फिलिपिन्स र अमेरिकाले आफ्नो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशका १७ हजारभन्दा बढी सैनिक यसमा सहभागी छन्।

दुई देशबीचको यो सैन्य अभ्यास ३ दिनदेखि ताइवाननजिकै चीनको सैन्य अभियान चलिरहेको बेला सुरु भएको हो।

यद्यपि चीनको विदेश मन्त्रालयले सोमबार संयुक्त अभ्यासको आलोचना गरेको छ र दक्षिण चीन सागर विवादमा अमेरिका-फिलिपिन्सले हस्तक्षेप गर्न नहुने बताएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार