छायाकंनरत चलचित्र ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’ मा अनुबन्ध गरेको हो ।

नयाँ पुस्ताको लभ स्टोरीमा आधारित ‘फ्रेन्च किस’ मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने दाबी गरेका छन् ।

‘रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ। आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ ।’ बस्नेतले सुनाए।

‘फ्रेन्च किस’ मार्फत रेखा फरक ढंगले प्रस्तुत हुने बस्नेतको दाबी छ। कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताएका छन् ।

यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ। ए.टी.एफ.प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गर्दैछन् ।

चलचित्रमा अर्पण स्वयं, ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो र गौरी मल्ल मुख्य भूमिकामा छन् । सौगात बस्नेत कार्यकारी निर्माता र सुभाष बी. शाही सह-निर्माता रहेको यो चलचित्र सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टीमको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार