
फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी हुन् ।
रुससँग आणविक हतियार भएको कारण युरोप र अमेरिका मध्ये कसैले रुससँग युद्ध नचाहेको बताइन् ।
उनले रेडियोमा भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले रुससँग युद्धको आव्हान गरेको हैन । अमेरिका र युरोपले रुससँग युद्ध चाहेको मलाई लाग्दैन। हाम्रो प्रयास युद्व विराम हो ।’
रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ।







