मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रमा भएको हिमापात । मुस्ताङको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङको सबै स्थानमा भारी हिमपात भएको छ । हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थीहरुलाई असहज भएको छ । तस्बिर: सुशीलबाबु थकाली / रासस

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा आज हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि बिहानैदेखि तराइका केही ठाउँमा तुवाँलो लागेको छ । आज दिउँसोसम्म नै तराइका केही ठाउँमा हुस्सु र कुहिरो कायमै रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली भई बाँकी भागमा सफा रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार