काबुलबाट उत्तरतिर रहेको पन्जशिर उपत्यकालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने र तालिबान र प्रतिरोधी समूहबीच भिडन्त जारी रहेको बताइएको छ।

पन्जशिर तालिबानको नियन्त्रणमा नरहेको एक मात्र प्रान्त हो।

तालिबानले थप दुई जिल्ला आफ्नो नियन्त्रणमा आइसकेको र उक्त प्रान्तको केन्द्रतर्फ आफ्नो फौज अघि बढेको दाबी गरेको छ।

तर पन्जशिर उपत्यकाको तालिबानको प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान ९एनआरफ०का प्रवक्ताले ठूलो भिडन्त जारी रहेको र आफूहरूले हजारौँ तालिबान लडाकुलाई घेराबन्दीमा पारेको बताएका छन्।

करिब डेढदेखि दुई लाख जनसङ्ख्या भएको उक्त उपत्यका यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि उनीहरूको नियन्त्रणमा गएको थिएन।

हेरात सहरमा महिलाहरूको प्रदर्शनमा समर्थन जनाउँदै एनआरफका नेता अहमद मसूदले पन्जशिरले निरन्तर प्रतिरोध जारी राख्ने बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार