राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह को प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि आगामी चैत १३ गतेको मिति तय गरिएको छ। सोही दिन हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी परेकोले यस संयोगले राजनीतिक तथा सामाजिक वृत्तमा विशेष चासो पैदा गरेको छ।
शपथ ग्रहण जस्तो महत्वपूर्ण राजनीतिक कार्यक्रम र धार्मिक पर्व एकै दिन परेकाले यसलाई धेरैले अर्थपूर्ण संयोगको रूपमा व्याख्या गर्न थालेका छन्। समर्थकहरूले यसलाई शुभ संकेतका रूपमा लिएका छन् भने कतिपयले यसलाई सांकेतिक रूपमा पनि हेरेका छन्।
यसैबीच पूर्व सचिव भीम उपाध्याय ले सामाजिक सञ्जालमार्फत एक टिप्पणी गर्दै उक्त संयोगलाई विशेष अर्थ दिएका छन्। उनले लेखेका छन्, “तत्कालीन सर्वशक्तिमान् लंकाका राजा रावणको वध गर्ने रामको जन्म भएको दिन, बालेनले प्रधानमन्त्रीको शपथ लिँदै।”
उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया ल्याएको छ। केहीले यसलाई व्यङ्ग्यात्मक र प्रतीकात्मक टिप्पणीको रूपमा बुझेका छन् भने अरूले यसलाई अनावश्यक तुलना भन्दै आलोचना गरेका छन्।
राजनीतिक रूपमा संवेदनशील मानिएको यो टिप्पणीसँगै शपथ ग्रहण समारोह अझै चर्चाको केन्द्रमा पुगेको छ। अब चैत १३ गते हुने कार्यक्रम केवल औपचारिकता मात्र नभई सांस्कृतिक र राजनीतिक सन्दर्भले समेत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार