१६ माघ २०८२, शुक्रवार

काठमाडौं । माघको चिसो जस्तै नेपाली चलचित्रको बजार पनि यति बेला निकै चिसो छ । माघे सक्रान्तिमा एकसाथ रिलिज भएका तीन वटै चलचित्र व्यावसायिक रूपमा असफल भए । ९ माघमा रिलिज भएको नेपाली चलचित्र ‘परिवर्तन’को पनि मध्यम व्यापार छ ।

यसै बिच आज शुक्रवारबाट फेरी एकसाथ दुई नेपाली चलचित्र रिलिजमा भएका छन् । आजै सस्पेन्स थ्रिलर हलिउड चलचित्र ‘प्राइमेट’सँगै क्राइम थ्रिरल जनराको नेपाली चलचित्र ‘द ब्लु लाईट’ र पारिवारिक जनराका नेपाली चलचित्र ‘आ बाट आमा’ नेपालका चलचित्र घरमा एकसाथ रिलिज भएको हो ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्र ‘आ बाट आमा’ मुलुक भरका १३० भन्दा बढी चलचित्र घरबाट रिलिज भएको य सका निर्देशक चन्द्र पन्तले बिहीबार राजधानीलाई बताए । यसले करिब १८० सो पाएको छ । चलचित्रको अग्रिम बुकिङ राम्रो भएकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास उनको छ । यो चलचित्रको कथा तथा पटकथा पनि उनैले तयार गरेका हुन् ।

यो चलचित्रमा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय रहेको छ । कोशिस क्षेत्री र थानेश्वर गौतमको संगीत रहेको यो चलचित्रमा नवराज उप्रेतीको छायांकन, गम्भीर विष्ट र दिलीप ओखेडाको कोरियोग्राफी, अभिमन्यु निरवीको संवाद रहेको छ । चलचित्रलाई कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले निर्माण गरेका हुन् ।

शुक्रवारबाटै रिलिज भएको अर्को चलचित्र ‘द ब्लु लाइट’ले ‘आ बाट आमा’को तुलनामा केही कम हल पाएको छ । यो चलचित्रले मुलुकका चलचित्र घरमा करिब १३० वटा सोहरू पाएको छ । यो चलचित्रको रिलिज अघि बिहीबार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो । प्रिमियरमा यसले मिश्रित प्रतिक्रिया पाएको थियो ।

‘द ब्लु लाइट’की कार्यकारी निर्माता एवम् अभिनेत्री बेनिशा हमालले चलचित्र’bout राजधानीसँग भनिन्,‘यो सस्पेन्स थ्रिलर, क्राइम जनरामा निर्माण भएको चलचित्र हो । यसको कथा केही फरक र रोचक भएकाले म यो चलचित्रमा कार्यकारी निर्माताको रूपमा आबद्ध भएको हुँ ।’

यो चलचित्रमा बेनिशासँगै अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानीलगायतका कलाकारहरूको मुख्य भूमिका छ । चलचित्रलाई निर्दे निर्देशक बलिराम चौहानले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार