आज संसारभर मानब जातिलाई नै संकटमा पर्ने गरी मानव अस्तित्व नै खतरामा परेको माहामारीबाट स्वाभाविक रुपमा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यस्तो महामारीको विचामा पनि नेपालको सरकार भने भ्रष्टाचारमा लिप्त छ अर्कोतिर अधुरो क्रान्तिलाई पुरा गर्ने उद्देश्य बोकी लागि परिरहेको विद्रोही नेकपाको खोजीमा जुटेको छ । सरकारको सुरक्षा निकाय भने फलानो विप्लब रे, तिलानो विप्लव रे, अनि ढिस्कानो विप्लब रे, भनि तिब्र खोजीकार्यमा व्यस्त छ । अनि राज्यले पनि विचार राखेकै आधारमा अनेक दुःख दिने गरेको छ । के विचार राख्नु, कुनै सैद्धान्तिक नीतिको पछि लाग्नु कसैको गल्ती हो ? के लोकतन्त्रमा कुनै राजनीतिक विचारसँग नजिक हुनु हुँदैन ?

विद्रोही नेकपालाई बुभ्mन उसले लिएको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशालाई बुभ्mन जरुरी छ । विद्रोही नेकपा विद्रोही शक्ति हो हाम्रो देशको सन्दर्भमा । विद्रोही शक्ति भनेको उत्पीडित समुदायका आवाज हुन् । विद्रोही शक्तिले जहिल्यै पनि समाजलाई गतिशीलता दिन्छ । कल्पना गरौं त विद्रोही शक्ति नभएको भए दास युगको अन्त्य हुन्थ्यो होला ? अब्राहम लिङ्कनले विद्रोहको नेतृत्व नगरेको भए आज कालाहरु गोराहरुको दासदासी भएर पशुसहर खरिद विक्री भैरहेका हुने थिए । माक्र्सले विद्रोहको नेतृत्व नगरेको भए विश्वमा न्याय र समानताको आवाज उठ्दैन थियो होला । नेपालकै हकमा कुरा गर्ने हो भने पनि १० वर्षे जनयुद्ध शुरु नभएको भए आजपनि राजतन्त्रको अन्त्य हुँदैनथ्यो । गणतन्त्र सङ्घीयता तथा धर्म निरपेक्षता जस्ता उपलब्धी टाढाको कुराको हुन्थ्यो । आज कतिपयले सतही किसिमका तर्क र वितर्क गर्ने गरेका छन् । देशमा राजनीतिक क्रान्ति पुरा भैसक्यो । यस्ता तर्कहरु केवल सतही र कुतर्कहरु हुन ।

‘एकिकृत जनक्रान्ति’ क. विप्लपले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको कार्यदिशा हो । कार्यदिशा भनेको क्रान्तिको लक्ष्य प्राप्त गर्न, क्रान्तिलाई अविछिन्न रुपमा अगाडि वढाउने प्रश्नमा क्रान्तिका रणनीति र कार्यनीतिका दैनिक कार्यहरुलाई दिशा निर्देश गर्ने हतियार हो । कार्यदिशा जहिल्यै पनि क्रान्तिकारी र वैज्ञानिक हुनु पर्दछ । यदि यसो भएन भने क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाएर लक्ष्यमा पु¥याउन सकिन्न । अन्नत क्रान्तिले ठूलठूला क्षतिहरु व्यहोर्छ र असफलताहरु हात पार्छ । त्यहि भएर होला लेलिनले क्रान्तिका लागि विचारको महत्वमा जोड दिदै भन्नुभएको थियो– “क्रान्तिकारी सिद्धान्त विना क्रान्ति हुँदैन । क्रान्तिका लागि असल कम्युनिष्ट पार्टी, जनताको विद्रोही चेनना र सहभागिता, जनताको पक्षमा लड्ने शक्ति अनिवार्य हुुनु पर्दछ ।” यस्तै माओले पनि भन्नु भएको छ– “विचार सही हुनु र नहुनुले नै सबैकुराको फैसला गर्छ । राजनीतिक विचारलाई शिर्षस्थानमा राख” आदि । उहाँले क्रान्तिका लागि असल र अनुशासित कम्युनिष्ट पार्टी, जनताको सहयोग, संयुक्त मोर्चा र जनताको सेना अनिवार्य हुने विचार बताउनु भएको थियो ।

लेखक बस्नेत ।

नेपाल कम्युनिष्ट पार्टी नेपालको एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । नेपाली श्रमजीवी जनता र नेपाल राष्ट्रको अहम् दायीत्व यस पार्टीको काधमा रहेको छ । त्यतीमात्र होइन यो पार्टीको दायित्व अन्तराष्ट्रिय सर्वहारार्वगको दायित्व सँग अन्तसम्वन्धित पनि छ नेपाली जनयुद्धका एक दशक का उपलब्धिको रक्षा गर्ने, २०६३ साल यताको प्रतिक्रान्ति माथि क्रान्तिकारी हस्तक्षेप गर्नु र नेपाली क्रान्तिको बाँकी अभिभारालाई पुरा गर्ने दायित्व यो पार्टीको रहेको छ । समृद्ध, शान्ति, स्वाधीन तथा जनवादसहित वैज्ञानिक समाजवादी नेपाल निर्माण गर्ने महान् लक्ष्य, उद्देश्य र सपना पूरा भएको छैन । विगतमा लाखौ जनताले साथ सहयोग नगरेको पनि होइन । जीतको नजिक पुग्न लागेको क्रान्ति अर्थात जनयुद्धलाई साम्राज्यवाद र विस्तारवादको ग्याण्ड डिजाइन र षड्यन्त्रमा प्रचण्ड र वाबुराम लगायत उनीहरुका गुटले संसदवादी दलहरु मुलतः कांग्रेस र एमाले सँग मिलेर लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको नाममा परिवर्तन र उपलब्धिलाई उनीहरुले कौडीको मूल्यमा वेचेर सिध्याए । प्रचण्ड कम्युनिष्ट पार्टी र माओवादी कै खोलओडेर संसादीय दलाल पुँजीवादी व्यवस्थामै आफ्नो क्षणीक स्वार्थको लागि आत्मसर्मपर्ण गरे भने बाबुराम भट्टराई कम्युनिष्ट विचार, सिद्धान्त र आन्दोलन बाटै टाढा रहेर विर्सजनवादमा पतन भए । प्रचण्ड र बाबुरामले लोकतान्त्रिक गणतन्त्र र संविधानसभा मार्फत नयाँ संविधान निर्माणको नाममा पुरानै संसदीय दलान पुँजीवादी व्यवस्था मुलुक र जनतामाथि जवरजस्ती लादियो । यो विलकुलै प्रतिगमन र प्रतिक्रान्ति नै हो ।

नेपाल कम्युनिष्ट पार्टीको आठौं महाधिवेसनले ‘एकिकृत जनक्रान्ति’ को कार्यदिशाबाट वैज्ञानिक समाजवादमा लैजान नेपाली श्रमजिवी र उत्पीडित जनताको अग्रदस्ताका रुपमा कम्युनिष्ट पार्टीको विकास गर्ने निणर्य गरेको छ । कम्युनिष्ट पार्टी समाजको सबैभन्दा आधुनिक, वैज्ञानिक, जनवादी, निस्वार्थी र क्रान्तिकारी संस्था हो । यसले समाज, वर्ग, जातिमाथी लगादिएका सबै शोषण, दमन, विभेदका विरुद्ध सघर्ष गर्दछ अर्थात मावन मुक्तिकै लागि कार्य गर्दछ । ‘एकिकृत जनक्रान्ति’ ले श्रमजीवी नेपाली जनताले परिकल्पना गरेको स्वाधीन र सम्पन्न नेपाल निर्माणका निम्ती जनवादी शासन व्यवस्थाको प्रमुख सर्त मानेको छ । नेपालको विधमान अर्थव्यवस्था दलाल तथा नोकरशाही पुँजीवादी र सामान्ती रुढीवादी छ । यसले साम्राज्यवादी एवंम विस्तारवादी एकाधिकार पुँजीको खुल्मखुल्ला मुलुकभित्र प्रवेश गराएर राष्ट्रिय पुँजी माथि अतिक्रमण गराईरहेको छ ।

नेत्र विक्रम चन्द्र ‘विप्लब’ ले नेतृत्व गरेको नेकपा जनतामाझ लोकप्रिय हुँदै गएपछि यसबाट आत्तिएर वर्तमान ओली सरकारले प्रचण्डको इशारामा यो पार्टीलाई डेढ वर्ष देखि प्रतिवन्ध लगाएको छ । यो पार्टीका कार्यकर्तालाई र सामान्य आस्था राख्ने मानिसलाई समेत अनेक दुःख दिइरहेको छ । आज कतिपय मानिसहरु विप्लबले के गरे भनेर सोद्धने गर्दन ? विप्लब ले जनयुद्धमा इमान्दार ढंगले काम गरे । उनले गणतन्त्र ल्याउन जनयुद्धका अधिकमोर्चा लडे तर सत्ता पिपासु वन्नु भन्दा जनताको पिडाको आवाज वोले । प्रतिपक्षी नेपाली काग्रेसले कुनै विरोध गरेन एनसेलले कर तिरेन भनेर । तर विद्रोही नेकपाका नेता विप्लब ले आफु प्रतिवन्धित भएर पनि एनसेललाई धावा वोले । उनको पार्टीले शसक्त विरोध ग¥र्यो जसको कारणले अहिले एनसेलले कर तिर्न थालेको छ । एनसेल डराएको छ भने यो पार्टीसँग मात्र डराएको छ । देशमा भएको मानव वेच विखन, हत्या, हिंसा र भ्रष्टाचारको विरोधमा वोलेको छ भने त्यो विद्रोही नेकपाको ले बोलेको छ ।
अन्त्यमा आम पाठकहरुलाई हेक्का रहोस, खरायो र कछुवाको दौड सुन्नु भएको छ ? खरायो जती चाडो दौडिए पनि कछुवाले जितेको छ । हो , विप्वल अहिलेको परिस्थितिमा जनतालाई ढिलो दौडे जस्तो आभास लाग्न सक्ला तर उनले भित्र भित्रै पूर्ण तयारीका साथ वहुपक्षलाई ध्यानमा राखी जनताको पक्षमा काम गरेका छन् । सतही हिसाबबाट अहिले जनताले नदेखे पनि पछि देख्नेछन् ।

विप्लब योजनाको विरोध होइन, सहयोग गरौं, विप्लवको विरोध गर्यो भने विप्लब कमजोर हुन्छ । विप्लब कमजोर हुनु भनेको विद्रोही नेकपा कमजोर हुनु हो । यो पार्टी कमजोर हुनु भनेको एकाइसौं शताब्दिको जनवादी क्रान्तिको सुत्रधार ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाको सिद्धान्तमा विकास हुन नपाउँदै सहिद हुनु हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार