सिके राउत, विमिलेन्द्र निधि, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माधव नेपाल एउटै मेशनरी केन्द्रका हुन् । त्यसैगरी डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव र महन्त ठाकुरमा तात्विक भिन्नता छैन । यी सबै एउटै केन्द्रका हुन् । तथापि उनीहरु फरक देखिएजस्तो नाटक मंचन गरिरहेका छन् ।

विगतमा राउतलाई पक्राउ गर्दा भेट्न कांग्रेसका रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल गएका थिए भने सर्वोच्च अदालतले छोड्नु पर्ने फैसला गर्यो । नेपालको सर्वोच्च अदालत र बार पश्चिमी मिसनको कब्जामा छ । सर्वोच्चका पूर्व प्रधान न्याधिस विश्वनाथ उपाध्यय अमेरिकी नागरिकता देखाएर देशभक्तहरुलाई आक्रमण गर्ने ऋतिक रोशन काण्ड र ०५९ भदौ १६ को जस्तो अराजक अवस्था सिर्जना गराउने र चीन रोक्ने रणनीति अन्तर्गत वर्तमान सरकार लागेको कुरा बुझ्न आवश्यक छ ।
धर्मनिरपेक्षता र क्रिस्तानी कुटिल षड्यन्त्र विरुद्ध जनस्तरबाट धार्मिक जागरणको लहर उठेपछि क्रिश्चियन मेशिनरीले जातिवादी आवरणमा २०७२ भाद्र महिनाको दोस्रो हप्ता सुनियोजित कैलाली नरसंहारको घटना घटाए ।
यता हिन्दु राष्ट्रविरुद्ध थाइल्याण्ड र दलाई लामाका तिब्बती नक्कली बुद्धिष्टलाई ठूलो तामझामका साथ सडकमा उतारियो । बहाईलगायत आईएनजीओहरु क्रिश्चियनकै सहायकको रुपमा अगाडि सारियो । यी विभिन्न धर्मको आवरण क्रिस्तान कै मिशन थिए ।
कैलाली मात्र होइन सम्पूर्ण नेपालको तराई क्षेत्रमा संयुक्त राष्ट्रसंघले पिस बिल्डिङ फन्ड मार्फत सन् २००७ देखि २०१५ सम्म १५ भन्दा बढी परियोजना यु.एन. पिस फण्ड फर नेपालको व्यवस्थापनमा तराई र पूर्वी पहाडका गरी २० जिल्लामा सञ्चालित छन् । नौ वर्षमा ४ करोड ७० लाख अमेरकी डलर (करिब ४ अरब ३ करोड ५० लाख) खर्च गरिसकेको छ । (स्रोत सुरेन्द्र पौडल नागरिक दैनिक वर्ष ७ अंक १५०) । यो परियोजना सञ्चालन गरेका जिल्लाहरु कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, रोल्पा, दाङ, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सप्तरी, धनुषा, सिन्धुली, मोरङ, इलाम, संखुवासभा, सोलु, ताप्लेजुङ्गमा छन् ।
जातिवादी, क्षेत्रीयतावादी आन्दोलन थारु मधेश, लिम्बु आवरणमा यिनै जिल्लाहरुमा भएका छन् । विडम्बना तराइमा भारतको आवरणमा भएको छ भने चर्को भारतीय विस्तारवादको नारादिने जातिवादी मोहन वैद्य माओवादी र मोहनविक्रम सिंह (मसाल) भारत विरोधी नारामा छन् । अर्कोतर्फ मधेसी जनअधिकार फोरमसँग अशोक राइदेखि वैध माओवादी एकै ठाउँमा रातारात उभिएका छन् । हिन्दु राष्ट्रलाई भारतसँग जोडेर बदनाम गर्न माओवादी, यसैका भगौडा, टुटेफुटेका भुईफुट्टा बुद्धिजीवी र एनजीओ परिचालित छन् ।
यू.एन.पि.एफ.एनमा क्रिश्चियन मिशनरी राष्ट्रहरुले सहयोग गरेका छन् । जस्तो क्यानडाले २२ लाख २१ हजार २ सय ९९, डेनमार्कले ४१ लाख ७८ हजार ३ सय ८९, नर्वेले ११ लाख १७ हजार ४ सय ८ स्विटजरल्याण्डले १ लाख १९ हजार ९ सय ७५, बेलायतले १ करोड १० लाख ७५ हजार ३ सय ८, यूएन पिसबिल्डिङ्ग फण्डले १ रकोड ८० लाख अमेरिकी डलर सहयोग गरेका छन् । (नागरिक दैनिक ११ असोज २०७२) ।
