अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १५० वर्षअघिको पेरिस कम्युनलाई स्मरण गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले पेरिस कम्युनको आदर्शलाई सधैं सम्झनु पर्ने बताएका छन् ।

उनले विज्ञेप्तीमा भनेका छन्, विश्व सर्वहारावर्गको प्यारो आदर्श हो, साथैं इतिहासको एक गौरवशाली परिघटना हो । यसलाई आत्मसात गरौं ।

विज्ञेप्तीको पूरा पाठ –

विषय : प्रेस विज्ञप्ति

आज १८ मार्च । आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् सन १८७१ १८ का दिन पेरिसका मजदुर (कम्युनार्डो) हरुले पेरिस कम्युनको निर्माण गरेर पहिलो पटक सर्वहारा वर्गको राज्यसत्ता कब्जा गरेका थिए । त्यसैले पेरिस कम्युन एक युगान्तकारी परिघटना थियोे , त्यसबाट विश्वमै पहिलोपटक सर्वहारा वर्गले आफ्नो वर्गीय सत्ता प्राप्त गरेको थियोे र पेरिसमाथि फरफराइरहेको सर्वहारावर्गको रातो झण्डा पुरानो संसारको लागि एउटा प्राणघातक खतरा थियो ।

सन १८७१ मे २८ का दिन प्रतिक्रियावादी भर्साइल सरकारले पेरिस कम्युनमाथि प्रतिक्रान्तिको धावा बोल्यो र ७२ दिन पछि पेरिस कम्युन ढल्यो । ७२ दिनको छोटो अबधिको आफ्नो अस्तित्वपछि पेरिस कम्युन पराजित भयो , पुँजीपतिवर्गको भयानक हमलासामु नवजात कम्युन टिक्न सकेन । भर्साइल प्रतिक्रियावादी सत्ताले गरेको पाशविक हमलाद्वारा करिब ३० हजार पुरुष , महिला तथा केटाकेटीहरुको आमरुपमा हत्या गरिएको थियो भने ५० हजार जतिलाई घाइते तुल्याइएको थियो ।
मुक्तिको लागि विश्व मजदुरवर्गको आन्दोलनको इतिहासमा पेरिस कम्युन एक गौरवशाली पाना रहेको छ । मजदुरहरुको इतिहासमा पहिलोपल्ट सत्ता कब्जा गरेको र ७२ सम्म सत्ता कायम राखेको सो घटना आफैमा एउटा महत्वपूर्ण ऐतिहासिक घटना थियो ।

पेरिस कम्युनको घोषणा भएको आज १५० वर्ष पुरा भएको छ । यस १५० वर्षको अबधिमा संसारभर ठूला ठूला परिवर्तनहरु भइसकेका छन् ।सन १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । सन १९४९ महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । साथै भियतनाम, कोरिया, क्युवा लगायत विश्वका कैयन देशहरूमा क्रान्ति सम्पन्न गरिए ।

यद्यपि रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भै पुँजीवादको पुनःस्थापना भएको भए पनि विश्व सर्वहारा क्रान्तिको आवश्यकता अरु बढ्दै गएको छ ।

आज नेपाल, भारत, फिलिपिन्स, टर्की, पेरु, भेनेजुयला, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, अफगानिस्तान आदि देशका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले कतै सशस्त्र विद्रोह मार्फत त कतै सशस्त्र जनयुद्ध मार्फत क्रान्तिलाई अगाडि बढाइरहेका छन् । क्रान्ति जारी । हरेक वर्गको आफ्नो प्यारो आदर्श हुन्छ । शोषकहरुको आफ्नै प्यारो आदर्श छ र शोषितहरुको आफ्नै ।

पेरिस कम्युन विश्व सर्वहारावर्गको आफ्नो प्यारो आदर्श हो । पुँजीवादी राज्ययन्त्रलाई ध्वस्त पारी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नका लागि सर्वहारावर्गको त्यो पहिलो जमर्को थियो ।

पेरिस कम्युनको १५०आौ वर्षगाँठको यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पेरिस कम्युनको वीरतापूर्ण गौरव गाथाको सम्मान गर्न र त्यसबाट शिक्षा ग्रहण गर्ने प्रतिबधाता जाहेर गर्दछौं । धन्यवाद ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति : १८ मार्च २0२१

(हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार