चीनले तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव बिहीबार एक विशाल सभा आयोजनासहित सम्पन्न गरेको छ ।

तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आयोजित कार्यक्रममा विभिन्न जातीय समूहका २० हजार भन्दा बढी मानिसहरु सहभागी भएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिनले बधाई पत्र पठाएका थिए । सिले बधाई पत्रमा लेखेका छन् ”एक सुन्दर र सुखी तिब्बतको निर्माण र राष्ट्रिय कायाकल्पको ठूलो सपना पूरा गर्ने”।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले बधाई भाषण दिए ।

तिब्बतको केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका वाङ याङले तिब्बतमा रहेका सबै जातीय समूहका मानिसहरुसँग तिब्बतको शान्तिपूर्ण मुक्तिका ७० औं वार्षिकोत्सव संयुक्त रुपमा मनाउने जिम्मा सीपीसी केन्द्रीय समिति र सीलाई सुम्पिएको बताए ।

वाङ याङले सन् १९५१ मा तिब्बतको शान्तिपूर्ण मुक्तिलाई ”चिनियाँ जनताको मुक्ति र चीनको पुनर्मिलनको कारणमा एक ठूलो जीत” भन्दै यो तिब्बतका लागि युग निर्माण ऐतिहासिक महत्व भएको उल्लेख गरे ।

“जबदेखि तिब्बतले अन्धकारबाट उज्यालो, पिछडिएकोबाट प्रगति, गरीबीबाट समृद्धि, निरंकुशताबाट लोकतन्त्र र घनिष्ठताबाट खुलापनको बाटोमा लाग्यो ।“वाङ याङले भने, “एक समृद्ध समाजवादी नयाँ तिब्बत संसारको छतमा अग्लो र दृढ उभिएको छ ।“

पुरानो तिब्बतमा प्रतिक्रियावादी र बर्बर सामन्ती दासत्वको अभ्यास भएको थियो।

समाजवादी प्रणाली र क्षेत्रीय जातीय स्वायत्तताको स्थापनासंगै तिब्बतमा रहेका सबै जातीय समूहका मानिसहरुको राज्य मामिलाको शासन र स्वायत्त क्षेत्रको मामिलाको प्रशासनमा समान सहभागिताको अधिकार पूर्ण रुपमा सुनिश्चित छ।

‘वर्तमानमा तिब्बतमा जनसभाका ३५,००० भन्दा धेरै प्रतिनिधि र विभिन्न स्तरमा ८००० सीपीसी सदस्य छन्, जसमध्ये ९० प्रतिशत जातीय अल्पसंख्यक छन्’, वाङले भने।

पुराना दिनहरुमा तिब्बतको कृषि प्रणाली प्रकृतिको दयामा चल्थ्यो; उद्योग अस्तित्वमा थिएन र छिनिल र ल्हासाबीच एक राउन्डको यात्रा गर्न छ महिना भन्दा बढी लाग्ने गर्दथ्यो ।

‘तिब्बतको जीडीपी सन् १९५१ मा १३० मिलियन युआनबाट बढेर सन् २०२० मा १९० बिलियन युआन (करिब २९ बिलियन अमेरिकी डलर) बढेको छ’, वाङ याङले भने ।

१३ औं पञ्चवर्षीय योजना अवधि (२०१६–२०२०) को दौरानमा तिब्बतले १६० मिलियन पर्यटकहरुलाई भ्रमणको रुपमा भित्रायो । अहिले १४० उडानहरु तिब्बतसँग बाँकी विश्व जोडिने गरेका छन् ।

पुरानो तिब्बतमा ९० प्रतिशत तिब्बतीहरु निर्वाहका लागि संघर्ष गरिरहेका थिए र ९५ प्रतिशत सम्म निरक्षर थिए ।आज भोक र गरिबी तिब्बतका सबै जातीय समूहका मानिसहरुको लागी विगतको कुरा भएको छ।

चिनियाँ समाचार संस्था सिंन्हवाको सहयोगमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार