
हामी वाईसिएलमा थियौं । एनेकपा माओवादीसँग बादल दाई, जयपुरी घर्ति, मणि थापाहरु सहितको एकता भयो । मणि थापाको निसानामा क. प्रकाश परे ।आफुलाई क्रान्तिकारी देखाउन ठुलै कुरा चर्कैसँग गरे । युवा संगठनको ईन्चार्ज भए। युवा संगठनहरुको एकताको छलफल हुँदै थियो । हामीले उमेर समुहको आधारमा युवा नेता बनाउन पर्छ भन्यौं ।
उहाँले एक्कासी टेबुल ठटाएर प्रचण्डले भनेको नमान्ने तिमीहरु को हौ ? भनेर थर्काउन खोजे र चेतावनीको भाषामा तिमीहरुको राजनीति एकै पटक सिध्याउँछु भने । उग्र क्रान्तिकारी भएर थर्काउन खोजे, त्यतिबेला । हाम्रो सम्वन्ध धेरै बिग्रिएको थियो । तर पछि छलफल गर्दा यिनी हक्की स्वभावका हुन् । क्रान्तिप्रति यिनको निष्ठा छ भन्ने लागेर सहकार्य गर्यौ ।छलफलको दौरानमा यिनीसंग ‘दाई तपाई एकपल्ट पार्टी छोडेर हिडनु भाको अहिले किन प्रचण्डसंग आउनु भो ?’ भनेर सोधेको उहाँको जवाफ थियो, ‘माओवादी धारालाई एमाले हुनबाट बचाउन आएका हौं ।’
बादल दाईको कुरा पनि त्यस्तै थियो। पाटी एकता हुने बेलामा मैले भने, केपि ओलीलाई कम्युनिष्टको नेता मानेर म त यो पार्टीमा बस्न सक्दिन । यिनीहरु कम्युनिष्ट मुल्य मान्यतामा छैनन्। त्यसपछि म यो नेकपाको कुनै सांगठानिक गतिबिधिमा सामेल भइन । मणि थापासंग छलफल निरन्तर भै रहेक थियो। हाम्रो छलफल कम्युनिष्ट आन्दोलन बदनाम बनाए, कमजोर बनाए, यसलाई रोक्नु पर्छ भन्नेमा नै हुन्थ्यो। मैले बागबजारमा निरन्तर छलफलमा छौ, तपाई पनि सामेल हुनुस भन्ने गर्थे । पछि पाटीमा खटपट हुदा छलफल भयो उहाँको कुरा एकता बचाउनु पर्छ भन्ने थियो । मेरो कुरा एकता वा फुट हाम्रो हातमा छैन ।
जनताको पक्षयमा केही नगर्ने सरकार पार्टी किन एकताबद्द हुनु भन्नेम थियो। म प्रचण्डको समर्थनमा छैन तर केपी रप्रचण्डको तुलना पनि हुन सक्दैन । आफ्नो अधिकारका लागि जनताको सेना बनाएर लडन उत्पेरित गर्ने र यो मुलुकलाई गणतन्त्रमा लाने एक महत्वपुर्ण पात्र प्रचण्ड हुन् भने । परिवर्तनको आन्दोलनको बिरुद्दमा लाग्ने। सधै शक्तिमा बसेर अरुलाई खुईलाउने उत्पीडित समुदायलाई मान्छे नै नदेख्ने केपी ओली प्रतिगामी हुन भन्दा त्यो त कुरा ठिक हो भन्थे मसंग ।
नेकपा फुट्यो आ आफ्नो बिबेक प्रयोग गरेर आफुलाई सहि लागेको समुहमा लागे । मणि थापा उग्र क्रान्तिकारी गफ गर्ने मुख्य शक्तिको भक्ति गानमा लागेर अरुलाई पेल्ने। मौका आउदा क्रान्तिकारी आन्दोलनको गला दवाउने भुमिकामा देख्न थाले। माओवादी आन्दोलनले सफलता पाउन लागेको बेला माओवादीको विरुद्दमा थिए ।आज संविधानमाथि हस्तक्षेप हुदा राष्टपति र प्रम प्रतिगामी यात्रामा लामबद्द हुन उहाँ पनि जानु भएछ।
कुरामा सधै क्रान्तिकारी व्याबहारमा सधै अवसरवादी प्रवृति देखियो। प्रतिगामीको मतियार हुदै जिन्दगीमा एकपल्ट मन्त्री हुने चाहाना त पुरा भयो साथै क्रान्तिकारी मुखुण्डोको पर्दाफास भयो। मणि थापासंग एकजना पनि मानिसहरु थिएनन र छैन पनि तर केही जमिन नभएका घरगाडी भएका राजनीति केही नजानेका तर सबै जानेका गफ दिने केहि थान युवाहरु अहिले लागेका छन्। क्रान्तिका उग्र कुरा गर्ने प्रतिगमनका मतियार भए।
आन्दोलनमा यस्ता प्रवृतिहरु हन्छन्। शाही सरकारमा राधाकृष्ण मैनालीदेखि ओझाहरु मन्त्री खान गएकै थिए, आज मणि थापाहरु गए । यस्तो भैइरहन्छ यो प्रवृति हो भने आन्दोलन पनि भैरहन्छ र यस्ता प्रवृतिहरुलाई धुलो चटाउछ।







