के वनमन्त्री शक्ति बस्नेतले चेपाङ वस्ती मात्र जलाएका छन् ? शक्ति बस्नेत शहिदकी श्रीमतीको चोली च्यात्ने दुशासन हुन्।

मैलो चोलो

जो ज्ञान पुरुषले स्त्रीका बारेमा हाँसिल गरेका छन् त्यो ज्ञान अधुरो र अपुरो नै हुन्छ । ‘जवसम्म स्त्रीले आफ्ना सम्पुर्ण अनुभुतीहरुलाई खुलस्त लोकार्पण गर्दिनन्’ ।जन स्टुअर्ट मिल ।

एक साँझ गाउँ डुलिरहँदा एउटी कुकुर्नीका दुधफाँचा सामान्य भन्दा ठूला देखेपछि नजिक गएर नियालेँ । दुधफाँचा भरी घाउ रहेछन् । घाउ टनटनी टन्किएको, रसाइरहेको फेरि त्यही रसाइरहेको घाउलाई छाउरा छाउरीहरु चुसिरहेका छन् । उफ ! यस्तो दर्दनाक दृष्य देखेपछि सम्बन्धित जसको कुकुर्नी हो ति बज्यैको सहयोगमा छाउरा छाउरीलाई दुधको मुन्टोबाट छुटाउँदै भनेँ- ‘ओ बज्यै तुम्रो त लैनो भैँसो छँदाइ छाउरा छाउरी छुट्टै राख्या हो ।’ यसो भन्दै औषधि मगाएर दुधफाँचाभरी लगाउँदैगर्दा मलाई त्यो कुकुर्नीको एति धेरै माया लाग्यो कि मैले सजल आँखाले बज्यैलाई भने ‘बज्यै डाँगा काँ छन् काँ यहि कुकुर्नीकी आमा हुनुका दुःख ।’ मैले यति भनेपछि ति बज्यैले फ्वाट्ट भनिन्- ‘तुलाई क्या लाग्दो छ बैकिनी (आइमाई) का केटाकेटी क्या पिरिमले पाएका हुन् ? कात्तिकका डाँगाले लखेटे जसरी पाएका हुन् । यी डाँगा न छाउपडी छोड्छन् न सुत्केरी छोड्छन् ।’ अचानक आएको झटारो त्यो पनि जीवनमा पहिलो चोटी होला यस्तो स्त्री दैहिक दोहनको अज्ञानताबाट म अवगत भएकी । म त ट्वाल्ल परेर बज्यैको अनुहार हेरेको हेर्यै भएँ र केहिबेर पछि झल्याँस्य हुँदै गमेँ । आखिर यो पुरुष देह हो नै के, स्त्री देहबाट जन्मिएको अर्को देह मात्र न हो ।

अगिंय रुपमा प्रकृतीले सृष्टीधारण, प्रजनन र पालनका लागि स्त्रीलाई पुरुष भन्दा तिन अंगले भिन्न बनाएको छ । ती हुन् स्तन, गर्भाशय र रजश्वला हुने स्थान । यी तीन अंगबाहेक स्त्री देह र पुरुष देहवीच देखिने तात्विक भिन्नता केहि हुँदैन । स्त्री देह र पुरुष देहवीच तात्विक भिन्नता नहुनु स्वभाविक र प्राकृतिक पनि हो । किनकी स्त्री देह र पुरुष देहवीच सालनाल जोडिएको हुन्छ । यहि सालनालको जोडानबाट जन्मिएको पुरुष देह, स्त्री देहको अर्को देह मात्र हो । जसरी स्त्री ! स्त्री देहबाट जन्मिएको अर्को देह हो ।

एक स्त्री देहले अर्को देह (छोराछोरी) जन्माउने प्रकृयामा थुप्रै अनुभुुति बटुल्दै जान्छे । रजश्वला, गर्भान, सालनाल र प्रसब पिडा । अनिमात्र एक बच्चाले यो धर्तीमा पाइला टेक्ने हो । यति धेरै दैहिक अनुभुतिबाट जन्मिएको एक पुरुष देहले कसरी एक स्त्री देहलाई बलात्कार गर्न सक्छ ? त्यो पनि एक मान्छेको जात ! मभित्र प्रश्नहरुको उठान भइरहे ।

क्या पिरिमले पाएका हुन् ? डाँगा पोइले लखेटेर पाएका बच्चा हुन् । ति बज्यैका अर्दनादले मथिंगलमा छाल हान्दै गयो । गम्दै गएँ के हामी मध्ये धेरैजना बैवाहिक सँस्थाको नाममा जन्मिएका बलात्कृत सन्तान त हैनौँ ? मथिंगल घुम्यो फर्किएँ आफ्नै अतिततिर ।

सबसे खतरनाक होता हैर हमारे सपनोँका मरजाना

अर्थात सबैभन्दा खतरनाक हुन्छ हाम्रो सपनाको मृत्यु हुनु । यो कविता हिन्दीमा पढ्दैजाँदा यो कविताले मलाई यति छोयो कि मलाई कवि पाशको समिप गएर भन्न मन लागेको थियो । कवि पाश के म तिम्रो हातको पोरा छुनसक्छु, जसले यति सुन्दर कविता लेख्यो । कवि पाश के मेरा हातका पोराहरुले तिम्रा ति ओठहरुलाई छुन सक्छन् जुन ओठहरुले यति मधुर कविता गुन्गुनाउँछ । अफसोच कवि पाश अड्तिस वर्षको उमेरमा नै शहिद भैसकेका थिए । स्वभाविक हो मेरो चाहाना भिरफूल भन्दा पनि पर गैसकेका थिए । जसलाई टाँगो हाली टिपुँ भनेपनि सम्भव थिएन ।

गम्छु केही निच मान्छेहरुबिना अनुमति कसरी अरुको देहलाई छुन सक्छन् ? यौनजन्य दुव्र्यवहार गर्दै कसरी बलात्कार गर्ने गर्छन् ? केहि दिन अघि म आर्ट काउन्सिल बबरमहलमा आर्ट एक्जिविसन हेर्न गएको थिएँ । आर्टहरु हेरीसकेपछि केहिबेर सुस्ताउनुपर्यो भन्दै ग्यालरीको कुर्सीमा एकजना सखीसँगै बसेकी थिएँ । एकजना श्रीलकंन महिला आएर हाम्रै अघि उभिईन् । उनको पहिरन अनौठो र सुन्दर लागेपछि मैले उनलाई सोधेँ के म तपाईँको पहिरन छुन सक्छु ? उनले अनुमति दिएपछि मात्र मैले उनको पहिरन छोएँ । एकजना आफुजस्तै सजातिय स्त्रीको पहिरन छुन त अनुमति माग्ने म स्त्री गम्छु कसरी केही दुराचारी मान्छेहरु ब्ल्याकमेल गर्छन्, एजेन्ट बन्छन् । कोही कसरी भ्रष्टाचारको अघोसित प्रतिनिधित्व गर्दै सिद्धान्तद्रोह, राष्ट्रद्रोह गरेर जनताका सपनाहरुको हत्या गरिदिन सक्छन् । कोही कसरी ससाना भुईँमान्छेका मुद्दाहरुलाई पैताला मुनि कुल्चिँदै याँ बडेमाका तस्कर, भ्रस्टाचारी, बलात्कारी, अपहरणकारीका मुद्दा लड्छन्, लड्छु भन्छन् । याँ बडेमाका तक्मा भिरेका भुईँमान्छेका कुरा गरिरहने मिडियामा छाईरहने केही निच मान्छेहरु । कसरी स्त्री देहलाई ‘सहजता भित्रको अराजकता’ हो भन्दै कथित जुडासवादी लाल दर्शन दिनसक्छन् कथित लाल राजकुमारहरु । गम्छु यस्तै निच मान्छेहरुका अपरधि अनुहार देखेर होला एक उर्दु सायरले लेखेकाछन् -’मेरे चेहेरेको मेरी तबियत नासमझर मै वहि चेहेरा दिखाता हुँ जो मै चाहता हुँ ।’

चेली बुबा तेरो किलो खोजन्नारतु तेई किला बाँधिजार कि त चेली तु साईबाज भै उडिजा ।

चेली बुबा तेरो खुडी (पिँजडा)खोजन्ना रतु तेई खुडी थुनिजारकि त चेली तु साईबाज भै उडिजा ।

अर्थात चेली तिम्रो बुवाले तिम्रोलागी किला खोज्नेछन् । कि त तिमी त्यो किलामा बाँधिनु । कि त तिमी प्रेमको बाज (साईबाज) भएर उड्नु । चेली तिम्रो बुवाले तिम्रोलागी पिँजडा खोज्नेछन् । कि त तिमी त्यो पिँजडामा थुनिनु । कि त तिमी प्रेमको बाज भएर उड्नु । यो स्त्री किलो प्रथाको गित हाम्रा पुर्खाहरुले बेबिलोनबाट बोक्दै सिंजा प्रदेशमा ल्याएका हुन् । यदपि यो गीत अझैपनि सिंजा प्रदेशतिर गाईन्छ । यो गीत लामो श्रीङ्खलामा छ । यो स्त्रीबादी गीतले प्राचिन समाजमा कसरी केही पुरुषहरुले स्त्रीहरुलाई वैवाहिक सँस्थामा आबद्ध गराउनका लागि किलामा बाँधे भन्ने वणर्न छ ।

यो स्त्री किला प्रथाको गीत सुन्यो त्यस्तै । यता रामायण हेर्यो त्यस्तै । रामायणमा एकातिर सितालाई रावणले अपहरण गर्छन् । अर्कोतिर रामले सिताको अग्नी परिक्षा भन्दै योनी परिक्षा लिन्छन् । त्यतिलेधित मर्दैन गर्भिणी सितालाई वनवास धपाउँछन् । उता महाभारत हेर्यो, एकातिर पाण्डबहरु द्रौपदीलाई जुवामा थाप्छन् अर्कोतिर कौरवहरु द्रौपदीलाई जगल्ट्याउँदै धोती तानेर चिरहरण गर्छन् । यता बाईबल (ओल्ड टेस्टामेँट) हेर्यो, परमेश्वर हुँ भन्ने ईश्वरले हबालाई ‘तँ श्राप होस्’ भन्छन् । यता आफु बाच्दैगरेको एक्काईसौँ शताव्दीको समाज हेर्यो, त्यो पनि चौपट छ । यता हेर्यो बलात्कार, उता हेर्यो नानी गर्भपात, दहेज हत्या, एसिड हत्या, स्त्री देहको लुछाचुँडी, किनबेच, पुरा का पुरा बजार चलेको छ । जसो की स्त्री देह गुलाबी मैलो चोलो हो । यो कथित गुलाबी मैलो चोलोलाई दासयुग, सामन्तबाद, पुँजीबादले मात्र मचमची मिचेर मडमडी माडेर रामधुलाई गर्दै माडोदेवी बनाएको छैन कि रु यो कथित गुलाबी मैलो चोलोलाई ुजुडासे लाल हातहरुले पनि मडमड माडेका छन् ।

जनयुद्ध कालमा शक्ति बस्नेतले सुरबी रेग्मी एकान्तमा किताब पढिरहेको ठाउँमा गई अचानक सुरबीको संवेदनशील अंगलाई मैलो चोलो ठान्दै मडमडी माडेर यो ‘सहजता भित्रको अराजकता’ हो भन्दै हिँडेछन् । पछि सरला रेग्मीले पार्टीभित्र यौन हिँसाको कुरा राखेपछि शक्ति बस्नेतले त्यही जुडासबादी लाल दर्शन छाँटेछन् । ‘यो त सहजता भित्रको अराजकता हो’ यद्देपी सुरबीर बस्नेत त्यतिबेला पार्टी कृयाकलापमा भाग लिन नपाउने गरी केहि महिना साँस्कृतिक कारवाहीमा परे । त्यो पनि शक्ति बस्नेत साँस्कृतिक कारवाहीमा पर्थेनन् होला, उनि तत्कालिन हेडक्वाटरका साख्ला थिए ।शक्ति बस्नेत साँस्कृतिक कारवाहिमा पर्नुको एउटै कारण हो, सुरबी रेग्मीका श्रीमान तेतिबेला शहिद भएका थिए । साराका सारा कार्यकर्ताको बैचारीक एवं भावनात्मक लगाव सुरबी रेग्मीप्रति थियो । त्यही लगाबका कारण कार्यकर्ताद्वारा विद्रोह हुन्छ कि भन्ने डरले प्रचण्डजी लगायत याँ बडेमाका नेताजीहरुले यसो कारवाही गरेजस्तो गरी शक्ति बस्नेतलाई अध्ययन बिदा दिएका हुन् । उसै पनि पार्टीभित्र उपल्लाहरुलाई साँस्कृतिक कारवाही हुँदा कार्यकर्ताहरु अध्ययन बिदा नै भन्छन् ।

पार्टीका उपल्लाहरुले महिला मुक्तिको मुद्दालाई साँचो अर्थमा बोकेका भए, सुरबी रेग्मी माथी भएको यौन हिंसाको पारितोषिक शक्ति बस्नेतलाई मन्त्री, माथि मन्त्री किन बनाईन्थ्यो ? के यो महिला हिँसा गरेवापत पिलिगं (पितृ सत्ता बोक्ने लिगं, स्त्री हुन या पुरुष) हरुद्वारा दिईएको पुरस्कार हैन र ? ‘पिलिगं’ज्यु हरु यौन हिंसामा पुरस्कार हुन्छ कि कानुन बमोजिम सजाय ?

क) लालपुर्जाले जन्माएको सत्ताभित्र दुई वर्ग छ, धनि गरिब । यी दुबै वर्गभित्र यौन हिंसा उत्पिडन दमन र बलात्कारका घटनाहरु अक्सर घटिरहन्छन् । यदपि सर्वाधिक घटना पर्दा भित्रै लुक्छ । छुटपुट घटना मात्रै बाहिर आउँछन् ।

ख) समाज विभिन्न जातजाती धर्म सँस्कृति बोकेर जिवित छ । यी सबैभित्र पनि यौन हिंसा, उत्पीडन र बलात्कारका घटना घटित भैरहन्छन् ।
ग) राजनितिक रुपमा देश कम्युनिस्ट, काँग्रेस र अन्य बादमा हिँडेको छ । यहाँभित्र पनि महिला हिंसा र उत्पीडन छ ।

माक्र्सवाद पढ्दैजाँदा सिकिने, बुझिने र देखिने कुरो के हो भने सत्ताले बलात्कार गर्छ । यौन हिंसा गर्छ । यि जे जति दमन, उत्पिडन, कब्जा, स्वामित्व, अधिनताहरु छन् ती सबै लालपुर्जाधारी सत्ताका कारण छन् । यदपि सोभियत सत्ताभित्र महिला हिंसा न्युन भएको हो, निर्मुल होईन । यी सबै कारणहरु केलाउँदै जाँदा लाग्न थालेको छ, पुरुष देहभित्र त्यस्तो केही जिन छ कि जस्ले यौन हिंसा गर्छ ? मिलले स्त्रीलाई आफ्ना अनुभुति साझा गर्नु भनेझैँ म स्त्री देह भएकोले पुरुष देहको अनुभुति भएन । कृपया पुरुष देह धारीहरुले आफ्ना अनुभुति साझा गर्नुहोला । के लालपुर्जाले मात्रै यौन हिंसा एवं बलात्कार गर्छ ? वा त्यो भन्दा पर पनि केहि पुरुष मनेविज्ञान एवं पुरुष देहको कारण छ । जसले गर्दा महिला हिंसा भैरहन्छन् । यो बारेमा डिस्कोर्ष गरौँ, ताकी औषधी एवं निकास के हुनसक्छ रु समाधान खोजौँ ।

महिला हिंसा न्युनिकरण होइनर निर्मुल गरौँ भन्ने नाराका साथ अघि बढौँ । महिला हिंसा न्युनिकरणको अर्थ हुन्छ कोही न कोही महिलामाथी हिंसा भैराखोस् । यदि यसो हो भने महिला सधैँ माधवी हुन्छे जसरी हजारौँ वर्षदेखि माधवी हुँदै आएका छन् । स्टप माधवी ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार