
राजनीतिक अर्थशास्त्र बुझ्न सजिलो विषय अवश्यै होइन तर हामीलाई नबुझी पनि भएको छैन र अलि मिहिनत गर्दा नबुझ्ने भन्ने पनि छैन । यहा कार्ल माक्र्सले राजनीतिक अर्थशास्त्र तर्फको अध्ययन कसरी अघि बढाए र अन्तत (१) राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान र (२) पुँजी जस्ता अर्थ–दर्शनका महान कृतिहरु प्रतिपादन गरेका थिए भन्ने बारेमा सामान्य जानकारी गराउने उद्देश्यले यो लेख तयार गरिएको छ ।
क) आर्थिक सिद्दान्तको निर्माण
क) माक्र्सले १८४३ देखि स्मिथ, रिकार्डो, से, सिस्मण्डी, मिलआदि ठूला–ठूला अर्थशास्त्रीका कृतिहरुको अध्ययन थालेका थिए । माक्र्सद्वारा लिखित १८४४ को आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु त्यसैको परिणाम थियो । तर माक्र्सभन्दा अलि पहिलेदेखि नै एंगेल्सले अर्थशाास्त्रको अध्ययन थालेको पाउँछौ । उनले १८४३ मा राजनीतिक अर्थशास्त्रको आलोचनाको रुपरेखा लेखे, जो १८४४ मा प्रकाशित भएको थियो । यो लेखलाई माक्र्सले “राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदानको ९१८५९० भूमिका” मा “आर्थिक प्रवर्गहरुको आलोचनावारे उच्च दर्जाको निवन्ध” भनेर तारिफ गरेका छन् ।

लेखक ।
उक्त लेखको प्रकाशन पश्चात नै माक्र्स र एंगेल्सका वीच “पत्राचारमार्पmत निरन्तर विचार–विनिमय” सुरु भएको थियो । उक्त लेखमा एंगेल्सले भनेका छन्- “निजी सम्पत्तिले मानिसहरुलाई स्वार्थीबनाउछ जसको कारण एउटा जमिन्दार अर्को जमिन्दारको विरुद्द, एउटा पुँजीपति अर्को पुँजीपतिका विरुद्द र एउटा मजदुर अर्को मजदुरका विरुद्द बैरभावपूर्ण स्थितिमा काम गर्दछन् । समान स्वार्थहरुको झगडाको नतिजास्वरुप आजसम्मको मानवजातिको अवस्था अनैतिक छ र त्यसको परिणाम हो प्रतिस्पर्धा” । उनले त्यसै लेखमा अगाडि भनेका छन्, “निजी सम्पतिको केन्द्रिकरणको यो नियमले ‘‘ मध्यम वर्गहरु झनझन विलाएर जान्छन् र अन्तमा विश्व लाखपति र खाकपति, ठूला जमिन्दार र गरिब किसान ज्यामीहरु विभाजित हुन्छ । ‘। सामाजिक स्थितिमा पुरा परिवर्तन, विपरित स्वार्थहरुको विलयन, निजी सम्पत्तिको उन्मूलन नभएसम्म यस्तो परिणाम आउनै पर्छ र आउनेछ” ९उही पृ। ४४१० । कार्ल माक्र्सले पनि १८४४ को आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरुमा निजी सम्पत पुँजिवादी समाजमा श्रमको विशिष्ट स्वरुप, “प्रिथकीकृत श्रम” ९भकतचबलनझभलत बिदयगच० को परिणाम भएको देखाएका छन्, “‘निजी सम्पति प्रिथकीकृत मानवीय जीवनको प्रकट अभिब्यक्ति हो । यसको गति–उत्पादन र उपभोग – अहिलेसम्मका सम्पूर्ण उत्पादनको गतिको प्रकट रुप हो । धर्म, परिवार, राज्य, कानुन, नैतिकता, विज्ञान, कलाआदि उत्पादनका विशेष नियम अन्तर्गत पर्दछन्” ९उही , पृ। २९६० । प्रिथकीकृत श्रमको आर्थिक आधार बनेको निजी स्वामित्वको उन्मूलन आबश्यकछ भन्ने माक्र्सले प्रमाणीत गरे ।
माक्र्स र एंगेल्सले पुँजिवादको अन्त्य र समाजवादको आवश्यकता जन्माउने दुइ प्रमुख कारण भेट्टाए ः
– श्रम र पुँजी वीचको अन्तर्विरोध यो पुँजिपतिहरु धनी हुने र मजदुरहरु गरिव हुने तथ्यमा आधारित छ ।
– पुँजीवादी प्रतिस्पर्धाको नियम यसले क््रmन्तिको जन्म दिन्छ ।
ख) माक्र्सले १८४७ मा “दर्शनको गरिब” लेखेर प्रकाशित गरे (पेरे जोसेफ प्रुँधोको (१८०९–६५) दरिद्रताको दर्शनको उत्तर) । यसमा माक्र्सले पहिलो पटक के देखाए भने पुँजीवादी व्यवस्थालाई एक प्राकृतिक ब्यवस्था तथा पुँजिवादका आर्थिक नियमहरुलाई शास्वत र अपरिवर्तनीय ठान्ने शास्त्रीय अर्थशास्त्रीहरुको धारणाको उल्टो पुँजीवादी उत्पादनका नियमहरु पनि अस्थाई प्रकृतिका छन् र पहिलेका उत्पादन प्रणालीहरु झै यो पुँजीवादी उत्पादन प्रणालीले पनि अधिक उच्च सामाजिक ब्यवस्थाका लागि स्थान छोड्नु पर्नेछ । “दर्शनको गरिब” मा माक्र्सले वर्ग–संघर्षको सिद्दान्तलाई अघि बढाए । उनले सर्वहारा वर्गलाई एक विकासमान वर्ग माने जो “वर्ग आफैमा” बाट “आफ्ना लागि वर्ग” मा परिवर्तन हँुदै थियो, जसले बुर्जुवासँग आफ्नो भिन्नता रहेको बुझेको थियो र पुँजीवादी दासता मेट्न, वर्गहीन समाज निर्माणका लागि संघर्ष गर्दै थियो । का। लेनिनले माक्र्सलाई यो कुराको श्रेय दिएकि उनले प्रथम पटक आर्थिक र राजनीतिक संघर्षलाई एक अटुट सूत्रमा जोडे । माक्र्सको यो पहिलो परिपक्क कृति थियो जसमा उनले माक्र्सवादी आर्थिक सिद्दन्तका आधारभूत प्रस्थापनाका रुपरेखा प्रस्तुत गरेका थिए । माक्र्स आफैले उक्त कृतिका बारे लेखेका छन्, “‘बीस बर्षको परिश्रम पछि पुँजीमा जुन सिद्दान्तको विकास गरियो, त्यो सिद्दान्त उक्त कृतिमा भुणावस्थामा छ” ।
ग० “ज्यालादारी श्रम र पुँजी” माक्र्सले १८४७ मा ब्रसेल्समा रहँदा त्यहाँ निर्वासित जर्मन मजदुर समाजलाई दिएको राजनीतिक अर्थशास्त्र सम्वन्धी ब्याख्यान थियो, जो १८४९ मा प्रकाशित भयो । सो ब्याख्यानमा माक्र्सले पुँजिवादी समाजमा उत्पादन–सम्वन्धहरुको वास्तविक स्वरुपलाई स्पष्ट पारेका छन् । ज्यालादारी श्रम र पुँजीवीचको सम्वन्ध परस्परमा अन्तर–निर्भर रहन्छ भने पुँजिपति र मजदुरको स्वार्थहरु एक अर्काको ठीक उल्टो छ र तिनीहरुवीचको सम्वन्ध एकदमै बैरभावयुक्त हुन्छ । पुँजीवादी शोषणको आर्थिक आधार भनेको मजदुरद्वारा पैदा गरिने मूल्य उसले पाउने पारिश्रमिकको मूल्यभन्दा बेसी हुन्छ र सो बेसी अंश नै पुँजीपतिको नाफा हो । पुँजीवादी समाजमा नाफा र ज्याला एक अर्काको उल्टो अनुपातमा रहन्छ र जति, जति पुँजी र उत्पादक शक्तिहरुको बृद्दि हुन्छ, त्यति, त्यति नै बढी मात्रामा मजदुरहरुको शोषण हुन्छ । यही “कृति” नै माक्र्सको दोेस्रो महान खोज “अतिरिक्त मूल्यको सिद्दान्त” को आधार बन्न पुग्यो ।
घ) १८४८ को क्रान्तिको हारपछि माक्र्स एंगेल्सले पेरिस छोड्नु प¥यो । १८४९ मा माक्र्स पेरिसबाट निस्कासित भए र लण्डन बसाई सरे । १८५० देखि राजनीतिक अर्थशाास्त्रको अध्ययनलाई फेरि सुरु गरे । उनको अध्ययनको मुख्य थलो वृटिश म्युजियम थियो जहाँ उनले बर्षौसम्म दिनहुँ विहान ९ बजेदेखि वेलुकी ७ बजेसम्म बसेर लगनका साथ अध्ययन गरे । उनले दिउँसो म्युजियम पुस्तकालयमा र साँझ तथा रातीमा अवेरसम्म डेरामा बसेर अध्ययन गरे । १८५३ पछि उनी अन्य काममा ब्यस्त भएकाले अक्टोवर १८५७ देखि फेरी आफ्नो आर्थिक अनुसन्धानको काममा लाग्न सके र कठो परिश्रमबाट मे १८५८ सम्ममा एक भब्य कृति तयार पार्न सके । वीच–वीचमा छुटे पनि उनी यो काममा पन्ध्र बर्षसम्म लागेका थिए । यसलाई १८५७–५८ को आर्थिक पाण्डुलिपिहरु भनेर जानिन्छ जसलाई पुँजीको पहिलो कच्चा मस्यौदाको रुपमा लिइन्छ । यसमा माक्र्सले पुँजीवादी ब्यवस्थाको आलोचनात्मक ब्याख्या गरेका छन् जस्लाई पुँजी, जमिन्दारी सम्पत्ति, ज्यालादारी श्रम, राज्य, विदेश ब्यापार र विश्व बजारको क््रmमवद्द अध्ययन गरिएको छ । माक्र्सवादी इतिहासमा यस कृतिको ठूलो महत्व छ किनभने यसमा अतिरिक्त मूल्यको सिद्दान्तको जग हालिएको छ ।
अतिरिक्त मूल्यको सिद्दान्त माक्र्सको अर्को महत्वपूर्ण आविष्कार थियो । यसको मद्दतले माक्र्सले बुर्जुवा समाजको शोषणको सारतत्व पत्ता लगाए, सर्वहारावर्गको ऐतिहासिक भूमिका, समाजवादी क्रान्तिको आवश्यकता र अनिवार्यता प्रमाणित गरे । १८५७–५८ को पाण्डुलिपिमा बैज्ञानिक समाजवादको पनि समुचित विकास पाईन्छ ।
उक्त पान्डुलिपिहरुको सुरुमा “प्रस्तावना” राखिएकोछ जुन माक्र्सले १८५७ मा लेखेका थिए । माक्र्सले उक्त “प्रस्तावना”मा माक्र्सवादी राजनीतिक अर्थशास्त्रको विषयवस्तु र पद्दतिको तरिकाको साथै भोतिक उत्पादनलाई प्राथमिक स्थानमा राखेकाछन् । अमूतृवाट मूर्ततर्पm अघि बढ्ने बैज्ञानिक पद्दतिलाई पहिलोपटक राजनीतिक अर्थशास्त्रको क्षेत्रमा लागु गरियो ।
ङ) १८५७–५८ को आर्थिक पाण्डुलिपिहरु निकै मोटो थियो । त्यसलाई खण्ड, खण्ड गरेर छाप्नु पर्ने भयो । माक्र्स संक्षिप्त रुप दिएर छाप्दै जाने पक्षमा थिए । उनले १८५८मा प्रकाशनका लागि पहिलो भाग तयार गर्ने काम थाले । आफ्नो पन्ध्र बर्षको अनुसन्धानको परिणाम भएकोले त्यसको सारतत्वमा मात्र होइन, त्यसको लेखाईको रुपमा पनि ध्यान पु¥याइएको थियो । उक्त कृति “राजनीतिक अर्थशास्त्रको आलोचना योगदान” पहिलो भाग नामबाट १८५९ मा प्रकाशित भयो । यो पुस्तकमा माल र मुद्रासित सम्वधित अध्यायहरु मात्र समावेश गरियो । अर्को भाग पुस्तकमा “पुँजी सम्वन्धी अध्याय” लाई समावेश गर्ने योजना थियो ।
माक्र्सः राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान –
– माक्र्सको विख्यात कृतिहरुमध्य एउटा हो यो कृति । त्यसको भूमिकामा ऐतिहासिक भौतिकवादको आधारभूत प्रस्थापना प्रस्तुत गरिएको छ । माक्र्सको यो विचार उनको आर्थिक अनुसन्धानका लागि पनि पथप्रदर्शक सिद्धान्त बनेको थियो ।
-“सामाजिक उत्पादनमा ‘ मानिसहरुका बीच त्यस्ता निश्चित सम्बन्धहरु कायम हुन्छन् , जुन अपरिहार्य र उनीहरुको इच्छाबाट स्वतंत्र छन् । उक्त उत्पादन सम्बन्धहरुको कुलजोड नै समाजको आर्थिक ढाँचा बन्छ । सो ढाँचा यस्तो वास्तविक आधार हो, जसमाथि कानूनी तथा राजनैतिक अधिरचना उभिएको हुन्छ । र जसको अनुरुप सामाजिक चेतनाका निश्चित रुपहरु रहन्छन् । भौतिक जीवनको उत्पादन तरिकाले सामान्यतः सामाजिक तथा बौद्धिक जीवन–प्रकृयाहरुलाई निर्धारित गर्दछ । मानिसहरुको चेतनाले उनीहरुको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरुको सामाजिक सत्ताले मानिसहरुको चेतनालाई निर्धारित गर्दछ । आफ्नो विकासको कुनै खास चरणमा, समाजका भौतिक उत्पादक शक्तिहरु, जुन विद्यमान उत्पादन सम्बन्धहरुभित्र आफु क््िरmयाशील रहेका हुन्छन् , तीसित–अर्थात त्यसको कानुनी अभिव्यक्तिको रुपमा भन्ने हो भने – सम्पति सम्बन्धहरुसित बाझिन जान्छन् । उक्त सम्बन्धहरु उत्पादक शक्तिहरुको विकासको अनुरुप बन्न छाडेर तिनीहरुको निम्ति बन्धन बन्दछन् । अनि सामाजिक क्रान्तिको युग सुरु हुन्छ । आर्थिक आधारमा परिवर्तन भएपछि सम्पूर्ण विशाल अधिरचना धेरथोर छिटोसित फेरिन्छ ।”
– माक्र्सले उक्त भुमिकामा अर्को पनि सिद्धान्त प्रतिपादन गरेका छन् , “कुनैपनि सामाजिक व्यवस्थाभित्र हुन सक्ने सबै उत्पादक शक्तिहरुको विकास हुनभन्दा पहिला सो व्यवस्था कहिल्यै नष्ट हुदैन र पुरानो समाजको गर्भभित्र आफ्नो अस्तित्वका भौतिक अवस्थाहरु परिपक्क हुनु भन्दा अघि नयाँ उच्च उत्पादन सम्बन्धहरु कहिलेपनि देखापर्दैनन् ।”
– माक्र्सले पुँजीवादी सामाजिक आर्थिक ढाँचाको बारेमा लेखेका छन् , “पुँजीवादी उत्पादन सम्बन्धहरु उत्पादनको सामाजिक प्रकृयाको अन्तिम बैरभावपूर्ण रुप हुन् – बैरभावपूर्ण बैयक्तिक बैरभाबको अर्थमा होइन, बरु समाजमा ब्यक्तिहरुको जीवन अबस्थाहरुबाट उत्पन्न बैरभाबको अर्थमा हो । त्यसका साथै पुँजीवादी समाजको गर्भ भित्र विकसित भैरहेका उत्पादक शक्तिहरुले उक्त बैरभाबको समाधानका लागि भौतिक अबस्थाहरु सृजना गर्दछन् । त्यसैले यो सामाजिक ढाँचा मानव समाजको प्राग–ऐतिहासिक चरणको अन्तिम अध्याय रहेको छ ।”
माक्र्सले निकालेका उक्त निष्कर्षहरु साँच्चिकै क्रान्तिको वीजगणितको रुपमा अंकित छ ।
हामीले माथिनै भनिसकेका छौं कि, “राजनीनिक अर्थशास्त्रको आलोचनामा योगदान” राजनीतिक अर्थशास्त्र सम्बन्धी विशाल ग्रन्थको पहिलो भाग थियो । यसमा बस्तु सम्बन्धी अध्याय र मूद्रा सम्बन्धी अध्याय समावेश गरिएको छ । “पुँजीवारे” उपशिर्षक राखिएको छ ता पनि त्यसवारे चर्चा छैन । माक्र्सको सुरुको योजना अनुसार “पुँजीवारेको अध्ययन” आलोचनाको दोस्रो भागमा राख्न बनेको थियो र त्यसैमा अतिरिक्त मूल्यको सिद्धान्तको व्याख्या समेत प्रस्तुत गरिने थियो । तर पछि माक्र्सले उक्त योजनामा फेरबदल गरे र पुँजीको सम्बन्धमा एउटा छुट्ठै कृतिको रुपमा लेख्ने योजना बनाए । त्यसैको नतिजा थियो “पुँजी” को प्रथम भाग जो १८६७ मा प्रकाशित भएको थियो ।
ग) पुँजी–एक युगान्तकारी कृति
माक्र्सवादी आर्थिक सिद्धान्तको विशद व्याख्या र पूर्ण अभिव्यक्ति पाएको माक्र्सको कृति हो “पुँजी” । माक्र्सले यो “कृति” १८६१ देखि लेख्न आरम्भ गरेका हुन् ता पनि १८४३ मा उनले राजनीतिक अर्थशाीस्त्रको अध्ययन सुरु गरेदेखि नै जीवनको अन्तिम क्षणसम्म यो वृहद कृतिको रचनामा लागि परे । यसरी ४० वर्षको अनवरत अनुसन्धान र समर्पित परिश्रमको फल थियो “पुँजी” । उनको महान कृति “पुँजी” निम्नानुसार प्रकाशित भयो ः
– पुँजी खण्ड–एक : पुँजीको उत्पादन प्रकृया–१८६७,
– पुँजी खण्ड–दुई : पुँजीको परिचालनको प्रकृया ९फ्रेडरिक एंगेल्सद्वारा सम्पादित –१८८५०,
– पुँजी खण्ड–तीन : समग्ररुपमा पुँजीवादी उत्पादन प्रकृया ९फ्रेडेरिक एंगेल्सद्वारा सम्पादित ः १८९४०,
– पुँजी खण्ड–चार : बेशी मुल्यको सिद्धान्त (काउत्स्कीद्वारा सम्पादित : १९०५–१०) (अतिरिक्त मूल्यको सिद्धान्त पनि तीन भागमा लेखिएको छ )
– भाग–एक : प्रकृतितंत्रीहरु र एउटा स्थिमाथि लेखिएको ।
– भाग–दुई : डेभिड रिकार्डोमाथि लेखिएको ।
– भाग–तीन : शास्त्रीय र सतही अर्थशास्त्रीका वीच विभेदको ब्याख्या गरिएको ।
“पुँजी”मा प्रस्तुत माक्र्सको आर्थिक शिक्षा राजनीतिक अर्थशास्त्रमा पूर्ण कायापलट थियो, एक वास्तविक क्रान्ति थियो । पुँजीवादी व्यवस्थालाई नित्य र अपरिवर्तनीय ठान्ने बुर्जुवा अर्थशास्त्रीहरुका विपरित माक्र्सले पुँजीवादी समाजको परिचालनको आर्थिक नियम पत्ता लगाए, यस समाजको उत्पत्ति, विकास र पतको प्रकृयाको अनुसन्धान गरे र यस सन्दर्भमा लेनिनले लेखेका छन् , “पुँजीवादी समाज अनिवार्यत: समाजवादी समाजमा विकसित हुनेछ भन्ने निष्कर्ष माक्र्सले पूर्णतः र विशेषतः आधुनिक समाजको संचालनको आर्थिक नियमबाट नै निकालेका थिए ।” “पुँजी” माक्र्सको ४० बर्षको कष्टसाध्य अध्ययन र अनुसन्धानको फल थियो ।
“पुँजी” आर्थिक मात्र नभएर दार्शनिक कृतिपनि हो । माक्र्सले आफूले प्रयोग गरेको द्वन्द्ववादी पद्दतीवारे यसरी लेखेका छन् , “मेरो द्वन्द्ववादी पद्दती हेगेलको पद्दतिबात फरक मात्र नभएर त्यसको ठिक उल्टो छ । ‘ हेगेलको द्वन्द्ववाद टाउकोमा उभिएको छ । यदी तपाई त्यसको रहस्यमय आवरणभित्र लुकेको युक्तिपूर्ण सारतल देखाउन चाहानुहुन्छ भने त्यसलाई त्यसको खुट्ठामा उभ्याउनु पर्नेछ । (पुँजीको दोस्रो जर्मन संस्करणको भूमिकाबाट) ।”
“पुँजीमा माक्र्सको भौतिकवादी द्वन्द्वात्मकताको सवभन्दा गहन र सर्वाङ्गिण रुपमा पुष्टि तथा विकास भएको छ । माक्र्सले तर्कशास्त्र (छुट्ठै किताव) छोडेका छैनन् तापनि उनले “पुँजी” को तर्क छोडेका छन् । पुँजीमा एउटै विज्ञान अन्तर्गत भौतिकवादको तर्कशास्त्र, द्वन्द्ववाद र ज्ञान सिद्धान्तको उपयोग परिएको छ” (लेनिन) ।
“पुँजी” माक्र्सवादको तेस्रो सङघटक अंग–वैज्ञानिक साम्यवादको सबैभन्दा गहन र व्यापक आर्थिक अध्ययन हो । पुँजीवादी शोषण ब्यवस्थाको रहस्य खोल्ने अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्गको विश्व ऐतिहसिक भूमिकाको, समाजवादी क््रmान्ति र सर्वहारा अधिनायकवादको अनिवार्यताको अति महत्वपूर्ण बैज्ञानिक प्रमाण थियो ।
यस प्रकार “पुँजी” मा माक्र्सवादका आपसमा जेलिएका तिनै संङघटक अङ्गहरुको गहन वैज्ञानिक पुष्टि तथा विकास भएको पाईन्छ । “पुँजी” जस्तो अमर कृति प्रकाशित भएपछि माक्र्सको महान सुसंगत र अखण्ड शिक्षाले वास्तवमा नै आद्धर्व वैज्ञानिक आधार प्राप्त ग¥यो, समाजवादलाई कल्पनावादबाट विज्ञानमा परिणत गर्ने प्रक्रिया अन्तिम रुपमा पुरा भयो । (स्तेपानोमा, १९८२ः२५५)







