हेप्पी वर्थ डे अर्थात् पार्टी जन्म दिनको शुभकामना ! मंसीर ८ गते । हाम्रो पार्टीको जन्म दिन । जनयुद्धकालमा मान्दै आएको जनमुक्ति सेनाको स्थापना दिवस पनि ।

यसै दिन नेपालको इतिहासमा जनमुक्ति सेनाले पहिलो पटक दाङ घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेक कब्जा गरेको दिन । हाम्रो पार्टी नेकपा (माओवादी)को जन्म भएको आज ठीक एक वर्ष पुगेको छ । यस अवसरमा पार्टीलाई यो एक वर्ष पुगेको उपलक्ष्यमा ‘हेप्पी वर्थ डे’ भन्न मन लागेको छ । ‘हेप्पी वर्थ डे’ । यो आज भोली शहर बजारतिर चलन चल्तीको भाषामा खुशी र उमङ्गको सम्बोधन पनि हो ।

bss333

हाम्रो पार्टीले छद्म नवसंशोधनवाद तथा पुचछरवादी अकर्मण्यतावादले ग्रस्त भएको पार्टी ड्यास माओवादीबाट सम्बन्धविच्छेद गरेको ठीक एक वर्ष पुगेर दुई वर्षमा प्रवेश गरेको शुभअवसरमा ठीक यसैबेला भारतीय नाकाबन्दी हुँदै आएको सन्र्भमा नेपालको राष्ट्रियतामाथि पटक पटक भारतीय हस्तक्षेप हुँदै आएकोले यसको विरोधमा जनप्रतिरोधस्वरुप काठमाण्डौंको रत्नपार्कमा एउटा विरोध प्रदर्शन गर्ने र यसैको सिलसिलमा जनपरिषदको पनि घोषणा गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरेको थियो ।

आज काठमाण्डौंको रत्नपार्क शान्तिबाटिकामा एक बृहत जनप्रदर्शनकाबीच ‘केन्द्रीय जनपरिषद नेपाल’को घोषणा गरियो । करिब १० हजार देशभरिका नेता कार्यकर्ताहरुको भारतीय नाकाबन्दी र नेपालको राष्ट्रियतामाथि भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध गरिएको बृहत विरोध प्रदर्शन र विरोधसभामा भर्खरै चितवनको भरतपुर नगरपालिका ७ कृष्णपुरमा यहि मंसीर ५ र ६ गते बसेको परिषदको पहिलो जनप्रतिधि सभाबाट १५१ जनाको जनप्रतिनिधिसभा र यसको अध्यक्षमा पीबीएम क. उमा भुजेल र यो जनप्रतिनिधिसभाको पहिलो सभाबाट मेरो (सन्तोष बुढा मगरको) नेतृत्वमा २७ सदस्सीय केन्द्रीय जनपरिषद नेपालको गठन गरेको छ । यो सभामा परिषद र जनप्रतिििनधिसभाका साथै परिषदको १० बुँदे घोाषणा पत्र जारी गरिएको थियो ।

पार्टीले आज मंसीर ८ गते वैद्य नेतृत्वको ड्यास माओवादीबाट लिखित पत्र बुझाएर पार्टी अलग भएको ठीक एक वर्ष पुगेको छ । मंसीर ११ देखि १३ सम्म चितवन शुक्रनगर जब्कामा बसेको बैठकले क. विप्लवको संयोजकत्वमा ८९ सदसीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो र १५ गते काठ्माण्डौंमा पत्रकार सम्मेलन मार्फत पार्टीको नाम नेकपा माओवादी घोषणा ग¥यो । पार्टी पुनर्गठनको ठीक एक महिनापछि पौष ११ गते माओ दिवसको अवसरमा भर्खरै घोषित पार्टी नेकपा माओवादीले काठमाण्डौंमा दशौं हजारको मास प्रदर्शन ग¥यो ।

पौष मसान्तभित्र सबै जिल्लाहरुमा जिल्ला कमिटीहरु पुर्नगठन गरिए । मौसमको प्रतिकुलताका कारण रोल्पामा गर्ने भनिएको राष्ट्रिय सम्मेलन दाङ सारियो र निर्धारित समय अनुसार पौष २३ देखि २६ गतेसम्म दाङ तुलसीपुरमा सम्पन्न भयो । सम्मेलनले पार्टीलाई महासचिव प्रणालीमा लैजाने निर्णय ग¥यो र पार्टी महासचिवमा सर्वसम्मतिबाट क. विप्लवलाई चयन ग¥यो । केन्द्रीय समिति पनि धेरै ठूलो नबनाउने र चुस्त संगठन बनाउने भन्ने भएअनुसार ६५ जनाको केन्द्रीय समिति बन्यो । राष्ट्रिय सम्मेलनले र त्यसमा ८ जना पछि पूर्ति गर्ने गरी ५७ जनाको केन्द्रीय समिति सदस्यको घोषणा ग¥यो । सम्मेलनले एक मतका साथ एकीकृत जनक्रान्तिको कार्यदिशा पास ग¥यो ।

bs666

सम्मेलनको लगत्तै बसेको केन्द्रीय समितिको बैठकले क. प्रकाण्ड र क. कञ्चन स्थायी कमिटी सदस्य र अन्य ९ जना पीबीएमहरुमा क. हिम्मत, क. असारे, क. पवन, क. बिषम, क. अनिल, क. विकास, क. शिलु, क. रणवीर, क. निर्माण रहेको पनि सम्मेलनमा घोषणा गरियो । केसले क. प्रकाण्डलाई प्रवक्ता र क. कञ्चनलाई अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज पनि घोषणा ग¥यो । यसरी ठीक डेड महिनामा नै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरी पार्टी संरचनालाई दुरुस्त बनाउँदै सिङ्गो देशलाई पूर्व, मध्य, पश्चिम, सुदुरपश्चिम (सेम–भेक) गरी ४ कमानमा र एक अन्तर्राष्ट्रिय गरी पाँच भौगोलिक कमान गरी कार्यविभाजन पनि गरियो र त्यस अनुसारको नेतृत्व र कार्यविभाजन गरी देशैभरी पार्टी पुर्नगठन गर्ने, तल गाबिस र नगरपालिकासम्म संगठन निर्माण, बिस्तार कार्यलाई अभियानात्मक रुपमा अगाडि बढाउने निर्णय भयो र सोही अनुसार अगाडि बढ्यो ।

एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार क्रान्तिको निम्ति सेना आवश्यक भएको र सशस्त्र क्रान्ति नै अवको क्रान्तिको चरित्र हुने मान्यता अनुसार सैन्य अवधारणाको बारेमा २०७१ माघ २१ र २२ मा काठमाण्डांैमा जिल्ला सेक्रेटरी र पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डरदेखि माथिका हैसियतमा रहेका कमरेडहरुसहितको केन्द्रीय समितिको विस्तारित बैठक बसी बिशेषतः सैन्य अवधारणाको बारेमा एउटा सैद्धान्तिक छलफल गरी एउटा सैन्य अवधारणा पास गरियो । त्यसको करिव दुई महिनापछि संगठनात्मक सिद्धान्तमा केही अप गर्नु पर्ने भएकोले जिल्ला सेक्रेटरी, जबस मोर्चाका अध्यक्षसहितको दोस्रो विस्तारित बैठक २०७१ चैत्र १५, १६ र १७ मा धरानमा बस्यो । यसले नेपालको कम्युनिस्ट पार्टीमा रहेका समस्याहरुलाई सच्याउने गरी संगठनको बारेमा गंभीर छलफल गरी केही महत्वपूर्ण निष्कर्ष निकालेको छ । यसले नेपाली क्रान्तिको चरित्र, भौगोलिक बिशेषता, सत्ताको चरित्र र अहिलेको आवश्यकता सबैलाई ध्यान दिदै संगठन निर्माण गर्ने तथा पार्टीलाई कम्युनिस्ट पार्टी बनाउने नयाँ निष्कर्ष र संश्लेषण गरेको छ ।

यस बीचमा बैशाख १२ गते महाभूकम्प आयो । भूकम्प प्रभावित क्षेत्र गोर्खा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, लम्जुङ, तनहँु लगायतका जिल्लाहरुमा जनताको बिचल्ली भयो । उद्धार र राहात सहयोगको नाममा भारतीय सेना र अमेरिकीहरु खुल्याम युनिफर्म र अत्याधुनिक युद्ध बिमान र हेलिकप्टरहरु लिएर नेपालका कुना कुना सम्म घुमे । कसैले विरोध गरेनन् । हाम्रै पार्टीले यी सबै गलत नियतको भण्डाफोर ग¥यो र तुरुन्त भूकम्प उद्धार र राहातका लागि पार्टीको एउटा ठूलो हिस्सालाई केन्द्रीत गरियो । करिब ३ महिना उद्धार, राहात र पुननिर्माणको अभियान चलाइयो १६ जिल्लामा । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन गए । चीन भ्रमणको क्रममा चीनसँग ४२ बुँदे सहमति गरे । त्यसमा ३८ औं बूँदामा ‘भारत र चीनले ब्यापारिक प्रयोजनका लागि नेपालको लिपुलेकको नाका खोल्न राजी छन्’ भनेर उल्लेख गरे तर नेपालका शासक, प्रशासकहरु चुइक्कसम्म बोलेनन् ।
हामीले त्यसको चर्को विरोध ग¥यौं । यसपछि केही बुद्धिजीविहरुले मुख फोर्न बाध्य भए । केही सीमाविदहरु र स्वतन्त्र बुद्धिजीविहरु पक्ष र विपक्षमा बोल्न सक्ने भए । तर बीचमा रहेर मध्यम भाषा प्रयोग गर्दै त्रिपक्षीय संझौता हुनुपर्ने भनी बोले ।

हाम्रो पार्टीले त्यसको पनि विरोध ग¥यो र लिपुलेक त्रिपक्षीय सीमामा नभएको र नेपालको भूभागभित्र पर्ने भएकोले चीन र नेपाल बीच हुनसक्ने तर भारतले लिपु लेकसम्म दाबा गर्नु सीमा अतिक्रमण भएको भनी यसको सर्वत्र, सार्बजनिक विरोध गर्दै काठमाण्डौं लगायत देशैभरी विरोध प्रदर्शनहरु भए । चिनियाँ दुतावास र नेपाल सरकारलाई विरोध पत्र र स्मरण पत्र समेत बुझायौं । भारतीय दूतावास अगाडि विरोध प्रदर्शन ग¥यौं । काठमाण्डौंमा आषाढ २५ गते केन्द्रीत रुपमा विरोध प्रदर्शनसहित विरोध सभा भयो । यसैको अर्को भब्य र स्तब्ध हुने गरी नेपालबन्दको कार्यक्रम हाम्रो पार्टीले अह्वान ग¥यो र नेपाली जनताको भब्य समर्थन सहित बन्द सफल रह्यो । यसैसँग पार्टीले जबस, मोर्चाहरुको राष्ट्रिय भेला, सम्मेलनहरुको रुटिनको सूची तय गरी दशैंभन्दा अगाडि मजदूर, विद्यार्थी, युवा, किसान, दलित, पत्रकार, वुद्धिजीवि, प्राध्यापक, गुरुङ, तामाङ, थारु, मुस्लिमलगायतका एक दर्जनभन्दा बढी जबस, मोर्चाहरुको राष्ट्रिय भेला तथा सम्मेलनहरु सम्पन्न भए । अन्य केही जबस मोर्चाहरु मगर, किरात लगायतकाहरुको दशैं तिहारपछि सम्पन्न गरिए । शिक्षक, सुकुम्वासी, कर्मचारी, लिम्बु लगायतका जबस, मोर्चाका भेला तथा समेलनहरु अन्तिमतिर सम्पन्न भए । यी संगठन सुदृढीकरण र बिस्तारका कामहरुमा पार्टी निरन्तर भैरहनुका साथै आन्तरिक पार्टी तथा युवा प्रक्षिणका कामहरु देशब्यापी रुपमा भैरहेका छन् ।

bsssdd7777

यसैको सिलसिलामा प्रतिक्रयावादीहरु संविधान निर्माणको कामलाई ‘फाष्ट ट्रयाक’बाट संविधान निर्माण गर्ने भनेर आए । उनीहरुले जनविरोधी, प्रतिक्रियावादी संसदीय संविधान असोज ३ गते घोषणा गर्ने निश्चित भए पछि हामी त्यसको विरोधमा असोज २ गते फेरि तेस्रो पटक काठमाण्डौंको रत्नपार्क शान्तिबाटिकामा दशौं हजार जनताको उपस्थितिमा विरोध प्रदर्शन र विरोधसभा ग¥यौं र त्यसै विरोधसभाबाटै जनसंविधानको संक्षिप्त अवधारणा पनि सार्बजनिक ग¥यौं र असोज ३ गते उनीहरुको संविधान घोषणाकै दिन यसको विरोध स्वरुप अर्को दोस्रो नेपाल बन्दको आह्वान ग¥यौं । यो पनि भब्य रुपले सफल भयो । उता भारतीय शासकहरुले पनि संविधान घोषणाबारे कतिपय बूँदाहरुमा हेरफेर गर्नुपर्ने र असन्तुष्ट मधेशी दलहरुलाई पनि समेटेर लग्नु पर्ने तथा संविधानको घोषणाको तिथि मितिबारे आफूहरुले भनेको नमानेपछि र अर्को देखावटीमा संसदवादी कम्युनिस्टहरुको भए पनि कम्युनिस्ट गठबन्धन सरकार बनेकोमा पनि असहमति जाहेर गर्दै यो सरकारको बिघटन गर्ने फेरी नयाँ तथा पुराना दलालहरुलाई झुकाउने, आत्मसमर्पण गराउने र नेपाली कांग्रेस या आफ्ना खाँटी दलालहरुलाई सत्तामा लिउने रणनीतिक उद्देश्यका साथ भारतले संविधान घोषणा लगत्तै अघोषित तर घोषित नाकाबन्दी शुरु गरे । यसको विरोधमा हाम्रो पार्टी देशब्यापी प्रतिरोध संघर्ष घोषणा गर्दै दर्जनौं कार्वाहीहरुसहित यो क्रार्यक्रम अघि बढ्यो ।

नाकाबन्दीको विरोधमा कार्तिक १३ गते पुनः यसै वर्षको तेस्रो बन्दको आह्वान पार्टीले ग¥यो । मिश्रित प्रतिक्रिया सहित यो बन्द पनि भब्य सफलता सहित इतिहासमा दर्ज भयो । यिनै कार्यक्रमहरुको श्रृँखलामा यहि मंसीर ५ र ६ गते देशभरीबाट आउनुभएका परिषदका जिल्ला प्रमुख र जबस मोर्चा केन्द्रीय अध्यक्षहरुको भेलाबाट १५१ जना जना जनप्रतिनिधि सभा सदस्य चयन ग¥यो र त्यो प्रतिनिधिसभाले पीबीएम कमरेड उमा भुजेललाई प्रतिनिधि सभाको सभाध्यक्ष चुन्यो र वहाँको अध्यक्षताका बसेको पहिलो प्रतिनिधि सभाको बैठकबाट २७ जनाको केन्द्रीय जनपरिषद निर्बाचित गरियो । परिषदले सन्तोष बुढामगर (पीबीएम कमरेड बिषम स्वयं) लाई प्रमुख र अर्का पीबीएम क. पदम राई (विकास कमरेड) लाई उपप्रमुखमा चयन गरेको छ । यसको घोषणा पनि आज दशौंहजार कार्यकर्ता र जनताको जुझारु जनप्रदर्शनसँगै काठमाण्डौंको रत्नपार्क शान्तिबाटिकामा सम्पन्न भएको विरोध सभाबाटै गरियो ।

यसरी पार्टी पुनरगठनको प्रक्रियाको यो एक बर्षहरु निकै तीब्रतमा भए । आजसम्मका पार्टीका एक वर्षको समीक्षा गर्दा क. किरणसँगका अढाई वर्षहरु अर्थात झण्डै ९०० दिनहरु सितैमा खेर गएछन् भन्ने महसुस भएको छ । कतिपय बहसहरु व्यर्थ समय खेर फालिएछ । प्रचण्डका शान्तिपूर्ण १० वर्षहरु पनि यसरी नै खेर गए । प्रचण्डले प्रतिक्रान्तिको खाडलमा पु¥याएको क्रान्तिलाई निकालेर फेरि चोख्याउन र सुनपानी लाउन कति गाह्रो भएको थियो । त्यसैमा क. किरणको अकर्मण्यता र प्रतिक्रान्ति उन्मुख पुच्छरवादी घाउँले नूनचुक लाइदिंदा क्रान्तिकारीहरु कति गाह्रो भयो होला भन्ने कुरा त खुकुरीको चोट खाँदै आएका अचानोलाई मात्र थाहा होला । खुकुुरीरुपी प्रचण्ड–बाबुराम र किरण, बादलहरुलाई के थाहा होला र तै पनि ती चोटहरुको दामै दाम सहित प्रतिक्रान्तिको भुप्रो वा भुमरीबाट निस्केर पनि अहिले कमरेड विप्लवको नेतृत्वमा नेकपा माओवादीले एक वर्षमा जुन महत्वपूर्ण संश्लेषण र उपलब्धी हासिल गरेको छ, यो इतिहासमा धेरै महत्वपूर्ण छ ।

bbbbbsss

कम्तीमा जुनसुकै रुपमा भए पनि क्रान्तिको लागि क्रान्तिका तीन जादुगरी हतियार निर्माण गर्नु सर्वथा जटिल कार्य हो । यो कठिन कार्यमा जोखिम मोल्न नसकेर नै मै हँु भन्ने कम्युनिस्ट नेताहरु पनि आत्मसमर्पण गर्न पुगे वा अकर्मण्यताको दुलोभित्र पसे । कसैले आन्दोलन नै छाडेर नयाँ शक्ति भनेर भनेर भिख माग्न पुगेका छन् । यी कठिनाईहरुका बीचमा नेकपा माओवादीको एक वर्ष निकै जस र असंमन्जसकाबीच तीन जादुगरी हतियारको प्रारुप तयार पार्न सफल भएको छ । यो ऐतिहासिक छ र अविस्मरणीय पनि छ । समय आउँछ पर्खिदैन । समयको महत्व जसले बुझ्छ संसार उसैको हुन्छ । यस अर्थमा यो एक वर्ष पुगेको अवसरमा नेकपा माओवादीले हातखुट्टा बनाएर छम–छम हिंड्न सक्ने भई साम्राज्यवाद र विस्तारवादको चुनौतिको सामना गर्न तयार भएकोमा उत्तरोत्तर प्रगतिको कामना सहित शुभविजय र शुभ सफलताको अग्रिम शुभकामना दिन चाहन्छु । यसैले भनेको र फेरि पनि भन्न चाहान्छु ।

शुभ जन्मदिन !! सकुशल एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा भव्य रुपमा जन्मदिवस मनाउन सफल भएकोमा नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई शुभकामना ।

हेप्पी वर्थ डे अर्थात् पार्टी जन्म दिनको शुभकामना !

एक वर्षअघि बुढाले लेखेको लेख हो । यसपटक पनि सान्दर्भिक ठानेर प्रकाशित गरेका छौं । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार