अस्ट्रेलियालाई एउटा सुन्दर, शान्त र विशाल राष्ट्रको रुपमा चिन्ने गरिन्छ । यसको आफ्नै इतिहास छ । आफ्नो पहिचान र आफ्नो संस्कृति छ । यो स्वतन्त्र गणतन्त्रात्मक संघीय मुलुक हो । तर ब्रिटेनकी महारानीप्रति यसको गहन आस्था र विश्वास छ । यहाँ संवैधानिक राजतन्त्र छ ।
राज्यको प्रमुख महारानी हुन् । सरकार प्रमुख प्रधानमन्त्री ।

संसारको धनी देशमा गनिन्छ अस्ट्रेलिया । संसारको अध्ययन केन्द्र पनि हो अस्ट्रेलिया । कतिपय इन्टिलिजेन्ट विद्यार्थीहरुले स्कलरसीप पाएर पढेका हुन्छन् । आईईएलटिएस् पास गरेपछि अस्ट्रेलिया जाने ढोका खुल्छ ।

नेपालमा वैज्ञानिक शिक्षा र प्रविधिको कमीले गर्दा दक्ष जनशक्ति अस्ट्रेलिया नै पलायन हुन्छ । एक चौथाई जनसंख्या बाहिरको छ । कम्तिमा तीन वर्ष बसेर त्यहाँबाट आईईएलटिएस -IELTS) गरेमा अस्ट्रेलियाको पिआर बन्न पाइन्छ । त्यसपछि सिटिजनसीप ग्रहण गर्न सकिन्छ ।
त्यहाँ जागिर खान सजिलो छ । एउटा पनि सोर्स फोर्स लाग्दैन । प्राविधिक सीपको खाँचो हुन्छ । अंग्रेजी सर सर बोल्न सक्नुपर्छ । तर घरेलु कामदारको लागि भने सोर्स फोर्सले सहायक भूमिका खेल्न सक्छ । तर पछिल्लो समयमा सोर्स फोर्स ओझेलमा परेको अनुभुति हुन्छ । विषयको ज्ञान हासिल भएकै हुनुपर्छ । प्रायः घरै कोठामा बसेर स्काइपी फोनबाट परीक्षा हुन्छ । परीक्षाको लागि कार्यालयमा जानुपरेमा प्लेन खर्च मिल्छ । पास भएमा पुरै जहान परिवारको लागि प्लेन भाडा मिल्छ ।

झिटी झिम्टी सबै संस्थाले लगिदिन्छ । हेल्थ इन्सुरेन्स हुन्छ । त्यहाँ भोकै बस्नु पर्दैन । बेइलमी बन्नु पर्दैन । बेइलमी बन्नु नै परे खान लगाउन र बस्न सरकारले नै ब्यवस्था गर्दछ । सुरक्षा डरलाग्दो छ । तीन वटा जीरो डायलगरी फोन गरेमा तुरुन्तै प्रहरी आउँछन् । घरभित्र केटाकेटी रोएको सुनेमा बाउँआमा जेल जानुपर्छ । जति पढेपनि शुल्क तिर्नु पर्दैन । जागिर खाएपछि कट्टा गर्नुपर्छ । घर बनाउन झमेला हुँदैन । जति लाग्छ लोन मिल्छ । सबै काम निर्माण कम्पनीले गर्छ । काममा ठगठाग गर्नु हँुदैन । जोतिएर काम गर्नुपर्छ । पौने एक घण्टा लन्च खाने समय मिल्छ । प्रत्येकले आफै चिया बनाएर खान्छन् । प्रधानमन्त्रीले पनि आफै बनाएर खान्छन् । प्रायः लन्च घरबाट लग्ने चलन छ । नेपालमाजस्तो कार्यालय नजिक होटल हुदैनन् ।

लेखक वैद्य

सुरक्षाको अनुभूति घरभित्र कोठा खुलै हुन्छन् । प्रायः घरभित्रका शौचालयहरु पनि खुलै राखिन्छ । हालसालै बनाएका घरहरुमा भने भित्रबाट चुक्कल फिट गरेका हुन्छन् । अर्को सुरक्षाको प्रत्यभूति हो प्रहरीहरुको इमानदारिता । रोडमा अथवा कुनै सार्वजनिक ठाउँमा पर्स मोबाइल वा ब्याग भेटिएमा प्रहरीले सरासर घरमा नै ल्याईदिन्छ । यसका लागि हराएको सूचना अथवा ब्यागहरुमा आफ्नो आईडी हुनुपर्छ । गाडीहरुले ओभरटेक गरेमा वा बीच बीचमा दिइएको अनुमतिभन्दा ज्यादा स्पीडमा गाडी हाँकेमा एसी क्यामराको रेकर्डअनुसार पैसा काटिएको बिल घरमा जान्छ ।

अर्को कुरा के भने १३ वर्षभन्दा कम उमेरका केटाकेटीहरुलाई घरमा एक्लै छोडनु हुँदैन । घरभित्र केटाकेटी रोइरहेको अवस्थामा बाबु आमालाई गिरफ्तार गरेका घटनाहरु प्रशस्त देखिएका छन् । नेपालमा होमवर्क नगरेमा वा पाठ नबुझाएका विद्यार्थीहरुलाई कुट्दा छडी भाचिन्थ्यो । शिक्षकलाई सनक चढेमा विद्यार्थीहरुका हातै भाँचिएका घटनाहरु नभेटिएका होइनन् । अझै पनि गाउँघरका स्कूलहरुमा केही रुपमा ताडना दिइन्छ । तर, अस्ट्रेलियामा भने विद्यार्थीहरुलाई यस किसिमको सजाय दिइदैन । अरु त के कुरा केटाहरुलाई गाली गरेमा वा केटीहरुलाई एकोहोरो हेरेमा मुद्दा लाग्छ । किप साइलेन्ट भनेर चूप लाग्दैनन् । यसको लागि मोटिभेशन गरेर पढाउनु पर्छ । अन्यथा दुबै कानले हल्ला सुन्दै पढाउनुपर्ने हुन्छ ।

म अस्ट्रेलिया १४ मई २०१६मा पुगेको हुँ । त्यसको तीन दिनपछि मेरो साथी प्रो. डा. होममुर्ति पन्तसँग डुल्न गयौं म र श्रीमती शोभालक्ष्मी । कम स्पिडमा गाडी चलाउदै हामी भिलेज टाउनतिर हेर्न गयौं । धेरै रमाइलो थियो भिलेज टाउन । रोडको दुबैतर्फ सर्लक्क लाइन मिलेका एक तलेघरहरु कति रमाइला हेरौ हेरौं लाग्ने । प्रत्येक घरमा दुईखाले फोहर राख्ने बीनहरु छन् । रिसाइकिलिंग गर्न सकिने र सडेर जाने खालका सामानहरु । हप्तामा एकपटक बजार, पानी, बिजुली र ग्याँस त त्याहाँका न्यूनतम सुविधाहरु हुन् । सरकारले नै उपलब्ध गराएको हो जग्गा । घर पनि सरकारले नै बनाइदिन्छ लोनमा । गाउँमा मिनी अस्पत्ताल । शहरमा ठूला अस्पत्तालहरु । निशुल्क औषधी । यहाँका विशेषता हुन् । तर काम भने गर्नुपर्छ । खाली बस्नु हुँदैन । काम सरकारले लगाइदिन्छ अन्यथा भत्ता मिल्छ । यहाँ दुई प्रतिशत जनजातिहरु छन् । उनीहरुलाई आफ्नै भाषामा पढाइन्छ । बाहिर सबैले बोल्ने–लेख्ने माध्यम अन्तरराष्ट्रिय भाषा अंग्रेजी नै हो ।

अस्ट्रेलिया इतिहास

कौतुहलपूर्ण मुलुक हो अस्ट्रेलिया । यो एउटा सिंगै महादेश भएको देश हो । पूरै महादेशमा शासन गर्छ यसले । ७,६९२,०२४ वर्ग किलोमिटर भूभाग ओगटेको ठाउँ हो अस्ट्रेलिया । ई.संं २०१३ को जनगणना अनुसार यसको २ करोड ३१ लाख ३० हजार ९ सय जनसंख्या छ । प्रवासी पनि यसैमा अटेको छ । यो ६ संघीय राज्यमा विभक्त मुलुक हो । यो चीन, यु.एस.ए, रुस, ब्राजिल र क्यानाडा पछिको छैटौं ठुलो देश हो ।

एपीइसी-Asian, Pacific, economic co-operation) सँग आबद्ध छ यो । वेस्टर्न कल्चरले गाँजेको देश हो यो । सन् १७८८ मा बृटिश साम्राज्यको कालो बादलमा मडारिएको थियो अस्ट्रेलिया । अहिले यो स्वतन्त्र छ । यो धेरै पूरानो देश हो । साठी हजार वर्ष पहिले घुमन्ते शिकारी मानिसहरुको जत्था यहाँ आएको बुझिन्छ । तीस हजार वर्ष पहिले नै यहाँका मानिसहरुले कलाको विकास गरिसकेका थिए । चट्टान कुदेर बनाएका सुन्दर मूर्तिहरु निकै आकर्षक देखिन्थे । युरोपियन अन्वेषक पहिलो पटक अस्ट्रेलियाको केन्द्रभाग ग्ीग्च्ग् मा आए । यसलाई ब्थभच च्यअप नाम राखे । बिचित्रको कुरा ! यहाँ रकभित्र प्राकृतिक पेन्टिंग पाइन्छ ।अस्ट्रेलियनहरु नाँच गान, बडी डिकोरेशन, शिल्पकला र पेन्टिङ्गमा अब्बल मानिन्छन् ।

अस्ट्रेलियाको सुन्दर ठाउँहरु—

सिड्नी विश्वको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । न्यु साउथ वेल्सको राजधानी हो सिड्नी । यहाँको ओपेरा हाउस र हारवार्ड ब्रिज पर्यटकका आकर्षण केन्द्र मानिन्छन् । पेसिफिक गल्छी, यसका किनारमा बनेका घरहरु र स्टिमर जहाजहरुले विशेष महत्व राख्दछन् । सिड्नी सबैभन्दा ठूलो टा«न्जिट मानिन्छ । दैनिक दुईसयदेखि चारपाँच सय विद्यार्थी र पर्यटकहरु यहाँ भित्रिन्छन् । अष्टे«लियामा विश्वमा ख्याति प्राप्त युनिभरसिटीहरु छन् । यो देश पीएचडीको लागि केन्द्र मानिन्छ ।

मेलवर्न हो अस्ट्रेलियाको दोस्रो सहर । भिक्टोढरिया स्टेटको राजधानी हो यो । दक्षिण पश्चिममा ग्रेट ओसन रोड (त्जभ नचभबत यअभबल चयबम¬ ० छ । सेप्टेम्बरको महिना । २, ३ मिटर अग्लो भएर आउने छालहामी किनारमा उभिएका मानिसहरुको घुँुडा छुन आउँथ्यो । यो रमणीय द्दश्य र मनमोहक भएको ठाउँ हो । यहाँ दिन दिनै पर्यटकहरु वैरिएका हुन्छन् । ओसन रोड धेरै लामो छ । तीन घण्टाको छ मोटर यात्रा ।
अस्ट्रेलियाको तेस्रो ठूलो सहर हो ब्रीस बन । अक्टुवर २— २०१६ मा म त्यहाँ पुगे ं। विभिन्न कुराहरुको अवलोकन गरे । क्विन्स्ल्याण्ड स्टेटको प्रमुख सहर हो ब्रीस बन । करिब ७ दिन लगाएर अध्ययन गरे ब्रीस बन मैले । गोल्ड कोष्टको अविस्मरणीय प्राकृतिक उपहार हो यसका सदाबहार चल्ने छालहरु । पेसिफिक ओसनको उर्लदो छालहरुलाई वारिबाट हेर्दा पहाडका थुम्का त होइनन् ? भन्ने भान पथ्र्यो मलाई । तर होइन । यो बन्दरगाह पनि होइन । पर्यटकहरु छालले नबेरिउन भनेर केही अग्लो टावरमा प्रहरीहरु तैनाथ गरिएका हुन्थे । उद्धारका लागि नाउहरु तयारी अवस्थामा थिए । ब्रीसबनको अर्को मनमोहक द्दश्य हो बैंक रोड । यहाँ चिनियाँ दार्शनिक कन्फ्यूसियसको शालिक खडा गरिएको छ । यसै परिसरमा नेपाली कला झल्कने एउटा मन्दिर पनि देख्न छ । क्विन्स्ल्याण्ड राज्यको केन्स्मा जीबित मुगाले बनेको ग्रेट वेरियर रिप्स विश्वको अद्धितीय प्राकृतिक उपहार हो ।

टोम्वाको ल्फावर पार्कमा जादा स्वर्ग नै यही हो भन्ने भान पथ्र्यो । लहलह गरेका विभिन्न रङ्ग रङ्गका फूलहरु हेर्दा भोक र शोक बिलाएर जान्थे ।
टेरिटोरियल स्टेटको राजधानी हो क्यानभरा । यहाँ वार मेमोरियलको सजिव चित्र र मूर्तिहरु हेर्न पाइन्छ । फस्ट र सेकेन्ड वल्र्डवारका गतिविधि देख्न पाइन्छ यहाँ । उसबेला प्रयोग भएका हवाइजहाज, टेङ्कर र विभिन्न किसिमका हतियारहरु अवलोकन गर्ने अवसर पाएँ मैले । म पार्लियामेन्टमा गएर त्यहाँको वस्तुस्थितिको अध्ययन गर्ने मौका पाएँ । त्यस्तै मिन्ट हाउसमा गएर नयाँ सिक्काहरु मेशिनबाट सटही गरी ल्याएँ पनि ।

सबभन्दा अविस्मरणीय कुरा त अघिल्लो पटकको बसाइँमा म सिड्नी आएर जनजाति महासंघको सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने मौका पाएको थिएँ । सारमा भन्नुपर्दा यहाँ सयौं आइल्याण्ड र तीन हजार जति कोरल रिपसहरु छन् ।

एडिलेट, पर्थ, डार्विन आदि अस्ट्रेलियाको महत्वपूर्ण ठाउँहरु हुन् । यसको पूरानो इतिहास छ । जति डुबुल्की मा¥यो उति गहिराइँमा पुगिन्छ । यहाँ भष्टाचार छैन । राष्ट्रिय पुँजीको प्रतिस्पर्धा छ । यसले काम गर र राम्रोसँग खाऊ भन्ने सन्देश दिन्छ ।

२०७३ । ०७ । ०१

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार