
संयुक्त राज्य अमेरिकाले सन् २०२२ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको खोज र विकासका लागि उल्लेख्य लगानी वृद्धि गरेको देखिएको छ ।
सो एक वर्षमा अमेरिकाले एआईसम्बन्धी प्रविधिका लागि दोश्रो स्थानमा रहेको चीनभन्दा साँढे तीन गुणा अर्थात लगभग ४८ अर्ब अमेरिकी डलर खर्चेको छ । यस्तै सोही अवधिमा चीनले १४ अर्ब डलर र तेश्रो स्थानमा रहेको बेलायतले झन्डै ५ अर्ब डलर एआई प्रविधिमा लगानी गरेका छन् ।
नयाँ खुलेका एआईसम्बन्धी कम्पनीहरूको संख्यामा पनि अमेरिका नै अगाडि छ । अमेरिकामा सम्पूर्ण युरोपभन्दा दुई गुणा र चीनका भन्दा साँढे तीन गुणा बढी संख्यामा यस्ता कम्पनीहरू खुलेको एक प्रतिवेदनले देखाएको छ । बेलायतको स्ट्यान्फोर्ड विश्वविद्यालयले वार्षिक रूपमा प्रकासित गर्नेमा च्याटजीपीटी लगायत जेनेरेटिभ एआई टुलहरूले विश्वभरका प्रविधि उत्साहीहरूको ध्यान तान्न शुरू गर्दासम्मको अर्थात सन् २०२२ को अन्त्यसम्मको ट्रेन्ड समेटिएको छ ।
उक्त प्रतिवेदनले एआई क्षेत्रमा भएको नीजि क्षेत्रको लगानी सन् २०२१ को भन्दा केही घटेको भए पनि सन् २०१३ को तुलनामा १८ गुणाले बधेको देखाएको छ । एआईमा बढ्दो सरकारी लगानीले पनि यस्तो भएको हुनसक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । सो प्रतिवेदनमा सन् २०१४ सम्म मेसिन लर्निङका प्लाटफर्म र साधनहरू मुख्य रूपमा शैक्षिक संस्था र शोधकर्ताहरूले पहिल्याउने गरेकोमा त्यसयता व्यवसायिक उत्पादकहरूले उछिन्दै गएको र सन् २०२२ मा आइपुग्दा एआईको शोध र शैक्षिक पाटो शिथिल भएको उल्लेख गरिएको छ ।

एआई प्लाटफर्महरू विज्ञानसम्बन्धी प्रयोग र अनुसन्धानमा अत्यधिक प्रयोग हुन शुरू भएको र सार्वजनिक रूपमा एआईको प्रयोग बढ्दै जाँदा दुरूपयोगको खतरा पनि बढ्दै गएको प्रतिवेदनले देखाएको छ । एआईको बढ्दो प्रयोगले बनेका स्वचालित उपकरणहरूले वातावरणको संरक्षण र क्षति दुबै गरिरहेको पनि प्रतिवेदकहरूको निश्कर्ष छ । सोही क्रममा विश्लेषकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले एकातिर जनशक्तिको अभाव र अर्कोतर्फ सो प्रविधिको दौडले सामूहिक अवकासको क्रमसमेत अघि बढेको अनुमान गरेको छ ।
स्ट्यानफोर्डको शोधले एआई साधन र प्लाटफर्मको अत्यधिक प्रख्यातिले चिनियाँ नागरिकहरू सबैभन्दा धेरै सकारात्मक र अमेरिकीहरू कम सकारात्मक रहेको पनि देखाएको छ । गएको एक दशकमा एआईसम्बन्धी शोध र प्रकाशनहरूमा पनि झन्डै अघाई गुणाले बृद्धि भएको छ ।
सन् २०१९ मा लगभग डेढ अर्ब प्यारामिटर र ५० हजार तयारी खर्च लागेको च्याटजीपीटी-२ त्यसयताको ३ वर्षमै ३६० गुणा ठूलो र तयारी खर्च १६० गूणा महँगो भएको देखाउँदै सो प्रतिवेदनमा च्याटजीपीटी-४, गुगल बार्डजस्ता लार्ज ल्याङ्वेज मोडलहरू अझै ठूला र महँगा भएर जाने पनि उल्लेख छ ।







