
रास्वपा सांसद जगदीश खरेलले पार्टी सभापति रवि लामिछानेले देशको राजनीतिको परिभाषा परिवर्तन गरिदिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेको प्रशंसा गरे।
उनले भने, ‘यो देशमा रवि लामिछाने जन्मिएको छ, जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ। अब पोलिटिकल डिस्कोर्स त्यही बाटोमा अगाडि बढ्दै छ।’
उनले ललितपुर मन्दिरै मन्दिरको सहर भएकाले संवर्द्धन गर्नुपर्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने महालक्ष्मी नगरपालिकामा पानीको हाहाकार भएको विषय पनि उठाए।







