काठमाडौं । नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आज मंगलबार नेप्से १०.२५ अङ्कले घटेर २६६२.१४ विन्दुमा ओर्लिएको छ ।

आज ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अरुण भ्याली हाइड्रोको ४५ करोड २८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार