
पुँजीवाद एउटा राजनीतिक एवं आर्थिक व्यवस्था हो । विद्रोही शक्तिको रुपमा चिनिएको नेकपाका नेता विप्लवको शब्दलाई सापटी लिदै भन्नु पर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लाष्टिकको फूल हो । जो हेर्दा वास्तविक फुल भन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मुल तत्व नै त्यसमा हुँदैन । पुँजीवादको आडम्वर भौतिक सम्पन्नता हो ।
भौतिक सम्पन्नताले मात्र मानिस खुसी र सुखी हुन सक्दैन भन्ने कुरा कोरोना माहामारीले प्रमाणीत गरिदिएको छ । भौतिक सम्पन्नता र वास्तविक सम्पन्नता कदापी एउटै होइन । भौतिक सम्पन्नता नहँदा पनि मानिस खुसी र सम्पन्न हुन सक्छ । भौतिक सम्पन्नता हुँदा हुँदै पनि पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थामा मानिस अस्तव्यस्तता अपूर्ण र संकटमा वाचिरहेका हुन्छन् । तसर्थ पुँजीवादको असली सारतत्व कमी प्रत्येक राज्यले पुँजीवादी व्यवस्थाको वाटो कदापी लिनु हुँदैन । तर उल्टो वर्तमान सत्ताधारी नामधारी कम्युनिष्ट पार्टीले त समाजवादी अर्थव्यवस्थाको साटो दलाल पूँजीवादी अर्थ व्यवस्था अगालेको छ ।
विगत दुई शताब्दि भन्दा अधिदेखि विश्वलाई नेतृत्व गरिरहेको महाशक्ति राष्ट अमेरिका र पुँजीवादको चरम विकास भएका युरोपियन मुलुकहरुलाई यो सुक्ष्म भाइरसको कारणले डरलाग्दो क्षती र समस्याहरु भोग्नु परेको छ । ती देशका नागरिकहरुले समयमै उपचार पाउन नसकेर छट्पटीएर मर्नु परेको हृदय विदारक तस्विरहरु देखिएका छन् । अस्पताहरु अप्र्याप्त छन् । मानवीय स्वास्थ्य संकट मात्र भोग्नु परेको छैन । आर्थिक संकट पनि गम्भीर रुपमा देखा परेको छ । करोडौको राजगारी गुमेको छ । धेरै विश्लेषकहरुले कोरोना पछिको विश्व पुँजीवादी व्यवस्थामा समेत वदालाव आउने संकेत गरेका छन् । त्यतिमात्र होइन विश्व महाशक्तिले ताज अमेरिकाले कायम गर्न सक्छ या सक्दैन प्रशस्त अड्कलवाजी भइरहेको छ । कोरोना भाइरसका वारेमा अमेरिका र चीनविच कुटनीतिक रुपमा भइरहेको आरोप प्रत्यारोपलाई विश्वमै महत्वकासाथ हेर्ने गरिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको इशारामा चलेको आरोप लगाए ।

लेखक नन्दलाल खरेल ।
विश्वको प्रायः देशहरुले कोरोना भाइरसबाट वच्न लकडाउनको नीति अवलम्बन गरे, आझै पनि धेरै देशहरु लकडाउनको नीति नै अपनाइरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला विश्वका ८-१० वटा देश वाहेक सबैमा फैलिएको छ । उद्धगम स्थल चीनमा नियन्त्रण भएपनि अमेरिका, युरोप, अफ्रिकी र एशियाली देशहरुमा आगोको मुस्लो झै फैलिएको छ । हालसम्म कोरोना भाइरसको विरुद्धको औषधी र खोप पत्ता लागेको छैन । विरामीको शरिरमा रहेको रोगप्रतिरोधात्मक क्षमता नै कोरोना भाइरसबाट पार पाउने एक मात्र उपाय हो । अहिले संसारका वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन र औषधीको अनुसन्धानमा जुटेका छन् । धेरै राष्ट्रहरले अरबौं रुपैयाँ यसमा खर्च गरिरहेका छन् । अझै थप खर्च गर्ने योजनमा छन् । आशा गरौं कोरोना भाइरस विरुद्धको भ्याक्सिन, औषधी छिट्टै पत्ता लागोस र विश्वले चयनको श्वास फेरोस ।
विश्वभरि नै धेरै देशमा यो भाइरसबाट वच्न लकडाउनको नीति अवलम्बन भइरहँदा अमेरिकामा भने यो नीतिलाई लागु गरेको छैन । त्यसैले आज यो भाइरसले अमेरिकालाई इपिसेन्टर बनाएको छ । अझै पनि अमेरिकालाई महाशक्तिको दम्भ छ । अमेरिकी राष्ट्रपति देखि सर्वसाधारण जनतासम्मलाई अमेरिकी महाशक्तिको दम्भ छ । उनीहरुको चरित्र अरु भन्दा उत्कृष्ट र फरक हुनु देखिएको छ । झन चीन र समाजप्रति अमेरिकीहरुको घृणा यति धेरै छ कि त्यसको केहि अंश मात्र ट्रम्पको व्यवहारमा झल्किएको छ । यो विश्वव्यापी महामारीलाई चीनले जुन पद्धतिबाट नियन्त्रण गर्न लगभग सफल भयो त्यो अनुशरण गर्न अमेरिकीहरुलाई त्यही कथित महाशक्तिको ताज (दम्भ) ले दिइरहेको छैन । चिनियाँ तथा समाजवादी भनिएका मोडललाई अनुसरण गर्दा आफ्नो राजनीतिक साख गुम्ने डर उसलाई ज्यादा छ । वरु केहि लाख मानविय क्षती गुम्दा उसलाई ठूलो चिन्ता छैन । अर्को कुरा अमेरिकनहरु बजारमा आश्रित छन् । अमेरिकाले यस्तो प्रणालीको विकास गरेको छ जहाँ कुनै पनि मानिस काम नगरी वाच्न सक्दैन । केहि हप्ता मात्रै पनि यस्तो दुष्प्रयास ग¥यो भने उसको सारा जनवीवनमा त्यसको डरलाग्दो असर पर्दछ ।
कोरोना भाइरस पछि भूमण्डलीकृत पुँजीवादको सट्टा नयाँ विकल्प खोजी त हुने होइन भनि विभिन्न चर्चाको शुरुवात हुन थालेको छ । मानव सभ्यताको पछिल्लो २ हजार वर्षको इतिहास मात्र हेर्ने हो भने पनि यसले वारम्बार उथलपुथल बेहोरेको छ । पुराना राजनीतिक आर्थिक र सामाजिक मान्यताहरु भत्किने र नयाँ वन्ने क्रमसँगै शक्तिशाली साम्राज्यहरु पतन हुने र नयाँ विश्व शक्तिको उदय हुने चक्र चालु छ । पश्चिमा मुलुकहरुबाट शुरुवात भएको औद्योगिक क्रान्तिपछि तीव्र वनेको परिवर्तनको रफ्तार अझै जारी छ र दोस्रो विश्वयुद्ध पछिको ७५ वर्षमा संसारले प्रविधि र भौतिक पक्षमा अभूतपूर्व विकास गरेको छ ।
कोरोना भाइरस यो प्राकृतिक हो या मानव सिर्जित भाइरस हो यस सम्वन्धि पनि वहस भइरहेको छ । कतिपयले यसलाई मानव सिर्जितको रुपमा व्याख्या गरेका छन् । जैविक र रसायनिक हतियार वैज्ञानिक ईग्नोर निकुलिनले कोरोना भाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको बताएका छन् । संयुक्त राष्ट्र संघका जैविक तथा रसायनिक हतियारका सल्लाहकार इंग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरोना भाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित संस्करण पनि तयार पारेको दावी गरेका छन् । निकुलिन राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्ननका जैवीक तथा रसायनिक हतियारका सल्लाहकार हुन् । उनी रुसका वैज्ञानिक हुन् । कोरोना भाइसर अमेरिकामा उत्पादन गरेर चीनमा छोडिदिएको निकुलिनले बताए । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणीतिय रुपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाइरसले फरक फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मर्नु, एक पटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनु जस्ता कुराहरुले यो भाइरस प्राकृतिक नभएको पुष्टि उनको दावी छ ।
कोरोना चीनलाई लक्षित गरेर वनाइएको र यसको असर अमेरिकासम्म आइपुग्ने सोच्न बनाएको र यसको असर अमेरिका सम्म आइपुग्ने सोच नबनाएको कारणले अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको निकुलिनले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमा भाइरसले पु¥याउन सक्ने क्षतिका बारेमा विश्व स्वस्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाइरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क भएको बताएका छन् । उनले भनेका छन्– चीन अनुसासित र दृढ संकल्प नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो । चीनबाट सुरु हुनु संयोगमात्रै नभएको बताउँदै निकोलिनले बताए । उनले अमेरिकी गुप्तचर संस्था सिआईएले सन् २०१५ मा तयार पारेको रिपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणी गरिएको छ । रिपोर्टमा महामारी पछि सन् २०२५ तिरको विश्वको तस्विर प्रस्तुत गरिएको छ ।
कोभिड–१९ को महामारीबाट पुँजीवादी देशहरु बढी प्रभावित छन् । पछिल्लो महिना मात्र संक्रमण देखिएका मुलुकहरु अहिले महामारीबाट उठ्नै नसक्ने गरी थलिएका छन् । महामारीको सम्भाबित जोखिम प्रति नजर अन्दाज र दुस्सहासका कारण ती मुलुकहरु भविष्यकै अनुमान गर्न नसकिने परिस्थिति देखिदैछ । कोरोना महामारीबाट समाजवादी र समाजवादी भनिएका मुलुकहरु कम प्रभावित छन् ।
अन्त्यमा कोरोनाले के प्रमाणित गरेको छ भने भौतिक सम्पन्नता धन दौलतले मात्रै मानव जीवन सुरक्षित हुन सक्दैन । त्यो भन्दा महत्वपूर्ण कुरा राजनीतिक, आर्थिक, सामाजिक चेतना तथा मान्यताहरु महत्वपूर्ण हुन्छन् । शक्ति सम्पन्न र सवल अर्थतन्त्र भएका देशहरुभन्दा स्वास्थ्य, शिक्षा सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन, सद्भाव भएका देशहरुमा कोरोनाको प्रभाव कमजोर देखियो । पुँजीवादी सम्पन्नताले मावन जातिलाई प्रकृतिक प्रकोपबाट सुरक्षा दिने सक्दैन वरु भयावह, त्रास र संकट थोपर्छ ।
पुँजीवादले केवल मुनाफा, धनसंचय र वजार नियन्त्रणका लागि अनेकौ अप्राकृतिक दुसित, हानीकारक गतिविधिहरु अनियन्त्रित रुपले संचालन गरेको छ । तसर्थ पुँजीवादी समृद्धिको प्लाष्टिकको फूल फाली समाजवादी प्राकृतिक सुगन्धित फूल रोप्ने कार्यमा सम्पूर्ण विश्वको ध्यान जान जरुरी छ ।
खरेल अर्थ राजनीतिक विश्लेषक पनि हुन् ।







