रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनसँग युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमाथि उत्पन्न संकटका बेला पुटिनले लामो समयपछि गरेको टिप्पणीलाई महत्वपूर्ण मानिएको छ ।

यतिबेला अमेरिका र युरोपेली मुलुकहरु लगायतमा युक्रेनको सिमाना नजिक रुसी सेना तैनाथ भएको भन्दै तनाव बढेको छ । युक्रेनी सीमा क्षेत्रमा रुसले पछिल्लो समय भारी हातहतियार सहित एक लाखको हाराहारीमा सेना तैनाथ गरेको छ ।

यद्यपि, रुसले यो कुरालाई अस्वीकार गर्दै आएको छ । सन् २०१४ मा रुसले युक्रेनसँग जोडिएको क्रिमियामाथि आक्रमण गर्दै आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसयताका ८ वर्षको अवधिमा हाल युक्रेनसँग रुसी तनाव उच्च बिन्दुमा पुगेको हो ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि मस्कोमा बोल्दै पुटिनले भनेका छन्, ‘मलाई लाग्छ अमेरिका युक्रेनको सुरक्षालाई लिएर धेरै चिन्तित छैन…तर, यस (अमेरिका)को मुख्य काम रुसको विकासलाई रोक्नु हो। यस अर्थमा यो लक्ष्यमा पुग्नका लागि युक्रेन एक उपकरण हो ।’

विश्वको सबैभन्दा ठूलो आणविक हतियार भएका रुस र अमेरिकाबीचको प्रतिद्वन्द्वी शीतयुद्ध सन् १९४७ देखि १९८९ देखिको पूरानो हो । युक्रेन कम्युनिस्ट सोभियत संघको रसियापछि दोस्रो महत्वपूर्ण भाथ हो । र, अहिले पनि पूर्व सोभियत मुलुकहरुमध्ये रुसपछिको महत्पूर्ण मुलुक युक्रेन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार