‘मैले क्युबाली क्रान्ति ८२ जना मानिससँग थालेको थिए । यदि मैले फेरि यस्तो गर्न पाएँ भने यसका लागि केबल १० या १५ मानिस र उनीहरुको भरोसा भए पुग्छ ।’ क्यास्ट्राेले क्रान्तिपछि कुनैबेला भनेका थिए- ‘यदि तपाईसँग योजना र विश्वास छ भने जित मिल्छ । क्रान्तिमा तपाई कति सानो हुनुहुन्छ भन्ने कुराको अर्थ हुन्न ।’

क्युबाका महान् क्रान्तिकारी नेता एवं विश्वका श्रमजीवि वर्गका एक अनन्य मित्र फिडेल क्यास्त्रोलाई आज विश्वले गुमाउनु परेको छ ।

ffffggg

उनले ९० वर्षको उमेरबाट यो धर्तिबाट भौतिक रुपले विदा भएका छन् । तर, उनको विचार कहिल्यै नमर्नेगरी विश्वभरिका श्रमजीवि जनताको मन र मस्तिष्कमा बाँच्न सफल भएको छ ।

उनका केही सीमा र कमजोरीका बाबजुद पनि क्यास्त्रो लेनिन र माओपछि एक अद्भुत र गतिशील क्रान्तिकारी नेताको रुपमा आफुलाई स्थापित गर्न सके । यो उनको क्रान्तिकारी जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।

सन् १९२६ मा जन्मेका क्यास्त्रो २५ या २६ वर्षको उमेरबाट सशस्त्र क्रान्ति थाल्नु । पटक पटक असफल भएर सन् १९५९ मा क्रान्तिलाई पूर्ण रुपले सफल बनाउँदा उनको उमेर जम्मा ३३ वर्षको थियो । यति कम उमेरमा सशस्त्र क्रान्तिको नेतृत्व गर्नु र अमेरिकी साम्राज्यवादको नाकैमुनि कम्युनिस्ट सत्ता हातमा लिनु भनेको विश्वका सबै क्रान्तिकारीहरुले सिक्नै पर्ने महत्वपूर्ण शिक्षा हो ।

जम्मा ८२ जना क्रान्तिकारीहरुको सहयोगबाट सशस्त्र क्रान्ति थालेका क्यास्त्रोले एकदम कम समय र कम क्षतिबाट क्रान्ति सम्पन्न गरे । सन् १९५६ मा सशस्त्र क्रान्ति आरम्भ गरे तर असफल भए । क्यास्त्रोसहित झण्डै दुई दर्जन क्रान्तिकारीहरु गिरफ्तारीमा परे । क्रान्तिकारीहरुले हार खाएनन् । फेरि सन् १९५७ मा पुनः सशस्त्र क्रान्ति थालियो तर फेरि असफल भयो । तर पनि क्रान्तिकारीहरुले हार मानेनन् ।

दुई या तीनपटकको असफल सशस्त्र क्रान्तिबाट पाठ सिकेर क्यास्त्रो र अर्का विख्यात क्रान्तिकारी नेता तथा कमाण्डर चे ग्वेभाराको नेतृत्वमा ती वर्षको बीचमा सन् १९५९ मा क्युबामा क्रान्ति सफल भयो ।

जम्माजम्मी तीन प्लाटुनको भरमा २० हजार प्रतिक्रियावादी सेनासँग निर्णायक सशस्त्र क्रान्ति गरेका फिडेलको सेनाले अन्ततः विजय हासिल गरे । यो विजय कम चानचुने छैन ।

क्युबाली क्रान्ति र खासगरी यस क्रान्तिका नेता एवं कमाण्डर फिडेल क्यास्त्रोबाट नेपालका क्रान्तिकारीहरुले सिक्ने भनेको नेतृत्वको बलियो आत्म विश्वास र वैज्ञानिक योजना हुन सक्यो भने क्रान्ति संभव छ भन्ने हो । संख्या सानो र ठूलो भन्नेले खासै महत्व राख्दैन भन्ने क्यास्त्रोको विचार निकै शिक्षाप्रद छ । उनले सानो टुकुडीबाट कयौं गुणा ठूलो प्रतिक्रियावादी बाटिस्टा सेनालाई क्यास्त्रोको नेतृत्वमा क्रान्तिकारी सेनाले पराजित गरेर देखाइदियो ।

उसो भए नेपालका क्रान्तिकारीहरुले क्युबाको क्रान्ति र फिडेलबाट के सिक्ने ? धेरै सिक्नु पर्ने छन् ।

खासमा नेपालका क्रान्तिकारीहरुले सिक्ने भनेको क्यास्त्रोले भन्ने गरेको महत्वपूर्ण कुरा तपाईसँग बलियो आत्म विश्वास र योजना भइदियो भने क्रान्तिमा विजय हासिल गर्न सकिन्छ भन्ने हो । जो क्यास्त्रोले गरेर देखाइदिए ।

निकै कम समय र कम क्षतिबाट असाध्यै जादुपूर्ण ढंगले क्यास्त्रोले क्युबामा क्रान्ति गर्न सके । नेपालका क्रान्तिकारीहरुले क्यास्त्रोलाई आत्मसात् गर्ने हो भने नेपालमा पनि क्रान्ति संभव छ र विजय हासिल गर्न सकिन्छ भन्ने हो । जुन नेपालमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा क्रान्तिकारीहरुले त्यस्तै संकल्प गरेका छन् ।

प्रचण्ड र बाबुरामले आत्मसमर्पण गरेपनि नेपालमा विप्लवको नेतृत्वमा क्रान्तिकारीहरुले धेरै कुरा सिक्न सक्ने छन् । र, आज आफ्नै मौलिकतामा एकीकृत जनक्रान्तिको बाटोबाट नेपालका क्रान्तिकारीहरुले क्रान्ति गर्दैछन् ।

जुन धेरै हदसम्म क्युबामा क्यास्त्रोले गरेको क्रान्ति र नेपालमा विप्लव कमरेडको नेतृत्वमा हुने एकीकृत जनक्रान्ति उस्तै उस्तै प्रकृतिको देखिन्छ । यो संयोग पनि हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार