चीनका विशेषज्ञले सरकारले चाहने हो भने केही मिनेटमा नै आफ्नो नियन्त्रणमा लिन सक्ने बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सांघाई इन्स्टिच्युट फर ताइवान स्टडिजकी यू सिन्टियानले सामर्थ्य भए पनि चीनले यो मामिलालाई शान्तिपूर्ण एकताको माध्यमबाट सुल्झाउने बताएकी छिन्।

उनले यो मुद्दा चीनको चिन्ताको विषय भए पनि अमेरिका जोडिनुपर्ने कुनै कारण नभएको बताएकी छिन्। उनले चीन तत्कालै ताइवानमाथि आक्रमण गर्ने मनस्थितिमा नरहेको बताएकी छिन्। उनका अनुसार यो मामिला नसुल्झिए चीनले ताइवानमाथि कानुनी आर्थिक र सांस्कृतिकरुपमा दबाब बढाउनेछ।

चिनियाँ सरकारका ताइवान मामिला हेर्ने एक सल्लाहकारले अहिले चीनलाई अवस्था नियन्त्रणमा छ भन्ने विश्वासमा रहेको बताएका छन्। यसै साता अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्तामा राष्ट्रपति सीले ताइवानको मुद्दाबारे अमेरिकालाई चेतावनी दिँदै आगोसँग नखेल्न सुझाव दिएका थिए।

यसअघि बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा अमेरिकाले गर्ने बताएका थिए। यो वार्तापछि चीनले ताइवानबारे आक्रामक कदम चाल्न सक्ने आशंकाबीच चिनियाँ विशेषज्ञले तत्काल युद्धको सम्भावना नरहेको बताएका हुन्।

चीनले शान्तिपूर्ण तरिकाले ताइवानलाई नियन्त्रणमा लिने कदम चालिरहेको उनीहरुको भनाइ छ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रुपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई एक सार्वभौम मुलुकको रुपमा दाबी गर्ने गरेको छ।नेपालखबर अनलाइनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार