युक्रेनमा रुसी हमलाको आज १२ औँ दिन हो । राजधानी किभको उत्तर पश्चिमीको शहरमा लगातार बमबारी जारी छ र रुसी सेना किभमा प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।

बूचा, होस्तोमेल र इरपिनमा रुसी बलसँग भीषण संघर्ष जारी छ । स्थानीयलाई विश्वास गर्ने हो भने यहाँ बिस्फोट नभएको एक मिनेट पनि छैन ।
इरपिनबाट भाग्ने कोसिस गर्दा एकै परिवारका चारजनाको मृत्यु भयो । यो परिवार जुन पुलबाट यात्रा गरिरहेका थिए रुसको मोर्टार त्यहाँ नै खस्यो ।

युक्रेनका उप–प्रधानमन्त्रीले रुसले अब नागरिकलाई निशाना बनाइरहेको र उनीहरुले अस्पताल, स्कूलमा हमला गरिरहेको बताएका छन् ।

उप–प्रधानमन्त्री ओल्हा स्टेफनीशिनाले बीबीसीसँगको कुराकानीमा युक्रेनी सेनाको तर्फबाट कडा प्रतिरोधपछि रुसले नागरिकविरुद्ध थुप्रै अभियान चलाएका छन् ।

उनले रुसमाथि ‘आतंकवादी योजना’ बनाएको आरोप लगाए, जसले हावा र जमिन दुबैतर्फबाट हमला गरिरहेका छन् ।

दोस्रो विश्वयुद्धपछि युुरोपमा सबैभन्दा ठूलो शरणार्थी संकट : यूएन

युक्रेनी शरणार्थीको संख्या तीब्र रुपमा बढ्दै गइरहेको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार १० दिनभित्रै १५ लाख जना युक्रेनबाट भागेका छन् ।

एजेन्सीको हाई कमिश्नर फिलिपो ग्रेन्डीले यसलाई दोस्रो विश्वयुद्धपछिको अहिलेसम्मको सबैभन्दा तीब्र रुपमा बढिरहेको शरणार्थी संकट बताएका छन् ।

सबैभन्दा धेरै शरणार्थी पोल्याण्ड पुगेका छन् । पोल्याण्डको सीमा सुरक्षाका जवानका अनुसार २४ फेब्रुअरीदेखि अहिलेसम्म यहाँ ९ लाख २२ हजार ४०० शरणार्थी पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार