केपी ओलीको राष्ट्रघातको इतिहासले अहिले पनि महाकालीको नदीको स्वच्छ पानीलाई धमिलो बनाइरहेको छ ।

त्यो उनको प्रतिक्रियावादी इतिहासलाई अलिकति उजील्याउने काम उनको भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विरुद्धको कदमको एउटा रूप थियो, जसका कारण आम नेपाली जनताले उनको विगतको त्यो प्रतिकृयावादी इतिहासलाई भूलेर उनलाई सरकारमा आसिन गराए । तर सारमा उनी दिल्लीको आशिरवालाई निरन्तरता दिन चाहन्थे, त्यही उनी सरकारमा गएपछि देखिदै आएको छ । भारत भक्ति खासगरी मोदी भक्ती उनको अभिष्ट हो र रहेछ भन्ने अहिले स्पष्ट बन्दै गएको छ । उनी भारतीय विस्तारवादको छत्रछाया“मा रहेर नेपाली जनतालाई राष्ट्रवादीको भ्रम दिन चाही अझै पनि छाडेका छैनन् ।

ओली नेतृत्वको सरकारको यसरी राष्ट्रवाद र समाजवाद प्रतिक्रिवादी क्याम्पको शरणमा लैजानको लागि एउटा क्याटलिष्टको कामको लागि प्रभावकारी भूमिका भने प्रचण्डको एकतापछि झन घनीभूत बन्दै गएको छ । यद्धपि प्रचण्डले अहिले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि)को विरोधमा आफूलाई उभ्याएका देखाएका छन् । सबैलाई थाहा छ प्रचण्ड ओलीको निर्णयको अगाडि निरिह बनेर हिंडीरहेको देखिन्छ र भारतको नक्सामा भारतले नेपाली भूमि गाभेर प्रकाशित गरेको नक्साबाट हटाएर नेपालको वास्तविक नक्सा प्रकाशित गर्न र  उसको विस्तारवादी कदमलाई अन्तराष्ट्रिय जगतमा नङग्याउन यी दुइजना नेताबाट सम्भव छैन भन्ने आम जनस्तरमा स्मेत स्पष्ट बन्दै छ । आवश्यकता केवल नेपाली जनताको व्यापक जनदवावको सृजनाको छ ।

ओलीको नेतृत्वमा नेपाल अहिले एकातिर अमेरिकी साम्राज्यवादको विकासको नाममा उसको सैनिक रणनीतिको पञ्जाभित्र पस्न  खौज्दै छ भने अर्कोतीर भारतीय विस्तारवादको नेपाललाई सदाको लागि आफ्नो पकडमा राखिरहने योजनाभित्र छिर्दै छ । यी दुवै साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप एवं उत्पीडनका लागि विभिन्न बाहना बनाएर तिनीहरूलाई नेपालमा स्वागत गर्न कस्सिएको छ । देशभित्र किसानहरू यहा“का दलाल तथा नोकरशाही पुँजीपतिहरूद्धारा चर्को शोषणमा छन् । तर सरकार तिनै दलाल तथा नोकरशाही पुँजीपतिहरूलाई संरक्षण दिने काम गरिरहेको छ । भरखरै भइरहेको नेपालका उखु किसानहरूले काठमाण्डौमा गरिरहेको विरोधप्रदर्शनमा सरकारको हेलचक्रयाईबाट स्पष्ट हुन्छ यो समाजवादी सरकार होइन ।

सरकारमा जानको लागि विगतमा सरकारको नीति तथा कार्यक्रमको चर्को विरोध गर्ने घनश्याम भुसाल जसले आफूलाई खाटी समाजवादी भन्ने गर्दथे, अहिले उखु किसानहरू कठमाण्डौको चिसोमा कठाङग्री रहेका छन्, उनका मागहरूको सम्बोधन त कता हो कता उनीहरूलाई जाडोबाट बच्नका लागि सामान्य सहयोग पनि गरिहेका छैनन् । नेपालका प्रधनमन्त्रीदेखि नेताहरूले करोडौ रूपीयाँ आ–आफनो स्वस्थ्य उपचारमा खर्च गरिहेका छन् तर  विचरा गरीब किसानहरू जाडोमा कठायाङगीरहेका छन् । उनीहरूका लागि सरकारसित बजेट छैन । धन्य यो समाजवादी ओली–प्रचण्डका स्वघोषित समाजवादी कृषि मन्त्री । आखिरमा यस्तै मानिसहरूको जमघटनै त डब्बल नेकपा हो । कुरा समाजवादी काम भने प्रतिक्रियावादी ।

भरखरै लिम्पीयाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत नेपालभर अनेकौ  ठाउ“हरूमा भारतद्धारा अतिक्रमित भ«मि फिर्ता र अमेरिकी साम्राज्यवादको सैनिक रणनीतिको एउटा भाग एमसिसिलाई संसदवाट पास गराएर त्यसमार्फत नेपाललाई भारतको टांगमूनी छिराउने अमेरिकी योजना मुताविक आएको तथाकथित अमेरिकी सहयोग, यी दुवैका विरुद्ध नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि सडक आन्दोलनमा उत्रिएको नेकपा(क्रान्तिकारी मोओवादी)सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता तथा कार्यकर्तामाथि ओली सरकार फासिवादी दमनमा उत्रिएको पाइयो । यसले के स्पष्ट पार्छ भने नेपाली जनता जसले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता गर र नेपालको असंलग्न परराष्टनीतिलाई बाधा पु¥याउने कुनै पनि सम्झौता कसैसंग पनि नगर भन्दा राज्य प्रशासन यदि फासिवादी दमन, लाठी चार्ज र गिरफतारीमा उत्रन्छ भने यो कसको सरकार हो ।

नेपाल र नेपाली जनतको कि साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको ? गम्भीर प्रश्न उब्ज्याएको छ, व्यापक बहसको विषय हो । अब यस्तो लेन्डुपे सरकारका विरुद्ध आम नेपाली देशभक्तहरूले मार्चाबन्दी गने कि यिनै भरौटेहरूको इशारामा चल्दै जाने र देश एकदिन भारतको एउटा नयाँ प्रान्त भएपछि चाल पाउने, जसरी हाम्रै छिमेकी देश सिक्किमका जनताले पाएका थिए । अथवा चीनका विरुद्ध सैनिक मोर्चाबन्दीमा ल्याएको अमेरिकी सैनिक रणणनीति अन्तरगतको तथाकथित सहयोग जो नेपालको माथिल्लो कर्णली नदीको उत्पादित विधुत दिल्लीको ट्रान्समिनलाइनमा सिधै जोडनका लागि खर्च गर्नका लागि नेपालको नाममा नेपालभित्र ल्याएर नेपाललाई कालान्तरमा अमेरिकी र चीनीया“ बीचको युद्ध मैदान बनाउन छुट दिने हो । यो पनि तत्कालमै नेपालका आम देशभक्तहरूले बहस र आन्दोलनको विषय बनाउनु पर्ने भएको छ ।

यी दुवैबाट के स्पष्ट हुन्छ भने ओलीको राष्ट्रवाद र समाजवाद प्रतिकृयावादी क्याम्पको शरणमा पुगेर नेपाल र नेपाली जनतालाई धोखा दिने लेण्डुपे राष्ट्रवाद र समाजवादमा पतन भएको छ ।

– Singhhukum683@gmail.com -जनधारणा साप्ताहिक

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार