काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले उपसभामुखमा आफ्नो दाबी रहने बताएको छ ।

आइतबार संसद भवन सिंहदबारमा नेता वर्षमान पुनले पार्टीले उपसभामुखमा दाबी गर्ने बताएका हुन् ।

”उपसभामुखमा हाम्रो स्वभाविक दाबी रहन्छ । यस विषयमा राजनीतिक दलसँग परामर्श जारी छ,” उनले भने।

यसका लागि अन्य दलहरूसँग परामर्श जारी रहेको पुनले बताए । हाल जनअपेक्षाअनुसार स्थायी सरकार प्राप्त भएको भन्दै अवसरको सदुपयोग गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

नवनिर्वाचित सभामुख परिपक्व रहेको भन्दै सदनको कार्यसञ्चालन राम्रोसँग अघि बढ्ने विश्वास रहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार