्थव्यवस्थामा ठूलो परिवतर्न आउँनसक्ने पर्यवेक्षकहरु बताउँछन् । सि ले चीनमा सम्पती स्वामित्वको प्रकृयालाई बदल्न सक्ने समेत बताएका छन् ।
यसअर्थमा के देखिन्छ भने, चीनले कुनै पनि कम्पनी एवं व्यापारीहरुलाई सरकारको नियन्त्रणमा राख्ने सम्भावना छ।







