जनवादी गणतन्त्र चीनको स्थापनापछि पनि लामो समयसम्म ग्रामीण चीनमा गरिबी व्याप्त थियो । चीनमा गरिबी मापदण्डका अनुसार सन् १९७८ को अन्त्यमा गरिबीको रेखामुनि रहेका ग्रामीण जनसंख्याको अनुपात ९७.५ प्रतिशत अर्थात् ७७७ मिलियन थियो ।
१९७८ मा सुधारको बाटो अपनाएसँगैं चीनले मानव इतिहासमा गरिबीका विरुद्ध अभूतपूर्व युद्ध छेड्न पुग्यो । गरिबी निवारणको मध्यम र दीर्घकालीन नीतिहरूको श्रृंखलालाई अपनायो । नतिजामा देशले यसको ग्रामीण बासिन्दाहरूको आयको निरन्तर बृद्धि गर्यो र गरिव जनसंख्यालाई तीव्रतामा न्युन गर्दै लग्यो ।

विश्व बैंकले जारी गरेको तथ्यांकअनुसार विगत ४० बर्षमा चीनमा अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि रहेका मानिसहरुको ८५० मिलियन भन्दा बढीले घटेको छ । यसले कुल विश्वको ७० प्रतिशत प्रतिनिधित्व गर्दछ ।
सबै भन्दा धेरै मानिस गरिबीबाट बाहिर निस्केपछि चीन पहिले विकासोन्मुख देश थियो जसले गरिबी न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यलाई साकार पार्यो ।
विशेष गरी सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १८ औं राष्ट्रिय कांग्रेसदेखि नै गरीबी निवारण राज्य शासनको महत्वपूर्ण स्थानमा राखिएको छ ।
पछिल्लो ६ बर्षमा चीनले ८२.३९ मिलियन ग्रामीण जनता र ८० प्रतिशत गरिब गाउँहरू अनि आधा भन्दा बढी गरिब काउन्टीलाई हटायो । जुन चिनियाँ गरिबी न्यूनीकरणको इतिहासमा सबभन्दा राम्रो प्रदर्शन मानिन्छ । गत वर्षको अन्त्यमा देशको गरिबी दर १.७ प्रतिशतमा झरेको छ ।
वर्तमानमा चीन निरपेक्ष गरीबी उन्मूलन गर्ने संघर्ष गरिरहेको छ । गरिबी उन्मूलनका लागि लक्षित उपायहरू उठाउने आधारभूत रणनीति कार्यान्वयन गर्दै गरिबी मुक्ति अभियानको नयाँ चरणले आफ्नो ध्यान केन्द्रित क्षेत्रबाट व्यक्तिमा केन्द्रित गर्दछ ताकि गरिबीको मुद्दालाई जराबाट हटाउन सकियोस् ।
कामकाजी टोलीलाई अनुसन्धानका लागि गाउँमा पठाइएको छ । २.७८ मिलियन स्टेशनिंग अफिसरहरू र ४,५९००० उत्कृष्ट अधिकारीहरू देशभरबाट छनौट गरिएको छ । साथमा गरिब गाउँहरूका पार्टी समितिका प्रथम सचिवको रूपमा सेवा गर्न खटाइएको छ ।
यसका साथै देशले विशिष्ट उद्योगहरूको पनि उत्थान गरिरहेको छ र स्थान परिवर्तनलाई अगाडि बढाइरहेको छ । पर्यावरणीय पुर्नस्थापनामा जोड दिइएको छ । शिक्षालाई सुदृढ बनाउँदैछ । सामाजिक सुरक्षामा सुधार ल्याउँदैछ साथैं लक्षित र विभेदकारी उपायहरू अपनाइरहेको छ ताकि गरिबीबाट प्राप्त सहायता र उपायहरूलाई ठोस व्यवहारमा कार्यान्वयन गरिएका छन् ।
सन् २०१८ मा चीनले गरिब क्षेत्र र किसानहरूलाई जनावरहरू पालनमा ठूलो सहायता प्रदान गर्यो । साथसाथै फोटोवोल्टिक उद्योग र ई–वाणिज्यको माध्यमबाट गरिबी उन्मूलन प्रोजेक्टहरूको बृद्धि गर्दै यसका गरिबी न्यूनीकरण संयन्त्रलाई बिस्तारै सुधार गर्दै समृद्धको बाटो पहिल्यायो ।
रोजगारी हस्तान्तरणको माध्यमबाट देशले २०१८ मा २.५९ मिलियन मानिसहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्यो । यसले ३०,००० भन्दा बढी गरिबी उन्मूलन कार्यशालाहरू स्थापना गर्यो । जसले ७७०,००० पंजीकृत विपन्न मानिसहरूलाई उनीहरूको घर नजिकको क्षेत्रहरूमा रोजगार पाउन मद्दत गर्यो ।
चीनले गरिबीबाट पीडित क्षेत्रका पिछडिएकाहरुलाई अनिवार्य शिक्षा स्कूलहरूको स्थितिमा सुधार ल्यायो र ड्रपआउट दर नियन्त्रण गर्न बृद्धि भएका प्रयासहरूलाई अगाडि बढायो ।
ग्रामीण क्षेत्रका गम्भीर रोग भएका विपन्नहरूलाई चिकित्सा उपचार प्रदान गर्ने कार्यक्रमसहित २१ प्रकारका विरामीहरूका लागि नियन्त्रण गर्ने काम विस्तार गरिएको छ । साथैं १० करोड भन्दा बढी गरिबहरूले उपचार प्राप्त गरेका छन् । चीनले गरिब बिरामीहरूको लागि स्वभुक्तान स्वास्थ्य सेवा लागतमा अनुपात घटाएको छ, र गरिब क्षेत्रमा चिकित्सा उपचारको स्थितिमा सुधार आएको छ ।
थप रूपमा, चीनको गरिबी रेखामुनि रहेका ५००,००० भन्दा बढी मानिसहरूलाई गरीब–राहत कार्यक्रमहरूमार्फत सरकारले भुक्तान गरेको वन रेंजरको रूपमा काम गरेको छ ।
हालसम्म चीनले मुख्य रूपमा चिनियाँ विशेषताहरुसँग गरिबी उन्मूलन संयन्त्र निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्नका लागि उसले जिम्मेवारी, नीति र निर्धारण प्रणालीमा माथिल्लो स्तर डिजाइन फ्रेम बनाएको छ ।
लक्षित उपायका लागि धन्यबाद । देशले विपन्न क्षेत्रमा ऐतिहासिक र परिवर्तनशील बदलावहरु अँगालेको छ ।
विपन्न क्षेत्रका किसानहरूको आफ्नो आय गत ६ बर्षमा १२.१ प्रतिशतको वार्षिक गतिमा बढेको छ । जुन राष्ट्रिय औसतभन्दा बढी हो । चिनियाँ गाउँहरुको ९९.५ प्रतिशत अब कडा सडकहरुसंग जोडिएको छ जहाँ ९६.५ प्रतिशत बस सेवा छ । यसका साथै पिउने पानी र सरसफाई प्रयोगशालामा सुधारिएको पहुँचले ग्रामीण इलाकाहरुको बासिन्दाहरुको ठाउँ झन् बढिरहेको छ । विपन्न ग्रामीण क्षेत्रहरूमा प्रति व्यक्ति उपभोग विगत ६ बर्षमा औसत वार्षिक दर ११.४ प्रतिशतले बढेको छ ।
धेरै भन्दा धेरै गरिब मानिसहरु गरिबीलाई किनारा लाउँदैछन् र नयाँ जीवन अँगाल्दै छन् ।
सामुदायिक स्वास्थ्य सेवा अब चीनका ९३.२ प्रतिशत प्राकृतिक गाउँमा उपलब्ध छ र ८९.८ प्रतिशत ग्रामीण परिवारले नजिकै प्राथमिक विद्यालय भेट्न सक्छन् । यसका साथै ९२ प्रतिशत गरिब घरपरिवारले गरिबीबाट बाहिर निस्कन स्थानीय सुविधाहरू सहित उद्योग विकास गरिरहेका छन् ।
यसबाहेक, चीनको गरिबी न्यूनीकरण अभियानले गरिब जनताको उत्कटतालाई प्रज्वलित गरेको छ । जसको माग ‘गरिबीबाट बाहिर निक्लनु’ मात्र छैन गरिबीबाट पनि टाढा रहनु हो । यस्तो मानसिकता परिवर्तन गरिबविरुद्ध लड्न एक शक्तिशाली संयुक्त बल निर्माण गरेको छ ।
यसै बीचमा, चीनको गरिबी निवारण परिणामहरूले अन्य देशहरू र उनीहरूका मानिसहरूलाई फाइदा पुर्याइरहेका छन् । चीन मानवजातिको साझा भविष्यकासाथ एक समुदाय निर्माण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य र दिगो विकासको लागि २०३० को एजेन्डामा सक्रियताका साथ लागिरहेको छ । यसले गरिबी न्यूनीकरणका लागि व्यापक अन्तर्रा्ष्ट्रिय सहयोग गरिरहेको छ ।
विगत ७० बर्षमा चीनले करीव १७० देशहरु र अन्तर्र्रािष्ट्रय संस्थाहरुलाई ४०० अर्ब युआनको आर्थिक सहयोग प्रदान गरेको छ । र विदेशमा ५००० भन्दा सहायता परियोजनासहित ६०००० बढी कर्मचारीहरु पठाएको छ । विकासोन्मुख देशहरुका लागि १ करोड २० लाख भन्दा बढीलाई तालिम दिएको छ र १२० भन्दा बढी विकासउन्मुख देशलाई सहयोग पुर्याएको छ । खासगरी विकासशील देशहरूको सहस्राब्दी विकास लक्ष्य साकार गर्न ।
चीनले सन् २०२० सम्ममा निरपेक्ष गरिबी हटाउने योजना बनाएको छ । यो योजना चिनियाँ राष्ट्रका लागि मात्र नभई चिनियाँ सपना साकार पार्न गरिबी न्यूनीकरण गर्ने काम मानव इतिहासको महत्वपूर्ण र गौरवशाली काम पनि हो । यसले विश्वव्यापी गरिबी उन्मूलनलाई उन्मुलन गर्न बढावा दिनेछ ।
पिपुल्स डेलीबाट ।







