
बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सङ्घीय सांसद रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भोट नभई चरित्र जाँच्न सुझाव दिएका छन्।
नेकपाका संयोजक दाहालले घण्टीमा मतदान गर्ने केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई कारबाही गर्ने चेतावनी दिएपछि अन्सारीले गोप्य मतदान लोकतन्त्रको आत्मा भएकोले यसमा शङ्का नभई सम्मान गर्नुपर्ने बताए।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘साँच्चै सुधार गर्न चाहनुहुन्छ भने आम्दानी बिना विलासी जीवन बाच्ने नेताहरू, व्यवसायीलाई धम्की दिएर चन्दा असुल्ने सङ्गठित सदस्यहरूलाई कारबाही गर्नुस् । फाइल ठेक्का लिएर सिंहदरबार धाउने दलालहरू, सरकारी कर्मचारीसँग तेलको कुपन माग्ने मगन्तेहरू, कमिसनमा योजना बेच्ने आफ्ना प्रतिनिधिहरूलाई कडा कारबाही गर्नुस् ।’







