नेकपा बहुमतका धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिनाविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा चल्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार नै बास्तोला र तिमिल्सिनालाई पक्राउ गरेको हो ।

निर्वाचन आगोगले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न व्यक्ति, संस्था र समूहलाई नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरेको छ । प्रहरीस्रोतका अनुसार सार्वजनिक शान्तिविरुद्धको गतिविधिमा संलग्न कसुरमा म्याद थपेर कारबाही गर्ने तयारी छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार