बालेनको भारत भ्रमणलाई चीनले ‘बफर स्टेट’बाट ‘ब्रिज स्टेट’ बन्ने नेपालको रणनीतिका रूपमा व्याख्या गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने *ग्लोबल टाइम्स*मा प्रकाशित विश्लेषणमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई चीनविरोधी कदम नभई नेपाललाई भारत र चीन जोड्ने ‘सेतु राज्य’ बनाउने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

फुदान विश्वविद्यालयका दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङले लेखेको विश्लेषणमा शाह सरकारले परराष्ट्र नीतिलाई दलगत राजनीति र वैचारिक प्रभावबाट मुक्त गर्दै आर्थिक विकास तथा व्यावहारिक सहकार्यमा केन्द्रित गर्न खोजेको उल्लेख छ।

उनले भारत र चीनसँग सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै देशसँग सहकार्य गरी नेपालको भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजिएको बताएका छन्। तर यो रणनीति सफल हुन आन्तरिक राजनीतिक स्थिरता र कूटनीतिक सहकार्यबाट ठोस उपलब्धि हासिल गर्नुपर्ने उनको निष्कर्ष छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विकास सहायता, हवाई रुट, बन्दरगाह पहुँच, ऊर्जा, रेल सेवा र पूर्वाधारलगायतका क्षेत्रमा सहमति तथा समझदारी भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार