रूपन्देही । नवलपरासी क्षेत्र नम्बर १ का ६ जना नेपाली कांग्रेसका प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ स्थित जिल्ला सदस्य ध्रुबराज जमरकट्टेल, बर्दघाट नगर सभापति दामोदर जिसी, प्रदेश सभा क्षेत्र नम्बर १ क का सचिव भवानी शङ्कर भट्टराई र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाही, बर्दघाट नगर सहसचिव हरिप्रसाद अधिकारी र नेपाली कांग्रेस क्षेत्र १ क का क्षेत्रीय कार्यसमिति सदस्य सुधिर पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

६ जनाले छुटाछुटै विज्ञप्तिमार्फत कांग्रेस पार्टीको हालसम्मको जिम्मेवारीमा नरहने घोषणा गरेका छन् । स्थानीयको कार्यकर्ताको माग पार्टीले सम्बोधन नगरेको गुनासो उनीहरूको छ । नेतृत्वले कार्यकर्ताको भावनाविपरीत काम गरेका कारण पार्टीमा रहन नसकिएका कारण काङ्ग्रेस परित्याग गरेको दामोदर जिसीले बताए ।

क्षेत्र नम्बर १ का सचिव शाहीले पनि यस्तै आरोप लगाएका छन् ।

राजीनामा दिएका ६ जनाले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाललाई सहयोग गर्ने बताइएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेस छोडेर रास्वपाका उम्मेदवार बनेपछि उनी निकटस्थहरूले पार्टी छोडने क्रम बढेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार