
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हरेक वर्ष मंसिर ८ को दिनलाई विशेष पार्टी स्थापना दिवसको रुपमा मनाउने गर्दछ ।
०७१ मंसिर ८ गते तत्कालीन मोहन वैद्य र रामबहादुर थापा बादलले नेतृत्व गरेको पाटीसँग सम्वन्ध विच्छेद गरेर नेत्र विक्रम चन्द विप्लवले क्रान्तिकारी पार्टी स्थापना गरेका थिए ।
वैद्यसँग अलग भएर कमरेड विप्लवले नयाँ पार्टी स्थापना गरेपछि आज आउँदा ७ वर्षमा प्रवेश गरेको छ । ७ वर्षमा विप्लव नेकपाले वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षको हिसाबले आफुलाई नयाँ दिशा दिने काम गरेको छ ।
वैचारिक रुपले एकीकृत जनक्रान्तिको आलोकमा समाजवादी क्रान्ति सम्पन्न गरेर जानका लागि नयाँ नयाँ ढंगले पार्टीलाई सुदृढ गर्नु र संघर्षको हिसाबले पार्टीलाई नयाँ उचाइँमा लैजानु पार्टीको सफलताभित्रको कडी हो ।
त्यतिमात्र होइन आजको मक्किसकेको र असफलसिद्ध भइसकेको बुर्जुवा संसदीय व्यवस्थाका विरुद्ध नयाँ विकल्प प्रस्तुत गरेर पार्र्टीलाई यो उचाईसम्म ल्याउनु पनि पार्टीको अर्को सफलता हो ।
किनकि प्रचण्ड-बाबुराम मण्डली संसदवादमा डुबेर निस्कन नसकिरहेको बेला आफुलाई क्रान्तिकारी भनिने समुहहरु पनि संसदीय व्यवस्थाभित्रको चुनावमा सहभागी भएर केही गर्न सकिन्छ भन्दैं सहभागी भइरहेको बेला विप्लव नेकपाले क्रान्तिकारी सत्ताको विकल्प एक्लैले दिनु उसको ठूलो सफलता हो ।
आज धेरैं कम्युनिस्ट घटकहरु ध्रुवीकरणतिर आउन सक्नु विप्लव नेकपाको देन हो भन्ने कुरालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन । किनकि विप्लव नेकपाले शुरुदेखि एक्लैले पूरोनो सत्ता र व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको थियो ।

जहाँसम्म कसै कसैले विप्लव नेकपाले कस्तो क्रान्ति गर्न खोजेको हो भन्दैं आशंका र अन्योलको आँखाले हेर्ने गरिरहेका छन्, उनीहरुका लागि कि त पूरानो खालको जनयुद्ध खोजेको होलान् या रुसी मोडलको सशस्त्र विद्रोहको बाटो हुन्छ भन्ने ठानेका होलान् ।
तर एकीकृत जनक्रान्ति नेपाली विशेषतामा मौलिक क्रान्ति हो भन्ने कुरा नबुझेकाहरुलाई विप्लव नेकपाको क्रान्ति हात्ताीलाई अन्धाहरुले सुम्सुमाएर पत्ता लगाउन नसकेजस्तैं हो ।
किनकि क्रान्ति भनेको आयातित र सूत्र घोकेको भरमा हुँदैन । त्यो त विद्यमान परिस्थिति र आन्तरिक शक्तिको जोडमा हुने कुरा हो । रुसको अक्टोबर क्रान्ति र चीनको जनवादी क्रान्ति विश्व कम्युनिस्ट आन्दोलनमा निकैं मौलिकता र भिन्न मोडमा गरिएका क्रान्ति थिए ।
७ वर्षमा नभएको क्रान्ति कहिले हुन्छ क्रान्ति भन्दैं धेरैं अबुझहरुले विप्लवले पनि क्रान्ति गर्न सकेन भन्दैं धारे हात लगाउनेहरु पनि होलान् भित्र र बाहिर । तर यो प्रश्नको उत्तर कमरेड विप्लवले धेरैंपटक दिइसकेको विषय हो ।
कमरेड विप्लवको भनाईलाई सापटी लिएर भन्दा क्रान्ति भइरहेको छ र निकैं नयाँ शिराबाट भइरहेको छ । रुसी मोडेलको आँखा र चिनियाँ मोडलको आँखाबाट हेर्नेहरुलाई क्रान्ति नभइरहेको पनि लाग्न सक्छ । त्यो उनीहरुको दृष्टिदोष मात्र हो ।
क्रान्तिको मात्रा र घनत्वलाई नबुझेर सग्लो रुप मात्र बुझ्नेहरुलाई एकीकृत जनक्रान्ति अनौठो लाग्न सक्ला, तर जसले नयाँ विचारको सार बुझेर त्यसको नयाँ पदचापलाई ग्रहण गर्न सक्छ, त्यसले मात्र विप्लव नेकपा र उसको क्रान्तिलाई बुझ्न सक्छ ।
नत्र शिघ्र क्रान्ति र विजयको उन्मादमा डुबुल्की मार्नेहरुको बाटो भनेको अन्तत: दक्षिणपन्थी भास नै हो । चर्को क्रान्तिको कुरा गर्ने तर आफ्नो नीजि लाभ र स्वार्थ पूरा नभए सिंगो पार्टी र नेतृत्वलाई धारे हात लगाउनेहरुको चर्तिकला धेरैपटक देखियो ।
क्रान्ति भोजभतेर होइन यो त असाध्यैं कठिन बाटो हो भनेर माओले २८ वर्ष लामो गृहयुद्ध भोगेर क्रान्ति सम्पन्न गरेका थिए । लेनिनले सन् १९०५ को असफल क्रान्तिलगायत कयौं असफलता नभोगेको भए रुस अक्टोबर क्रान्ति पनि हुन सक्दैनथ्यो होला ।
लेनिन र माओपछि नेपालको सन्दर्भमा कमरेड विप्लवले क्रान्तिको नयाँ बाटो देखाएका छन् । नयाँ बाटो हिड्न र त्यसमा बानी पनि कयौंलाई धेरैं समय लाग्न सक्छ । किनकि हिडिरहेको बाटो त सबैलाई सहज नैं हुन्छ । नयाँ र कठिन बाटो बनाउन र हिड्ने कुरा अनि गन्तव्यमा पुग्ने कुरा निकैं भिन्न कुरा हो ।
एकीकृत जनक्रान्ति विप्लव नेकपाले कोरेको नयाँ क्रान्तिको मार्गचित्र हो । यो मार्गचित्रलाई पछयाउनेहरु आज ठूलो संख्यामा छन् । हजारौं नेता-कार्यकर्ता गिरफ्तार हुँदा पनि थोरैं पनि विचलन पैदा नभएर निरन्तर आफ्नो लक्ष्यमा हिडिरहनु विप्लव नेकपाको सफलताको द्योतक हो ।
बाँकी यात्रा र विजयको बाटो त छदै छ नि ।