यू.एन.पि.एफ.एनको व्यवस्थापनमा कञ्चनपुरमा २, कैलालीमा ६, बर्दियामा ४, सुर्खेतमा ८, रोल्पामा ५, दाङमा २, नवलपरासीमा ७, चितवनमा ६, पर्सामा ४, बारामा ३, रौतहटमा ३, सिन्धुलीमा ४, मोरङमा २, इलाममा ५, सप्तरी बाँके, बारा, संखुवासभा, धनुषा सोलुखुम्बु र ताप्लेजुङमा एक एक वटा परियोजना सञ्चालनमा छन् । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले १४ बुँदे सर्कुलर जारी गरि राष्ट्रसंघको आवरणको सिधा लगानी रोक्न खोज्दा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको दबावमा क्रिश्चियन मिशनको वफादारी गर्दै पौडेलको योजनामा रोक लगाए । यसकारण सीआईएले सन् २०१५ को विश्वका उत्कृष्ट अर्थमन्त्रीको रुपमा आफ्ना बफादार तालुकलाई प्रपोगण्डा गरिरहेको छ ।
अहिले मधेश, थारुवान, लिम्बुवान, मगरात लगायत जातिवादी अतिवाद यू.एन.पि.एफ.एनको परिणाम हो भन्ने प्रष्टै छ । धर्म निरपेक्षता विरुद्ध सांस्कृतिक जागरण उठेपछि काँग्रेस, एमाले, माओवादी केन्द्र र सभासदका लागी धर्मनिरपेक्षता राख्न २९ अरब रकम खर्चिएको छ । आफ्नी आमा बलत्कार गर्न सुशील कोइराला, केपी ओली, बाबुराम, प्रचण्ड र कमल थापा त्यसै तयार भएका होइनन् भन्ने घाम जत्तिकै छर्लंग छ ।
धर्म विक्री गर्ने ५३७ सभासद र नेतृत्वको फैसला भावी पुस्ताले गर्ने नै छ । कथित ईसाई आवरणको धर्मनिरपेक्षता र साम्प्रदायिक जातियताका लागि यू.एन.पिएफ.एनले क्यानडा, डेनमार्क, नर्वे, स्विटजरल्याण्ड र बेलायतबाट प्राप्त रकमबाट सिधैं परियोजना संचालन गरेको छ । यूनेस्को लगायत १२ वटा एजेन्सी मार्फत राष्ट्रसंघबाट परियोजना सञ्चालित छन् । हिन्दु राष्ट्र विरुद्ध चर्च अफ स्कटल्याण्डले अभियान चलाएपछि डलरमा साटिएर रा.प्र.पा. नेपालसहित ५२७ जना अपराधीहरुले संसारको एक मात्र बैदिक सनातन हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाउन सहयोग गरे । यी अपराधीहरुलाई पशुपति आर्यघाटलगायत देशभरीबाट मृत्युमा पनि बहिष्कार गर्ने अभियान साथ निर्वाचनमा पनि नांगेझार गर्न जरुरी छ । तराइका क्षेत्रियतावादी दलहरुले धर्मको मुद्दा नउठाउनु, जातीयता उचाल्नु पनि क्रिश्चियन डलर कै परिणाम भएको पुष्टि भएको छ ।
सशस्त्र प्रहरीभित्र ईसाई चलखेल
भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ तर यसैको आडको षडयन्त्र खतरनाक छ । भारतीय सेनाका पूर्व जनरल पाइलट बाबासँग शंकास्पद सम्बन्ध रहेका विवादास्पद अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सशस्त्र प्रहरी बलमाथि नै भ्रष्टाचारको बहानामा कारबाही चलाए । यसको नाभी इन्डो पश्चिमा क्रिस्चियन रणनीतिमा ईसाई धर्म अंगालेका एआईजी कृष्णकुमार तामाङलाई बरियता मिचेर मुख्य केन्द्रमा ल्याउने र सिंगो सशस्त्रमा सेनामा जस्तै सीआईए केन्द्र निर्माण गर्ने रणनीति लुकेको छ ।
रोलक्रम भङ्ग नगरी क्रिस्चियन एजेन्टहरुको नियन्त्रणमा नजाने भएपछि अख्तियारमार्फत राजा वीरेन्द्रको हत्या गरेको दरबारिया राणा नियन्त्रित पश्चिमा केन्द्र सल्बलाएको छ । स्मरण रहोस्, शान्ति सेनाको संकलित ५० अर्बभन्दा बढी बजेटमा सैनिक नेतृत्वले निहत्था सिपाहीको पैसा दुरुपयोग र मोजमस्तीमा प्रयोग गरेपछि त्यसविरुद्ध संघर्ष गरेका सेनाकै अमरबहादुरलाई आत्महत्या गरेको प्रपोगण्डाका साथ हत्या गरेका छन् ।
यही शक्ति केन्द्र संवैधानिक अंग कब्जा गरेर चीन रोक र क्रिश्चियन पश्चिमा केन्द्र निर्माण गर्ने षडयन्त्रमा जुटिरहेको खबरदेखि कोही पनि अनभिज्ञ छैनन् होला ।







