विश्व प्रसिद्ध अखबार दि इकोनोमिस्टले नेपाल असफल राज्य भएको दाबी गरेको छ । चीनका छिमेकी देशहरुको बारेमा एक समाचार बनाउँदै इकोनोमिस्टले नेपाल असफल देश भएको उल्लेख गरेको हो ।

चीनसँग सम्बन्ध भएका देशहरुको चरित्र र चित्र देखाउने क्रममा इकोनोमिस्टले नेपाललाई असफल देश दाबी गरेको छ । नेपालसँगै पाकिस्तान, उत्तर कोरिया, म्यानमार, लाओस हुँदै अफगानिस्तान जस्ता चीनका छिमेकी देशहरुलाई असफल देश भनेर इकोनोमिस्टले चित्रित गरेको छ ।

चीनका मित्रवत छिमेकि देशहरुमा मलेसिया, बु्रनाइ र ताजाकिस्तानलाई देखाइएको छ भने सम्बन्ध कहिले राम्रो कहिले ठीकै भएका देशहरुको सूचीमा भने रुस, मंगोलिया, काजाकिस्तान, किर्गिस्तान आदिलाई चित्रित गरिएको छ ।

यस्तै, भारत, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया र जापानलाई भने चीनका दुश्मन देश भनेर चित्रित गरिएको छ । नेपाललाई असफल देश भएकोमा ठूला दलहरुबाट राजनीतिक प्रतिक्रिया आएको छैन । राप्रपाका रवीन्द मिश्रले भने प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक संजालमा नेपाल अससफल देश भनेको तर्फ संकेत गर्दै भनेका छन्, ‘अब विश्व विख्यात दि इकोनोमिस्ट टाइम्सले पनि भन्यो । अलि गम्भीरतापूर्वक लिने की रु’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार