मोहन वैद्य किरणसँग अलग भएर कमरेड विप्लवको नेतृत्वमा पार्टी निर्माण भएको यही मंसिर ८ मा दुई वर्ष पूरा भएको छ ।

यो दुई वर्षको पार्टी निर्माणका बारेमा विभिन्न टिका टिप्पणी आइरहेका छन् । केही मान्छेहरुले यो दुई वर्षमा पार्टी खाली सडकदेखि सडकमा मात्र सीमित भएको, पार्टी निर्माणको औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिकारी आवेग र उत्तेजनामा केन्द्रीत भएकोजस्ता टिप्पणी पनि गरिरहेका छन् ।

तर के पार्टी यसैमा मात्र सीमित भएको हो त ? यसबारे छोटो टिप्पणी गरौं ।

pp11

समयसीमाको हिसाबले दुई वर्ष धेरै पनि हो र अर्को कोणबाट हेर्दा थोरै पनि हो । माक्र्सवादी द्धन्द्धवादले त्यही भन्छ ।

वास्तवमा पार्टी निर्माणका दुई वर्ष क्रान्तिकारी संघर्ष र उथलपुथलका हिसाबले निकै ऐतिहासिक र उपलव्धिमूलक वर्षको रुपमा रहेको छ ।

विचार, संगठन र संघर्षका क्षेत्रमा पार्टीले महासचिव विप्लवको नेतृत्वमा ठूलो उपलव्धि हासिल गरेको छ । पहिलो कुरा त विचारको प्रश्न सर्वाधिक महत्वपूर्ण प्रश्न हो । विचारको प्रश्नमा प्रचण्ड–बाबुरामको अकल्पनीय विचलन र गद्धारी अनि मोहन वैद्य किरणको अन्योल र अस्पष्ट वैचारिक भुमरीको बीचबाट एकीकृत जनक्रान्तिको नयाँ विचार प्रक्षेपण गर्नु पार्टी निर्माणको दुई वर्षको सबैभन्दा महत्वपूर्ण उपलव्धि हो ।

विचारको प्रश्नको कुरा गर्दा २१ औं शताव्दीको यो युगमा तीव्र ढंगले सूचना र प्रविधिमा आएको परिवर्तन, खासगरी लेनिन र माओपछि १२० र ९० वर्षको बीचमा आएको अर्थ राजनीतिमा आएको परिवर्तनले आजको विश्वमा सर्वहारावर्गसँग नयाँ र विकसित विचारको प्रश्न सर्वाधिक महत्वपूर्ण बनेर उपस्थित भएको छ । यो प्रश्नलाई कमरेड विप्लवको नेतृत्वमा प्रक्षेपित एकीकृत जनक्रान्तिको विचारको विकासबाट धेरै हदसम्म जबाफ दिने काम भएको छ ।

दोस्रो, संगठन निर्माणको अर्को महत्पूर्ण प्रश्न भनेको कमरेड विप्लवको नेतृत्वमा अनुशासित र जझारु क्रान्तिकारी पार्टी निर्माण गर्नु हो । यो पनि निकै महत्वपूर्ण उपलव्धि हो । लेनिनले भनेको मास वेस्ड क्याडर पार्टी र स्टालिनले भनेको अनुशासित र स्पातिलो पार्टी निर्माण गर्न सक्नु यो दुई वर्षमा दोस्रो महत्वपूर्ण उपलव्धिको हो ।

माक्र्सदेखि लेनिन र माओले सर्वहारा क्रान्तिका लागि सबैभन्दा बलियो हतियार संगठन भनेका थिए । त्यो भनेको कस्तो पार्टी र संगठनले प्रतिक्रियावाद र पुँजीवादलाई हराउन सकिन्छ भन्नेमा लेनिन र माओको अझ थप जोड थियो । लेनिन र माओलाई मुख्य आधार मानेर यो दुई वर्षमा पार्टीले संगठन (पार्टी) आजको विश्व र नेपालमा क्रान्ति गर्ने मात्र होइन कि प्रतिक्रान्ति रोक्न सक्ने पाटी निर्माणमा जोड दिएको छ ।

ppp22

लिपुलेक आन्दोलनका क्रममा महासचिव विप्लव जनतालाई संवोधन गर्दै

पार्टी प्रचण्डहरुको जस्तो हुलहुज्जत र भीडहरुको जमात होइन । न त वैद्यहरुको जस्तो कोठामा बसेर माक्र्सवादी ठेलीहरु अध्ययन गर्ने र वैचारिक विमर्श चलाउने मात्र हुन सक्छ । हाम्रो पार्टीले यी दुई अतिबाट बचेर लेनिन र माओले भनेजस्तै अनुशासित र जुझारु पार्टीजस्तो त भनेकै छ, त्यसमा मुख्यगरी आजको विश्व र नेपाली समाजको अर्थ–राजनीतिमा आएको परिवर्तन र मान्छेको मनोविज्ञानमा आएको परिवर्तनलाई नेतृत्व गर्न सक्ने संगठन निर्माणमा जोड दिएको छ । यो असाध्यै महत्वपूर्ण सवाल हो ।

तेस्रो, संघर्षको प्रश्न हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नमा नेकपा (माओवादी)ले यी दुई वर्षमा सशक्त पहरेदारको रुपमा नेतृत्वदायी भूमिका पूरा गरेको छ । लिपुलेक प्रकरणदेखि भारतीय विस्तारवादको नाकाबन्दीका विरुद्ध पार्टीले राष्ट्रियताको प्रश्नमा निकै ठूलो नेतृत्वदायी भूमिका खेलेको छ । त्योसँगै जनतन्त्र र जनजीविकाको प्रश्नलाई लिएर पनि पार्टीले नेतृत्वदायी भूमिका खेलेको छ । त्यसमध्ये यो दुई वर्षमा जनजीविकाकै प्रश्नमा महंगी, भ्रष्टचार र खाद्य सम्प्रभुताका पक्षमा पार्टीले आम सर्वसाधारणलाई आन्दोलनमा सहभागी गराउँदै गरेको संघर्ष कम चानचुने छैनन् ।

जहाँसम्म निर्णायक क्रान्ति र संघर्षको प्रश्न छ, त्यो कसैको मनोगत चाहना र इच्छाले हुँदैन । त्यो त सबै परिस्थितिको मेल खाएको हुनुपर्छ ।
रुसको अक्टोबर क्रान्ति (सन् १९१७), चीनको नयाँ जनवादी क्रान्ति (सन् १९४९) र क्युबाली क्रान्ति (सन् १९५९) ती सबै आफ्नो मौलिकता र भिन्न परिवेशमा भएका क्रान्ति थिए । त्यस बाहेक कोरियाली क्रान्ति (सन् १९४८) र भियतनामको क्रान्ति (सन् १९४५) ती सबै आफ्नै मौलिकतामा भएको क्रान्ति थिए ।

ppp33

जनतन्त्रका पक्षमा काठमाडौंमा उर्लिएका दशौं हजार जनता

कहिलेकाही परिस्थितिले घगडान नेता अनि विद्धानहरुको भविष्यवाणी र विश्लेषणलाई असान्दर्भिक बनाइदिएका छन् । माक्र्सले विकसित युरोपका पुँजीवादी मुलुकहरु बेलायत, हल्याण्ड, जर्मनीलगायत मुलुकमा छिटो सर्वहारा क्रान्ति हुने भविष्यवाणी गरेका थिए । तर परिस्थितिले माक्र्सको भविष्यवाणीलाई असान्दर्भिक बनाइदियो । उसो भए के माक्र्स बेठीक थिए त ? थिएनन् । किनकि कहिलेकाही बदलिएको परिस्थितिले कसैको भविष्यवाणी र विश्लेषणलाई असावित गरिदिन्छन् ।

यता रुसमा लेनिन र क्टोबर क्रान्तिको इतिहासको झ्न रोचक छ ।

लेनिनले रुसमा क्रान्तिको तयारी सन् १८९५ देखि गर्न थालेको हो । लेनिन कहिले मेन्सेविकहरुसँग एकता गरेर क्रान्तिको तयारी गर्छन्, कहिले अलग भएर । सन् १९०५ को असफल क्रान्तिपछि लेनिन र बोल्शेविकहरु संसदमा पनि प्रवेश गर्छन् तर पछि त्यसलाई भण्डाफोर गरेर बाहिर निस्कन्छन् । लेनिनले अक्टोबर क्रान्तिको योजनाबद्ध तयारी भने मेन्सेविकहरुसँग सन् १९१२ मा सम्वन्धविच्छेदपछि मात्र गरेका हुन् । त्यो सम्वन्धविच्छेद गरेर नयाँ र क्रान्तिकारी पार्टी नबनाएको भए क्रान्ति संभव हुने थिएन ।

ppp44

जनजीविकाको संघर्षमा आन्दोलनरत पार्टीका कार्यकर्ताहरु

लेनिनले सन् १९१२ देखि भित्र र बाहिर सबैतिर गरेको तयारीको फलस्वरुप अक्टोबर क्रान्ति संभव भएको हो । लेनिनजस्तो बहुप्रतिशाली र गतिशील नेतृत्वका कारण बोल्शेविकशरु विजयी बन्न सके । आज नेपालमा विप्लव कमरेडको नेतृत्वमा नेकपा (माओवादी) ले यो दुई वर्षमा बनाउन खोजेको पार्टी लेनिनको जस्तै हो ।

पार्टी निर्माणको दुई वर्षमा विचार, संगठन र संघर्षका क्षेत्रमा पार्टीले उल्लेखनीय उपलव्धि हासिल गरेको छ ।

जहाँसम्म यो दुई वर्षमा पार्टी निर्माणको समीक्षाको कुरा छ । अघि थोरै चर्चा गरेजस्तै धेरै काम भएका छन् र गर्नुपर्ने धेरै छन् । कसैको मनोगत चाहना र आवेगले क्रान्तिलाई निर्णापक विजयमा लान सकिदैन । आज हामीले गर्ने जित्ने क्रान्ति हो । जुन नेपालमा संभव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार