सोमबार, माघ १९, २०८२

ठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको ३ सयले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार