चीनले ताइवानमा अमेरिकी सेना तैनाथ गरेको समाचारबारे स्पष्टीकरण मागेको छ। सेना तैनाथीको स्पष्टीकरण माग्दै ताइवानमा तैनाथ गरिएको आफ्नो सेना तत्काल हटाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ।

स्वशासित ताइवानको टापुमा अमेरिकाले आफ्ना सेना एक वर्षसम्मको लागि तैनाथ गरेको समाचारको स्पष्टीकरण माग गर्दै चीनले अमेरिकालाई चेतावनी दिएको वासिङटन पोष्टमा समाचार छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले ताइवानमा आफ्नो बल तैनाथ गर्नुअघि अमेरिकाले ‘उच्च संवेदनशीलता’ अपनाउनुपर्ने बताएका छन्।

‘ताइवान उच्च संवेदनशील क्षेत्र हो भन्ने विषय अमेरिकाले पहिचान गर्नुपर्छ र ताइवानसँग सैन्य सम्बन्ध अघि बढाउन रोक्नुपर्छ’, अमेरिकालाई चेतावनी दिँदै वासिङटन पोष्टसँग उनले भनेका छन्, ‘यदि अमेरिकाले टेरेन भने चीनले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक पर्ने सबै कदम उठाउनेछ।’

करिब २ करोड ४० लाख जनसंख्या भएको ताइवानलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफू स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ।

बिहीबार विशेष अपरेसन टोलीसहित दर्जनौ अमेरिकी सैनिक एक वर्षको लागि ताइवानमा तैनाथ गरिएको समाचार केही दिनअघि वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार