फिडेल क्यास्त्रो एउटा अचम्मको पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा आएका नेता हुन् ।
क्रान्तिपछि आफुलाई कम्युनिस्ट माक्र्सवादी लेनिनवादी घोषणा गर्ने सायद पहिलो व्यक्तित्व हुन् कमरेड फिडेल क्यास्त्रो । उनी आफ्नो प्रचार र विज्ञापनबाट बँचेका विश्व क्रान्तिका नायक हुन् ।

क्युबामा क्रान्ति सम्पन्न भइसकेपछि उनले त्यहाँको मुद्रामा आफ्नो फोटो राख्न सक्थे । जस्तो कि चाइनाले क्रान्तिपछि माओको राखेको छ । तर, उनले गरेनन् । बरू उनले जहिल्यै पनि कमरेड चे ग्वेवाराप्रतिको हार्दिक श्रद्धा, उनको सहादतलाई पहाड भन्दा गह्रौं मानेर चेलाई देशको महान् सम्पतिको रुपमा लिने गरे । त्यहाँको राष्ट्रिय गानमा चेकै महिमा गाइएको छ र त्यहाँको नोटहरुमा चे कै तस्बिर राखिएको छ ।
यता नेपालमा केही माओवादी नेताहरु ७ महिना सत्तामा पुगेका छैनन्, भन्न थाल्छन्– ल हामीलाई धरहराबाट हेर्नुप¥यो । तर फिडेल क्यास्त्रो वल्र्ड गिनिज बुकमा उनका असाधारण रेकर्डहरु चित्रित छन् । क्यास्त्रोबारे नेपालका बीपीले आफ्नो आत्म वृत्तान्त र जेल जर्नलमा त्यो उल्लेख पनि गरेका छन् । आफ्नो राजनीतिक इतिहासमा एउटा कमजोर व्यक्ति जसलाई उनले प्रम घोषणा गेका थिए, जुन धेरै कमलाई थाहा छ । तर १९७२ पछि मात्र उनले क्युबाको राष्ट्रिपतिमा डेब्यु गरे ।
फिडेल यति महान् मान्छे थिए कि सन १९५९ देखि सन २००९ सम्म त्यहाँ उनका बोलीहरु कानुन हुन्थे । उनले आफ्नो हैसियतलाई कहिल्यै दुरुपयोग गरेनन् । उनले मजदुर जस्तो जीवन बाँचे । सर्वसाधारणको बीचमा आफै जान्थे । विश्व प्रसिद्ध साहित्यकार एवं नोवेल पुरुस्कार विजेता पत्रकार ग्राइडियाको शब्दमा क्यास्त्रो कुर्सीमा ओथ्रो लागेर बस्ने एकेडेमिक नेता होइनन् । उनी जनताको बीचमा जाने, देश र जनताको सेवा गर्नका निम्ति दोहोरो बातचित गर्ने लेजेन्डरी फिगर हुन् ।

सर्वधारणसँग सरल रुपमा प्रस्तुत हुने यो तस्बिर
अर्काे कुरा उनी संयुक्त राष्ट्रसंघ (युएन)को जनरल एसेम्बेलीको महासभामा ४ घण्टा २९ मिनेट सम्म लगातार भाषण दिएर उनले अद्धितीय विश्व रेकर्ड कायम गरे । यसबाट उनलाई गिनिज बुकले रेकर्डमा राख्न पुग्यो । त्यसैगरी उनले १९८६ मा क्युबाको कम्युनिस्ट पार्टीको जनरल कन्भेन्सन (महाधिवेसन)मा ७ घण्टा ४८ मिनेट भाषण गरेर दुनियाँमा सबैभन्दा लामो भाषण गर्ने रेकर्ड पनि राखेका छन् । उनले १० अमेरिकी तर अप्ठ्यारा राष्ट्रपतिहरु झेले । हुन त ह्यारी ट्रुमेन सत्ताबाट हट्नु र फिडेल क्यास्त्रो आउनु एकैचोटी भयो १९५९ मा । उनले अहिले अन्तिममा पनि डोनाल्ड ट्रम निर्वाचित सम्मको समाचार सुने ।
अस्ति भर्खरै सन् २०१६ अप्रिलमा एउटा आफ्नो लामो स्पिच दिदा भनेका थिए कि क्यास्त्रोले गरेको भविष्यवाणी कुनै ज्योतीषभन्दा कम छैन । जस्तो १९७० को दशकमा उनले संयुक्त राष्ट्रसंघलाई के भनेका थिए भने क्युबासँग अमेरिकाले तब शान्ति सम्झौता गर्ला जब अमेरिकी राष्ट्रपतिको कुर्सीमा कुनै कालो मान्छे या कुनै ल्याटिन अमेरिकी आउने छ । त्यस्तै भयो । बाराक ओबामा अमेरिको राष्ट्रपति एउटा ब्ल्याक म्यान अर्थात् योंग स्टारको रुपमा आए र यो कुरा संभब भयो ।
सन् १९७० को दशकमा क्यास्त्रोलाई त्यस्तो भविष्यवाी कसरी प्राप्त भयो, उनी भविष्य द्रष्टा पनि थिए । अनौठो कुरा के छ भने उनले करिब १०० जनाको टिम लिएर क्युबा कब्जा गरे । र, उनको अर्काे लुकेको तथ्य के छ भने पोलिटिकल लाइफको सुरुमा वकिल बन्न चाहन्थे तर उनलाई छिटै नै मोह भंग भयो । उनले स्नातक गरे कानुनमा हवाना विश्वविद्यालयबाट । त्यसपछि उनी विश्वका शक्तिशाली नेताहरुको भाषण नक्कल गर्न थाले ।

क्यास्त्रो आफै गाई पाल्ने गर्थे ।
एडल्फ हिटलर, स्पेनको तानाशाह जनरल स्यांकु र त्यसपछि बेनिटो मुसेनी इटालीका प्रधानमन्त्री यिनीहरुको नक्कल गरेर क्यास्त्रोले भाषण गर्ने कोशिस गर्थे । ऐना अगाडि उभिएर घण्टौ बोल्थे । तर यिनै क्यास्त्रो पछि माक्र्सवादको प्रखर अध्येता भए । उनको अर्को पाटो के छ भने जस्तो कि त्यो पाटो बरु सरलताको हिसाबले त गान्धी भन्दा पनि महान् मान्छे होचिमिन्ह मानिन्छन् । तर क्यास्त्रो क्षमत्ताको हिसाबले लेनिन र माओकै हााहारीको विलक्षण प्रतिभा भएका नेताका रुपमा चिनिन्छन् ।
यसरी मात्र हामी फिडेल क्यास्त्रोलाई चिन्न सक्छौ ।
गौतम नेकपा मालेका पोलिटव्युरो सदस्य हुन् ।







