जब व्यक्तिले आफ्नो समुदाय, धर्म र जातिलाई विशेष देख्न थाल्छ, उसबाट विभिन्न सम्प्रदाय, प्रकृति र सृष्टि प्रतिको समभावबारे आशा गर्न सकिदैन।  भारतीय इतिहासकार रामचन्द्र गुहाका अनुसार तत्कालीन समयमा फ्रान्स र ब्रिटेनको राष्ट्रवाद एक धर्म, एक भाषा, एक शत्रु पहिचानका आधारमा बनेको थियो ।

फ्रान्समा बस्ने हरकोहीले फ्रेन्च बोल्नै पर्थ्यो क्याथोलिक धर्म मान्नै पर्थ्यो, अनि देशप्रेम स्वरुप शत्रु राष्ट्रप्रति घृणा प्रकट गर्नै पर्थ्यो, त्यहाँ रहेका तमाम अन्य भाषी र धर्मावलम्बीहरुलाई दबाइन्थ्यो । ब्रिटेनमा पनि यस्तै थियो, ब्रिटिस बन्नका लागि अङ्ग्रेजी बोल्नैपर्ने, प्रोटेस्टेन्ड धर्ममा आस्था राख्नै पर्ने, पुर्वतर्फ पनि अवस्था त्यस्तै थियो। हिन्दु संक्राचार्य र बुद्ध चेलाबीचको नरसंहारलाई समेत त्यहि रुपमा लिन सकिन्छ। वैंज्ञानिकहरुले धर्ममा बताएभन्दा फरक तथ्य राखेकोमा धर्मको विरुद्ध सैतानले पठाएको भनेर धर्मभिरुहरुले धेरै बैज्ञानिकहरुलाई सास्ती दिएर मारियो। कतिको सर्वस्व लुटियो।

लेखक ।

उनीहरुले जीव उत्पत्ति र विकासको वारेमा विकासवादी सिद्धान्त लेखेको भनि डार्विनलाई समेत धेरै दुख दिए। जतिजति नयाँ कुराहरु प्रमाणित हुँदै आए सौर्य मण्डल, कस्मोलोजी लगायत जीव उत्पत्ति, विकाससम्वन्धी नयाँ आविस्कारले धार्मिक मान्यताहरुको मुटुमै प्रहार गरेको छ। त्यसैले भन्नै पर्ने हुन्छ कि विज्ञान प्रयोगबाट जन्मने सिद्ध सत्य हो भने धर्म डर,त्रासबाट सृजित तर्कबाट जन्मेको अमुर्त विश्वास हो।
मध्ये युगमा इस्लाममा झन् उग्र संक्रिणता ब्यापक थियो।

कालान्तरसम्म सबै धर्मका रणनीतिहरु पक्षपाति,रक्तपिपासु र फासिष्ट थिए भन्दा अतिसायुक्ति नहोला। धर्मभेद वा संर्किणता जस्तै रंगभेद मानव विभेदभित्र अर्को अभिशाप हो। त्यसको विकराल रुप संसारभरि अझै व्याप्त छ र विकसित भनिएका देशमा पनि भित्री रुपमा जरा गाडेर बसेको अमेरिकाको हाल घटेको घटनाले पुष्टि गरेको छ। रंगभेदको दौरान अमेरिकामा जर्ज फ्लोयडको हत्या नयाँ थिएन– ट्रिभन मार्टिन, सान्ड्रा ब्लान्ड, अहमद आबिरी, ब्रेओन टेलर, इरिक गार्नर, चिनेदु आकोबी, माइकल बोन, एमाना जोन्स, तामिर राइस, जोर्डन डेभिलगायत अनगिन्ती अश्वेत अर्थात् अफ्रिकी अमेरिकीले अनाहकमा ज्यान गुमाएका छन् र संरचना वा कानुनी बन्दोबस्तले अश्वेतहरूको ज्यानको अवमूल्यन गरिंदै आएको छ । यो रंगभेद,जातिभेद, धार्मिक अतिवाद र अन्ध राष्ट्रवाद जस्तै धर्तिको महाअभिशाप हो। युरोपियन दास युगले सामान्तवाद, सामान्तवादले पुँजीवाद र साम्राज्यवादलाई सुम्पेको नासोमध्ये धार्मिक विभेद जस्तै रंगभेद लामो आयु भएको प्लास्टिक जस्तै फोहर हो।

यो फोहर अझैपनि प्रजातन्त्र र मानवअधिकारको पिंजडामा बाँचिरहेको छ। फासिष्ट र नाजीवादी राज्यसत्तामा जस्तै नवउदारवादी पुँजीवादको जगमा टिकेको साम्राज्यवादले यसलाई टिकाउन अहिलेसम्म झन्डै ४२ करोड मानिसको हत्या गरिसकेको छ। साम्राज्यवादले आँफु बाहेक सवैंको अस्तित्वलाई मेटाउने प्रयत्न मात्रै हैन जातिय सफाया (जेनोसाइड)  नै गर्दछ भन्ने कुरा अमेरिकन रेड इन्डियनको सफायाले प्रमाणित गरिसकेको छ ।

अहिलेको महामारी महासंकटमा घटित एक उदाहरण नै हेरौं। समाजवादी अर्थनीति अंगालेको क्युबाले इटाली, अफ्रिका लगायत देशहरुमा सहायताको हात बढाइरहँदा उसको छिमेकी देश संरा अमेरिकाले भने यमन लगायतलाई स्वास्थ्य क्षेत्रमा दिँदै आएको राहत पनि कटौती गर्ने घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनको सहयोग बन्द गर्यो। कसैलाई पनि कुनै प्रकारको सहयोग गरेन र अरुले गरेको सहयोगको समेत विरोध गर्यो।

यो अहिलेको अवस्थाले मात्रै जन्माएको अमानवीय कर्म हैन।  रोनाल्ड रेगन र मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करण शक्तिशाली बन्दै आएको हो । उनीहरूभन्दा केही अघिबाटै नवउदारवादको सुरुवात भएको थियो । नवउदारवादले के कस्तो दुष्परिणाम ल्यायो भन्ने कुराबारे बिस्तारमा चर्चा आवश्यक छ जस्तो मलाई लाग्दैन । यो पुजीवादी वर्गीय सत्ताको अति विभत्स रुप हो।

राजनीतिशास्त्री र समाजशास्त्रीहरुको विचारमा अवको आधुनिक समतामुलक समाजमा राष्ट्रियता, नश्ल, लिंग र धर्मले कुनै अर्थ राख्ने छैन । विगतका अनुभवहरु चाहिने मात्र रहन्छन अरु चिहानमा पुरिन्छन । विश्वमा धार्मिक एकाधिकार जस्तै नस्लीय एकाधिकार पनि सकिन्छ। विश्व मल्टीकल्चरल बन्दछ। मानव मात्र हैन सिंगो जीव जगत एक्लै जिउन सक्दैन भन्ने अहिलेको महामारीले प्रमाणित गरिसकेको छ । यो अकाट्य सत्य हो कि छिमेकीको अवस्थाअनुसार हाम्रो भविष्य निर्धारण हुन्छ । यदि तपाइँको छिमेकी समस्यामा छ भने हाम्रो पनि समस्या पनि बढ्छ । हाम्रा छिमेकी प्रकृतिका हाम्रा सम्बन्धसंग सम्बन्धित छन्।  कति हामीले छिमेकी चिन्दछौँ कतिलाई पहिचान गर्न सक्दैनौं।  एक धर्म, एक जात, एक समुदायमा मात्र आफ्नो सम्बन्ध बाँचेको देख्नेले यो कुरा बुझ्न पनि सक्दैन। उसले सबैलाई समान दृष्टिकोण बनाएर हेर्न त झन् सक्दै सक्दैन। एक धर्म र नश्लमा विश्वास गर्नेहरुमा ज्ञान होला तर विवेक पक्षपाती हुन्छ ।

उसले आफ्नो अस्तित्वका लागी कसैले गरेको विद्रोहलाई आँफु बिरुद्ध भएको देखेर त्यसको समुल नष्ट गरिदिन्छ।  चे ग्वेभारा, नेल्शन मन्डेला, फिडेल क्याष्ट्रो,भगत सिङ,मालाला युसाफ्ज़ी ,जमेस बेभेल,मार्टिन लुथर किंग,फ्रान्क कमेनी,बेट्टी फ़्रिएदन,दोरोथी हेइघ्त,वाल्टर पी. रेउथेर, बि. आर अम्बेडकर, अलिचे पौल, डब्लु.इ.बि. दु बोइस, भिक्टोरिया वूधुल्ल, कार्ल हेनरिक उल्रिच्स, ओल्यम्पे दे गौगेस, गोर्गे मसोंजस्ता महान मानावतावादीहरुलाई पनि धार्मिक जडवादी, नश्लवादी र रंगवादीहरुले धेरै दुख दिए। साम्राज्यवादीद्वारा मार्ने प्रयत्न गरियो। कतिको भौतिक रुपमै सफाया गरियो। तर उनीहरु आफ़्मो मिसनमा जीवन प्रयन्त अडिग रहे। त्यसैले बाँचेको छ अझै मानवता र समतावाद । मानवता, प्रगति,वैज्ञानिक उन्नति र समतामुलक आधुनिक समाजको निर्माण रंगभेदी र धार्मिक नेताहरुको चाहना हुदै हैन। यो दक्षिणपन्थी परम्परावादीहरुसंग विद्रोह गरेर संसारभरि बाँचिरहेको हो । यो मानवता समाजवादी र भौतिकवादी दार्शनिक जसले इश्वर वा भाग्यमा विश्वास गर्दैनको निरन्तर संघर्षको कारणले जीवित छ।

राष्ट्रिय स्वाभिमान र अन्तराष्ट्रिय सहअस्तित्वको लागि आवाज उठाउनेहरुमद्धे साम्राज्यवादीहरुले कसलाई बाँकी राखेका छन् र। साम्राज्यवादीहरुले प्यालेटाइनी नेता एसिर आराफातलाई समेत छोडेनन्। उनीहरुले मध्यपूर्वका ती नेता इजरायलको सहयोगमा मारेको पछि पुष्टि भयो। एसिर आराफातको अन्त्येष्टि भएको दुई वर्षपछि अवशेष पुनः निकालेर अनुसन्धान गरिएको थियो । त्यसक्रममा स्विस वैज्ञानिकहरुले आराफातको शवको अवशेषमा पोलोनियम २१० फेला परेको दाबी गरेका थिए ।

नेपालको कुरा गर्नु पर्दा जातीय संकीर्णताको स्थिति अझै विकराल छ। पुराना राजाहरुले भन्दा राणाहरुले दलितलाई दास जस्तै बनाएका थिए। उनीहरुलाई मानवको व्यवहार कहिल्यै गरिएन। यहि हिन्दु जातीय विभेदको विरुद्ध बलदेब रामले तराइमा ठुलो विद्रोह गरे। दलितले सिनो हटाउनै पर्ने उच्च जातकाहरुले बनाएको नियम दलितहरुले तोडे। बिसं २०५६ सालमा सप्तरीको सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरेका बलदेव रामले २०६१ सालदेखि राष्ट्रिय भूमिअधिकार मञ्चको अध्यक्ष रहेर भूमिअधिकार आन्दोलनको नेतृत्व गरेका थिए ।

जब बलदेव रामले सिनो बहिष्कार आन्दोलनको सुरुवात गरे, ठूला जातिले दलितचमार परिवारलाई नाकाबन्दी नै लगाए । खानेपानीकालागि कलधारादेखि पोखरीसमेत उपयोग गर्न वञ्चित गरियो । अहिले पनि सामाजिक रुपमा कायम नै छ जसलाई विभेदकारी धार्मिक आवरणमा सुरक्षित गरिएको हुन्छ। यो विभेदको पराकाष्टा राणाकालमा देख्न पाइन्छ। एकथरी संकीर्ण परम्पराबादीहरुले  राणा सासनलाई राम्रो वा यौन पिपासु जंगबहादुरलाई देशभक्त देखेपनि उनीहरुको भुमिमोह सत्तामोहसंग जोडेर हेर्नु पर्छ। यी साम्राज्यबादका कठपुतलीहरुले नेपाली चेली बेलायतीहरुको सेवामा पठाउथे । काम गराउथे अरुलाई खाजा दिन्थे दलितलाई दिदैनथे। सजायमा पनि त्यस्तै विभेद थियो। साम्राज्यवादका विरुद्ध युद्धरत भारतका देशभक्त जनतामाथिको ब्रिटिस साम्राज्यवादको दमन र वितण्डालाई साथ दिने तत्कालिन राणाशासकहरूको नीति एउटा ठूलो वर्गीय गद्दारी थियो र त्यसको जति निन्दा गरेपनि कम हुन्छ । यिनै गतिविधिहरूलाई ध्यानमा राखेर नै महात्मा गान्धीले जंगबहादुर राणालाई अंग्रेजहरूको ‘कुकुर’ भन्नुभएको थियो । यी पनि तात्कालिक अमेरिकन नश्लबादी र नेपाल भारतका खस ब्रामण जस्तै घोर जातिवादी नरपिचास थिए भन्दा आत्युक्ति हुँदैन। जसले जातिय हिँसा र उत्पीडनलाई कानुनि वैंधानिकता दिएका थिए।

यस्ता नाफाखोर नश्लवादीहरुले विभिन्न आवरणमा अहिलेसम्म संसारको समतावादी चिन्तनमा मात्र आक्रमण गरेका छैनन् । उनीहरुको आक्रमण प्रकृति माथि पनि तीव्र गतिमा भैरहेको छ। डब्लुएचओको एक अध्ययनअनुसार त पृथ्वीका ९० प्रतिशतभन्दा बढी मानिस प्रदुषित हावामा श्वास फेर्छन् । निशंकोच यो हावा एकाधिकार पुँजीवादको उपभोक्तावादी नीतिका कारण प्रदुषित भएको हो । पानीको हालत समेत त्यस्तै छ। समुन्द्र, खोला नाला नदी सबका सब प्रदुसित छन्।

युरोपबाट धार्मिक साम्राज्य समाप्त पार्ने महान सैनिक नेपोलियन हुन्। उनको शैली निरंकुस भएपनि सोच समाजवादी र अन्धविश्वास मुक्त वैंज्ञानिक समाजको जग बसाए। त्यो बेला जुन स्तरमा धार्मिक शोषण ब्याप्त थियो त्यसलाई भत्काउन कठोर सांस्कृतिक आन्दोलन जरुरी थियो। सेनाको बलमा नै विश्व इतिहासकै वहादूर र शक्तिशाली सैन्य शासक नेपोलियन वोर्नापार्ट आफ्नो शासनकालमा चर्चको वर्चश्व समाप्त गर्दै युरोपलाई वैज्ञानिक र बहुसांस्कृति बाटोतर्फ अग्रसर गराए । युरोपको विकसित सभ्यताको इतिहासमा सैन्य रणनीतिका हिसाबले नेपोलियनको महत्वपुर्ण योगदान रहेको छ। त्यस्तै राजनैतिक, र सामाजिक दर्शनको क्षेत्रमा अतुलनीय योगदान गर्ने युरोपकै अर्का महान समाज वैंज्ञानिक तथा अर्थशास्त्री हुन् कार्ल मार्क्स । उनले धार्मिक शोषण सहितको विश्व पुँजीवादको विरुद्ध समाजवादी अर्थनीति, समतावादी वितरण प्रणाली र मानसिक तथा सांसरिक श्रमबीचको विभेद अन्त्यको दर्शन जन्माए। उनले मानव न्यायको लागि मात्र नभएर प्रकृति बचावको लागि समेत समाजबादी प्रणाली उपयुक्त हुने धारणा बिकसित गरे। वातावरण मैत्री समाजवादी धारणाले सामुहिक उत्पादन, सेवा मुलक उत्पादन र समान वितरण प्रणालीलाई जोड दिने र यो उर्जाको उपभोगका दृष्टिले समेत प्रकृति मैत्री हुने समाजवादीहरुले विश्वास गर्दछन । अर्को अभियानको रुपमा वातावरणवादी समाजवादीहरुले ग्रीन मुभमेन्ट नामक आन्दोलनको लागी विश्वव्यापी राजनैतिक अभियान नै संचालन गरेका छन्।

संसारमा अहिलेसम्म जति मानवीय दर्शन, मानावतावादी धारणा, सामुहिक हितको चिन्तन जन्म्यो त्यसको नर्सरी समाजवाद हो भने प्राय अपबादबाहेक सबै अभियन्ताहरु चिन्तनको हिसाबले समाजवादी हुन्। उनीहरुले दिएको शिक्षा अन्तराष्ट्रिय समुदायको हितको लागि हो। त्यसैले मानब हित पृथ्वीको जीवनसंग अन्तरसम्बन्धित रहेकोले मानव अन्तराष्ट्रिय जाति हो। हाम्रो धर्म प्रकृतिको सम्मान र सृष्टिसँग प्रेम हो। विश्वास प्रयोगको सत्यमा मात्र प्रमाणित हुन्छ। हामीले मानिसलाई भाषा, भेग र रंगको आधारमा विभाजन गर्नु दुखद हो। प्राकृतिक वातावरण र प्रयोगात्मक शीप आर्जनको सिलसिलामा हाम्रो केहि कुरा फरक छ। त्यो फरक हामी र हाम्रा सन्तान भन्दा अलिक बढी छ। कारण मानवको स्वायत्त विकासले पारेको अन्तर हो। तर हामी त्यति टाढा पुगेका छैनौ कि हाम्रो रगतको बनावटमा नै फरक आओस्।

हामी अझैसम्म रगतकै सम्बन्ध वरिपरि छौं। पारिवारिक अनुबांशिक विकासको गतिमा पृथ्वीको परिवर्तनले सबैलाई एकै पटक असर पार्न सक्छ। त्यसैले हामीले पृथ्वीलाई टुक्र्याएर अलग अलग सार्वभौमसत्ता खोज्नु गलत हुनेछ। पृथ्वी हाम्रो एकमात्र सार्वभौम सत्ता सम्पन्न आस्था भुमि हो। जसमा जल, जंगल र सम्पूर्ण चराचर पर्दछ। अरु सब भ्रम हो। धर्तिको मायाँ गरौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार