नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको यही १७ डिसेम्बर शनिबारका दिन आयोजना गरेको भेलाले भक्त नारायण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन आयोजक समिती गठन गरेको छ ।

उक्त भेलामा नेपाली जनप्रगतीशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेल र उपाध्यक्ष बदन योङ्हाङ, बेल्जियम मोर्चाका उपाध्यक्ष शेरबहादुर छन्त्याल, पोर्तुगल मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा र अमेरिका मोर्चाका महासचिव दिपक लामिछानेले शुभकामना मन्तब्य राखेका थिए ।

भेलालाई संवोधन गर्दै यूरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेलले नेपालमा दलाल पुंजीवादी संसदीय ब्यबस्थाले चौतर्फी संकट सिर्जना गरेको र त्यसले जनताको जनजीवन संकटमय बनाएको बताए ।

भुजेलले यस्मा सुधार मात्रा गरेर नपुग्ने भन्दैं आमूल परिवर्तन नै गर्न जरुरी रहेको जिकिर गरे । उनले नेकपाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि संघर्ष गरिरहेको आन्दोलनमा एेक्यबद्धता जाहेर गर्न यो मोर्चा सफल रहनेमा शुभकामना दिए ।

नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीले आयोजना गरेको भेलाको संचालन भक्त नारायण श्रेठले गरेका थिए । भेलामा उपस्थित मोर्चाका सदस्यहरुले संगठनको हकहितको लागि हरेक गतिबिधिमा संलग्न रही एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

मोर्चाको अधिवेशन आयोजक समितीको संयोजकमा भक्त नारायण श्रेष्ठ र सदस्यहरुमा गंगालाल श्रेष्ठ, रामदाश श्रेष्ठ, किरण श्रेष्ठ, रिकेश सेन्चुरी, भिमबहादुर सुनुवार, कबिता विश्वकर्मा, निशान रावल, मनिष नेपाली र पूजा मगर रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार