CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 

अघिल्लो दिन ८३ अंकमाथिले बढेको शेयरबजार परिसूचक नेप्सेमा आज थप ४५ अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४५.१२ अंकले बढ्दै २ हजार ८०२.५२ अंकमा उक्लिएको हो ।

तथापि, आज कारोबार भने केही घटेको छ । ४५ अंकले सूचक बढेको यस दिन ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक बन्दै बजारमा हरियाली छाएको छ । २५१ कम्पनीको शेयर मूल्य बढ्दा आज १५ कम्पनीको मात्र घटेको छ । आज रिलायन्स कम्पनीसहित चारवटाको मूल्यमा सर्किट लागेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार